जिवनशैली पत्रिका

पोखरा घरको शुभ वास्तु पूजा गरियो

पोखरा, पोखरा महानगरपालिकाले पृथ्वीचोकमा निर्माण गरेको अत्याधुनिक “पोखरा घर” को शुभ वास्तु पूजा “घर पैचो” असार २७ गते सम्पन्न गरेको छ । भवनमा पोखरा सूचना केन्द्र, पोखरा प्रज्ञा प्रतिष्ठान, सार्वजनिक पुस्तकालय, आर्ट ग्यालरी, घण्टाघर, सार्वजनिक शौचालय तथा स्नानगृह लगायतका सेवाहरू सञ्चालन हुने पोखराका मेयर धनराज आचार्यले बताए । उनका अनुसार केही दिनभित्रै (पोखरा घर) पूर्ण रूपमा सञ्चालनमा आउनेछ। पर्यटन, कला, साहित्य, संस्कृति तथा नागरिक सेवाको प्रवर्द्धनमा ुपोखरा घरु ले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। वास्तु पूजा कार्यक्रममा प्रत्यक्ष तथा… पुरा पढौ

पोखरामा यू१६ जुनियर छात्ररछात्रा ह्याण्डबल जारी

पोखरा , पोखरामा जारी यू१६ छात्ररछात्रा तर्फका खेलहरु जारी रहेका छन् । पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमी खेल मैदानमा जारी प्रतियोगितामा छात्रातर्फ गण्डकी बोर्डिङका ए र बी टिम सेमीफाइनलमा प्रवेश गरेका छन् । जारी प्रतियोगितामा गण्डकी बोर्डिङ एले पोखरा लनर्सलाई १२–२ गोलले पराजित गरी सेमीफाइनलमा प्रवेश गर्दा गण्डकी बोर्डिङ बी टिम माउन्ट अन्नपूर्ण मावीसँग सघर्षपूर्ण खेलमा सेमीफाइनलको यात्रा तय गरेको छ । निर्धारित समयमा ४–४ गोलले बराबरीमा सकिए पछि अतिरिक्त समयमा गण्डकी बोर्डिङ ७–५ गोलले विजयी हुदै सेमीफाइनलमा प्रदेश गरेको हो… पुरा पढौ

स्वर्डफिसले गण्डकीमा भित्र्यायो ज्वेलरी म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’

पोखरा, २७ स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी ९गहना० क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चालन भइरहेका गहना व्यवसायलाई आधुनिक एवं डिजिटल प्रणालीतर्फ उन्मुख गराउने लक्ष्यका साथ यो सफ्टवेयर औपचारिक रूपमा बजारमा ल्याइएको हो । स्वर्डफिस टेक्नोलोजीका प्रबन्ध निर्देशक किसान सुनारका अनुसार यो आन्तरिक राजस्व कार्यालयबाट मान्यता प्राप्त सफ्टवेयर हो ।यसअघि काठमाडौँमा मात्रै करिब २ सयभन्दा बढी व्यावसायिक कम्पनीहरूले यसको सफल प्रयोग गरिसकेका छन् । आजबाट गण्डकीमा भित्रिएको यस सफ्टवेयर परिवर्तित समयानुसार अनुकुल… पुरा पढौ

नेपाल परिवार नियोजन संघ कास्की शाखाको सभापतिमा पुनः सिग्देल

पोखरा , नेपाल परिवार नियोजन संघको शनिबार सम्पन्न ४५ औँ वार्षिक शाखा सभाले पुनः नविन सिग्देललाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ ।समितिको कोषाध्यक्षमा विष्णु प्रसाद दाहाल ‘आभाष’, महिला सदस्यमा डा.लक्ष्मी पौडेल र विशेष सदस्यमा कमल कार्की सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत प्रकाशचन्द्र त्रिपाठीले जानकारी दिए । सभाको उद्घाटन गर्दै प्रमुख अतिथिका पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले परिवार नियोजन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवाको विस्तारमा नेपाल परिवार नियोजन संघले पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको बताए… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा, पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । कलेजको सभाकक्षमा सम्पन्न कार्यक्रममा दुईवटा सेक्सनका ६९ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । विद्यार्थीहरुको समूहले फ्लाई दुवाईले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरेको, पोखरा पर्यटन परिषदले रोपाईं महोत्सव आयोजना गरेको र पोखरा उद्योग वाणिज्य संघले रोजगार मेला आयोजना गरेको विषयमा नमुना पत्रकार सम्मेलन प्रस्तुत गरेका थिए । त्यसै गरी पसल डट कमको सेवा विस्तार, साइमेक्स इनकर्पाेरेसनको… पुरा पढौ

