जिवनशैली पत्रिका

सहिद दिवसमा त्रिवेणी इन्टरनेशनल कलेजमा दिप प्रज्वलन

माघ १६,लेखनाथ, त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ मा सहिद दिवसको अवसरमा बुधबार साँझ दिप प्रज्वलन गरिएको छ । प्रजातन्त्रका लागि आफ्नो प्राणको आहुती दिएका सहिदहरुको स्मरणमा त्रिवेणी इन्टरनेशनल कलेजको विद्यार्थी कल्याणकारी समितिले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष सुमन भट्टराईले निरकुंश राणा शासनको विरुद्ध लड्दा सहिद भएका देशका सपुतहरुका कारण वाक स्वतन्त्रता प्राप्त भएको उल्लेख गरे । अध्यक्ष भट्टराईले स्वतन्त्रताको नाममा अहिले समाजमा अराजकता बढेको उल्लेख गर्दै, नागरिकले वाक संयमता अपनाउनु जरुरी भएको उल्लेख गरे । नागरिक… पुरा पढौ

पोखरामा गोरेटोको शाखा महानायक राजेश हमालबाट उद्घाटन (भिडियो सहित)

दीननाथ बराल,पोखरा १६, माघ, फिल्मी जगतका महानायक राजेश हमालले उमेर छदै सिप र दक्षता हासिल गर्न पोखराका युवालाई सुझाव दिनु भएको छ । गोरेटो कन्सल्टेन्सि पोखरा शाखाको बुधबार उद्घाटन गर्दै महानायक हमालले उमेर छदै व्यक्तिले आफ्नो सिप र दक्षता हासिल गर्नु पर्नेमा जोड दिनु भएको हो । https://www.youtube.com/watch?v=iTXsbaBNkM4 पोखराका केही युवा बर्ग माझ आफ्नो भनाई राख्दै उहाँले समय परिवर्तनशिल भएकोले समयमै हरेक व्यक्तिले आफु भोलि कस्तो बन्ने भन्ने बिषयमा निर्णय लिदै स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न सकिने जनाउनु… पुरा पढौ

शिक्षण पद्धतिमा सूचना प्रविधिलाई जोड दिन आवश्यकः प्रदेश प्रमुख भट्ट

पोखरा, १६ माघ, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षण पद्धतिमा सूचना प्रविधिलाई जोड दिँदै प्राविधिक जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिएका छन् । प्रविधिको युग सुहाउँदो जनशक्ति उत्पादन गर्न बालबालिका उमेरदेखि नै प्रविधिमा अभ्यस्त बनाउनुपर्ने आवश्यकता उनले औंल्याए । पोखरा–१९ तल्लाकोट स्थित विन्ध्येश्वरी माविको ६३ औं वार्षिकोत्सव अभिभावक दिवस, पुरस्कार वितरण, आइसीटी ल्याब उद्घाटन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले यो समयमा पूरानो शैली र ढाँचाले पठनपाठन फलदायी नहुने उल्लेख गरे । ‘आज विद्यालयले आईसीटी ल्याब पनि उद्घाटन गरेको छ ।… पुरा पढौ

शैक्षिक गुणस्तर सरकारको पहिलो प्राथमिकताः मन्त्री थापा

पोखरा १६, माघ, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शैक्षिक गुणस्तरले मात्रै सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण वढ्ने वताउनु भएको छ । पोखराको नयाँवजारमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिक उत्सव एवं अभिभावक दिवस कार्यक्रममा वोल्दै मन्त्री थापाले, प्रदेश सरकारले सरकारी विद्यालयको शैक्षिक र भौक्तिक गुणस्तर वृद्धिलाई पहिलो प्राथमिकतामा राखेको वताउनुभयो । सरकार एक्लैको प्रयासमा विद्यालयको गुणस्तर वढ्न नसक्ने कारण अभिभावक, शिक्षक र सरकार त्रिपक्षिय सहकार्य आवश्यक रहेको मन्त्री थापाको भनाई छ । वजारमा शैक्षिक… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ जारी

