जिवनशैली पत्रिका

प्रदेश प्रमुख भट्टद्वारा सोनाम ल्होसारको शुभकामना

पोखरा, १७ माघ, तामाङ समुदायको महान् पर्व ‘२८६१ औं सोनाम ल्होसार’ को अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना सन्देश जारी गर्नुभएको छ । आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने सोनाम ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याएको भट्टले उल्लेख गर्नुभएको छ । शुभकामना सन्देश मार्फत् प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट… पुरा पढौ

टाइगर कप भलिबलः हेल्प नेपाललाई हराउँदै गण्डकी एलिमिनेटरमा प्रवेश

पोखरा १७, माघ, टिपटप हेल्प नेपाल स्पोटर््स क्लबलाई हराउँदै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपाललाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो । पहिलो सेट २१–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल ग¥यो । गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पा¥यो । यो… पुरा पढौ

आर्मी र पुलिस टाइगर कप भलिबलको पहिलो क्वालिफायरमाभारतको सुनिल भलिबल क्लबले एलिमिनेटर खेल्ने

पोखरा, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने भएका छन् । ‘जित्ने समूह’ को अन्तिम खेलमा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको हो । पहिलो सेट २०–२५ ले गुमाएको आर्मीले दोस्रो र तेस्रो सेटमा पुनरागमन गरेको थियो । दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षको पारेको थियो । तेस्रो सेटमा ५–१०… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपको टाइसिट सार्वजनिक

उद्घाटनमा आयोजक र नेपाल पुलिस पोखरा, १७ माघ आयोजक सहारा क्लब पोखराले यही माघ २२ देखि संचालन गर्ने २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार टाइसिट सार्वजनिक गरेको हो । १२ टिमले भाग लिने सो प्रतियोगितामा भारत, यूके, उजेकिस्तानका टिमसहित नेपालका ए डिभिजन क्लबले समेत भाग लिँदै छन् । प्रतियोगिताको उद्घाटन खेल आयोजक र विभागीय नेपाल पुलिस क्लबबीच हुनेछ । फागुन ३ मा हुने फाइनलअघि माघ ३० मा पहिलो सेमिफाइनल र १ फागुनमा… पुरा पढौ

गायन र नृत्यमा उत्कृष्टलाई करोड पुरस्कार ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को पोखरा अडिसन फागुन १६ र १७ गते हुने (भिडियो सहित)

माघ १७, पोखरा , गायन र नृत्यमा उत्कृष्ट प्रस्तुती राख्ने एक÷एक विजेता प्रतियोगिलाई जनही १÷१ करोड नगर पुरस्कार प्रदान गरिने भएको छ । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को पोखरा अडिसन फागुन १६ र १७ गते हुने भएको आज(विहिबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=JMMViQsTbb0 इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वस्तरीय अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरिसकेको छ । सिजन घोषणासँगै… पुरा पढौ

पोखरा १७ को ड्यामसाइडमा अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता माघ २० गते देखि

दीननाथ बराल,पोखरा १७, माघ, पोखराको ड्याम साइड क्लवको आयोजनामा यही माघ २० गते देखि चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा हुने उक्त प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा हुने भएको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताउनु भयो । माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा सहभागि हुने बिद्यालयहरुले यही माघ १८ गते साँझ ५ः०० बजे भित्र सम्पर्क गर्न सकिने भएको उहाँले जनाउनु भयो । दर्ता… पुरा पढौ

माघ २२ गते देखि हुने २४ औं आहा ! रारा पोखरा गोल्ड कपमा उज्विकिस्तानको ब्ल्याक बुल्स एफ.सी. सहभागि हुने

दीननाथ बराल,पोखरा १७, माघ, खेलकुदको शहर पोखरामा यही माघ २२ गते देखि सुरु हुने २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ मा उज्विकिस्तानको ब्ल्याक बुल्स एफ.सी.सहभागि हुने भएको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगितामा पहिलो पटक उज्विकिस्तानको उक्त टोली सहभागि हुने भएको क्लवले जनाएको छ । उज्विकिस्तान सहित प्रतियोगितामा ३ विदेशी सहित १२ टिम सहभागि हुने भएको क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । प्रतियोगितामा भारतको थन्डर नर्थ यूनाइटेड क्लव,… पुरा पढौ

सामुदायिक प्रहरी केन्द्र बैदामको अध्यक्षमा बराल

जया पौडेल पोखरा १६, माघ, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदाम ६ कास्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा आज(बुधबार) सम्पन्न भएको सस्थाकोे २१ औं साधारण सभा तथा बाह््रौ अधिवेशनले ठाकुर प्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । दुई बर्षीय कार्यकालको लागि सस्थाको प्रथम उपाध्यक्षमा सोभित परियार, द्धितीय उपाध्यक्षमा अनिल थापा, सचिवमा शान्ता सुवेदी, सहसचिवमा भिश्माया नेपाली, कोषाध्यक्षमा विमला थापा चयन हुनु भयो भने अन्य सदस्यहरुमा ऋषीमाया पहारी, गोमा पंगेनी,बिष्णुप्रसाद पहारी, पदम बहादुर ढकाल,… पुरा पढौ

गण्डकीको समुन्नतिको लागि पर्यटन र प्रविधि‘काम गर्नकै लागि विदेशीहरु पोखरा आउँछन्’

पोखरा,१६ माघ पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको औद्योगिक व्यापार मेलाअन्तर्गत क्यान कास्कीले आयोजना गरेको ‘गण्डकीको समुन्नति ः पर्यटन र प्रविधि’विषयक परिसंवाद कार्यक्रममा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा।कृष्णचन्द्र देवकोटा,गण्डकी एकेडेमी अफ साइन्स एण्ड टेक्लोलोजी ९जिपास्ट०का पूर्वकार्यकारी निर्देशक डा।ढाकाराम भण्डारी तथा बाराही हस्पिटालिटी प्रालिका अध्यक्ष हरिप्रसाद पौडेल वक्ताको रुपमा सहभागी थिए । १२ औं क्यान इन्फोटेकअन्तर्गत आयोजित सो कार्यक्रमको सहजीकरण संचारकर्मी रघुनाथ वाग्लेले गरेका थिए । कार्यक्रममा पर्यटन उद्योगलाई कसरी सूचना प्रविधिसँग जोड्ने तथा त्यसमा अहिले भइरहेका पहल… पुरा पढौ

व्यापार मेलामा मधेशको परिकार, मधेशको संस्कृति

पोखरा,१६ माघ गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट बाँकी ६ वटै प्रदेशमा उडान संचालनको लागि पहल भइरहेको बताएका छन् । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसँगै बाँकी ६ वटै प्रदेशसँग पनि जोड्नका लागि प्रदेश सरकारले पहल गरिरहेको छ,’अन्तर प्रादेशिक उडान हुनैपर्छ ।’ मन्त्री बस्यालपोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा बुधबार मधेश प्रदेश सरकारको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले आयोजना गरेको ‘घुमौं मधेश, बुझौं मधेश’ कार्यक्रमलाई संवोधन गर्दै थिए । उनले मधेशवाट पर्यटकको रुपमा गण्डकी प्रदेशमा आउने अतिथिलाई दुव्र्यवहार… पुरा पढौ