भद्रकालीको कविता प्रतियोगितामा सपना लामिछाने प्रथम

पोखरा, २७ असार, भद्रकाली माध्यमिक विद्यालयमा शुक्रबार कक्षा ११ र १२ का विद्यार्थीबीच कविता प्रतियोगिता शुक्रवार सम्पन्न भयो । विद्यालयको वार्षिक क्यालेन्डरअनुसार अतिरिक्त क्रियाकलापअन्तर्गत प्रतियोगिता भएको हो । ‘देशप्रेम र राष्ट्रिय एकता’ शीर्षकमा १९ जना विद्यार्थीले आ(आफ्ना कविता प्रस्तुत गरेका थिए । प्रतियोगितामा उत्कृष्ट सिर्जना प्रस्तुत गर्दै कक्षा ११ मानविकी मा अध्यनरत सपना लामिछानेले प्रथम स्थान हासिल गरिन् । यस्तै विपाशा खातीले द्वितीय र सम्झना गुरुङले तृतीय स्थान प्राप्त गरे । जेनिसा गुरुङले सान्त्वना पुरस्कार जित्न सफल भइन् । विजयी… पुरा पढौ

पत्रकार हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने

पोखरा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट कास्कीका अग्रज पत्रकारद्धय रुद्र बहादुर हितानमगर र इन्दिरा गुरुङलाई सम्मान गरिने भएको छ । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उहाँको श्रीमान कर्ण गुरुङको बैबाहिक बर्षगाँठको अवसरमा स्थापित यस पुरस्कार २०८२ बाट पत्रकार हितानमगर र २०८३ बाट गुरुङलाई प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले सिफारिस गरेको पत्रकार हितानमगर र गुरुङको नाम फोनिज कास्कीको बैठकले अनुमोदन गरेको फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाले… पुरा पढौ

पोखरामा यू–१६ छात्र\छात्रा जुनियर ह्याण्डबल प्रतियोगिता सुरु

पोखरा, पोखरामा यू–१६ छात्ररछात्रा जुनियर ह्याण्डबल प्रतियोगिता–२०८३ सुरु भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक संयोजनमा आयोजित प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव शर्माले गण्डकी प्रदेशमा खेलकुदको विकास र खेलाडीको संरक्षणका लागि परिषद् प्रतिबद्ध रहेको बताए । उनले ह्याण्डबल खेलको विकासमा प्रदेश ह्याण्डबल संघले पुर्‍याएको योगदानको कदर गर्दै परिषद्ले संघलाई उत्कृष्ट खेल संघका रूपमा… पुरा पढौ

गण्डकीका खेल पूर्वाधारको संरक्षणमा कडाइ, अनधिकृत प्रयोग रोक्न प्रशासनलाई निर्देशन

पोखरा, गण्डकी प्रदेशभित्र रहेका सरकारी लगानी तथा अनुदानबाट निर्माण भएका खेलकुद पूर्वाधारहरूको संरक्षण, व्यवस्थापन र प्रभावकारी उपयोग सुनिश्चित गर्न प्रदेश खेलकुद परिषद्ले सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सहजीकरण गर्न अनुरोध गरेको छ। प्रदेश खेलकुद परिषद्ले कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, मुस्ताङ, म्याग्दी, मनाङ, बागलुङ, पर्वत र नवलपुरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै खेलकुद ऐन तथा नियमावलीबमोजिम दर्ता भएका खेल संघबाहेक अन्य क्लब वा संस्थाले जिल्ला खेलकुद विकास समितिको पूर्वस्वीकृति वा सम्झौताबिना खेलकुद पूर्वाधार प्रयोग गरेको तथा अनधिकृत रूपमा साइनबोर्ड राखेको… पुरा पढौ

पोखराको सेदीबाट भारतीय नेटवर्कसँग जोडिएको अनलाइन सट्टेबाजीमा संलग्न ८ पक्राउ

दीननाथ बराल,पोखरा, २६ असार, पोखराको पर्यटकीय क्षेत्र सेदीमा सफ्टवेयर कम्पनीको आवरणमा सञ्चालन भइरहेको अनलाइन सट्टेबाजी केन्द्रमा प्रहरीले छापा मार्दै आठ जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीको प्रारम्भिक अनुसन्धानले उक्त समूह भारतीय नेटवर्कसँग आबद्ध रहेर क्रिकेट, फुटबल र क्यासिनो खेलमा अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको तथा करोडौं रुपैयाँ बराबरको कारोबार भएको हुन सक्ने कास्कीका प्रहरी उपरीक्षक एसपी नवीन कार्कीले बताउनु भयो । गोप्य सूचनाको आधारमा शुक्रबार बिहान गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र… पुरा पढौ