पोखरा, १६ माघ, ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा आज ६ खेल सम्पन्न भएका छन् । बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा आज पहिलो चरण अन्तर्गतकै खेल भएका हुन् । पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुंडिखेलमा आज ९बुधबार० भएको पहिलो खेलमा बिबिसी काठमाडौंको अनुपस्थितिमा ताकामी काठमाडौंले वाक ओभरमार्फत विजयी बन्यो । यस्तै दोस्रो खेलमा चितवन भेट्रान्स र सुनाखरी भेट्रान्स ललितपुर बीच भएको खेलमा चितवनका… पुरा पढौ

पोखरामा हिसान गण्डकी फुटसल शुरु, डिफेन्डिङ च्याम्यिनको विजयी शुरुवात

पोखरा, १६ माघ, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेल शुरु भएको छ । प्रतियोगिताको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाले उद्घाटन गरे । प्रतियोगितामा डिफेन्डिङ च्याम्यिन त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल लेखनाथले विजयी शुरुवात गरेको छ । त्रिवेणीले ज्ञान सागर एकेडेमी हेम्जालाई ४–१ को गोल अन्तरले हरायो । उद्घाटन खेलमा मदरल्याण सेकेण्डरी स्कुलले सृजना सेकेन्डरी स्कुललाई ३–२ गोल अन्तरले हरायो । प्रतियोगिताको पहिलो खेलमा सोसल पब्लिकलाई… पुरा पढौ

कुमुदिनी होम्सले गर्यो बृहत् विज्ञान प्रदर्शनी

पोखरा, १६ माघ, पोखरा गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा बुधबार बृहत् बिज्ञान प्रदर्शनी आयोजना गरिएको छ । कक्षा १ देखि १२ सम्मका बिद्यार्थीले आफुले सिकेको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रुपले व्यवहारमा उतारेर प्रदर्शनीमा राखेका हुन् । विद्यालय प्राङ्गणसहित चार रोपनी क्षेत्रफलमा रहेको मैदानमा ६० वटा स्टलमा उनिहरुले बनाएका बिज्ञानसंग सम्बन्धित र ४ वटा सामाजिक विषयबस्तु झल्काउने सामग्रीहरु प्रदर्शनीमा राखिएको छ । अभिभावकहरु र विद्यार्थीको निकै घुईचो लागेको थियो । त्यहाँ अवलोकनका लागि गएका अभिभावक र आमन्त्रित पाहुनाहरुलाई बिद्यार्थीले आफुले बनाएका… पुरा पढौ

टाइगर कप भलिबलः आर्मी र भारतको सुनिल क्लबको खेल स्थगित

पोखरा १६, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बिचको खेल स्थगित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा चौथो सेटको खेल सुरु हुने समयमा खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो । पहिलो सेट पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको सुनिल भलिबल क्लबले तेस्रो सेट १८–२५ ले आर्मीलाई सुम्पिएको थियो । त्यसपछि खेल स्थगित भएको हो ।… पुरा पढौ

टाइगर कप भलिबलः हेल्प नेपालसँग पराजित हुँदा प्रतियोगितबाट बाहिरियो एपिएफ

टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग पराजित हुँदा सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ । पोखरो रंगशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फ हेल्प नेपालसँग ३–२ को सेटले पराजित हुँदै एपिएफ प्रतियोगितबाट बाहिरिएको हो । तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेको एपिएफले पाँचौं सेटमा सम्हालिन नसक्दा प्रतियोगितबाट बाहिरिनुप¥यो । हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । हेल्प नेपालले तेस्रो सेट… पुरा पढौ

बिटी कप माघ २२ देखि, उपाधि राशी १ लाख ८१ हजार

पोखराः पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही माघ २२ गतेदेखि आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । बुद्धटोल युवा क्लबले आज पोखरामा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिताबारे जानकारी दिएको हो ।  क्लबका अध्यक्ष अशिम थापाले माघ २२ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा ५० टिम बढीको सहभागिता हुने अपेक्षा गरिएको बताए । ‘आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता यही माघ २२ गतेदेखि सञ्चालन गर्दै… पुरा पढौ