म्याग्दी

गत वर्षभन्दा ३ प्रतिशत बढीको बजेट गण्डकी प्रदेशमा, ३२ अर्ब ९९ करोडको बजेट विनियोजन (पूर्णपाठ सहित)

दीननाथ बराल,पोखरा, १ असार, गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज (सोमबार) आउदो बर्षको लागि प्रदेश सभामा उक्त बवेट बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ मा ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । आगामी वर्षका लागि प्रस्ताव गरिएको बजेट गत वर्षको तुलनामा करिब १ अर्ब २ करोड रुपैयाँले बढी हो। प्रतिशतका… पुरा पढौ

म्याग्दीले जित्यो दोस्रो पोखरा कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधि

पोखरा १८, जेठ, म्याग्दी जिल्लाले दोस्रो पोखरा कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी बास्केटबल संघको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज (सोमबार) सम्पन्न प्रतियोगिताको फाइनल खेलमा म्याग्दीले पर्वतलाई ८०–७३ अंकले पराजित गर्दै उपाधि चुमेको हो । प्रतियोगितामा बिजेता टिम म्याग्दीले नगद रु ५० हजार तथा उपविजेता पर्वतले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यसअघि भएको पहिलो सेमिफाइनलमा पर्वतले तनहुँलाई ४९–२५ अंकले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।… पुरा पढौ

चौथो रुमा सांगीतिक मेला चैत तेश्रो साता हुने, शिक्षा र पर्यटन प्रवर्द्धनको आधार बन्ने अपेक्षा (भिडियो सहित)

दीननाथ बराल,पोखरा ३, माघ, म्याग्दीको रमणीय रुमा गाउँमा चौथो रुमा सांगीतिक मेला आउँदो चैत महिनाको तेश्रो साता हुने भएको छ । शिक्षा र पर्यटनलाई सँगै अघि बढाउँदै गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित चैत २० र २१ गते उक्त मेला आयोजना हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=3BsClldeG98 लालीगुराँस युवा क्लबको आयोजनामा हुन लागेको यस मेलाले लोपोन्मुख मौलिक संस्कृति संरक्षणमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यस मेलामा स्वदेशी मात्र नभई विदेशी सहयोग समेत… पुरा पढौ

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोडको बजेट

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री डा. टकराज गुरुङले आगामी वर्षको लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो। यो बजेटमध्ये १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ चालू खर्चका लागि विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९.५ प्रतिशत हो। १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ पूँजीगत खर्चतर्फ छुट्याइएको छ, जसको हिस्सा ५९.७… पुरा पढौ

पत्रकार महासंघ गण्डकीको अध्यक्षमा युनियन र चौतारी प्यानलको वर्चश्व

दीननाथ बराल,पोखरा २९, मंसिर, नेपाल पत्रकार महासंघ गण्डकीको अध्यक्षमा युनियन र चौतारी प्यानलको वर्चश्व रहेको छ । शुक्रबार सम्पन्न भएको महासंघको अधिवेशनले गण्डकी प्रदेशका अधिकांश जिल्लामा प्रेस युनियन र प्रेस चौतारी प्यानलको वर्चश्व रहेको छ । यसैबिच, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन। प्रेस यूनियन र प्रेस चौतारी प्यानलबाट निर्वाचित पौडेलले २ सय २३ मत अन्तरले समाजबादी प्रेस संगठन र प्रेस सेन्टरका साझा उम्मेदवार गोविन्द सुवेदीलाई पछि पार्दै विजयी भएका हुन् । शुक्रबार भएको निर्वाचनको… पुरा पढौ

पोखरामा जारी अन्नपूर्ण अध्यक्ष कप बास्केटवल प्रतियोगितामा लिगचरणका खेलहरु सम्पन्न

पोखरा रंगशालामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणको खेल सकिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा भएको खेलमा आज लिगचरणको खेल सकिएसँगै क्वाटरफाइनरको समिकरण पुरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए । आज भएको पहिलो खेलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)ले लमजुङको बेशीशहर नगरपालिकालाई ४१–२८ ले पराजित गदैं क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । यस्तै दोस्रो खेलमा पर्वतको मोदी गाउँपालिकाले म्याग्दीको रघुगंगा गाउँपालिका (ह्वाइट)लाई ५८–४६ ले पराजित ग¥यो ।… पुरा पढौ

रंगशालामा हुने प्रथम अन्नपूर्ण अध्यक्ष कपको तयारी पूरा,उद्घाटन खेलमा बेनी नगरपालिका र मादी गाउँपालिका भिड्ने

पोखरा, २४ मंसिर, पोखराको रंगशालास्थित बास्केटबल कोर्टमा मंगलबार (भोलि) देखि सुरु हुने गण्डकी प्रदेश पालिकास्तरीय ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा हुने ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए । उनका अनुसार यही २५ गतेदेखि २९ गतेसम्म हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा बेनी नगरपालिका र मादी गाउँपालिका भिड्नेछन् । उनले पुरुषतर्फ कुल १२ टिमको सहभागिता… पुरा पढौ

प्रदेश सांसदकी सांसद गौचनको निधन प्रति दुःख व्यक्त

पोखरा ३०, कार्तिक गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस, गण्डकी प्रदेश सदस्य विमला गौचनको हृदयाघातवाट भएको असमायिक निधनप्रति गण्डकी प्रदेश सरकारले गहिरो दुःख व्यक्त गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्धारा हस्ताक्षरित शोक वक्तव्यमा सांसद गौचनको निधनले गण्डकी प्रदेश सभा, गण्डकी प्रदेश सरकार तथा नेपाली कांग्रेस, गण्डकी प्रदेश समितिलाई अपूरणीय क्षति भएको उल्लेख गरिएको छ । उहाँले समग्र गण्डकी प्रदेश, प्रदेश सभा, पार्टी र समग्र म्याग्दी जिल्लाको विकासमा पुरÞ्याउनु भएको योगदानलाई उच्च सम्मान सहित स्मरण गर्दै उहाँको निधनप्रति… पुरा पढौ

४१ देशका पर्यटक पोखरा सहित गण्डकी प्रदेशमा, दैनिक ७ हजार खर्च गर्ने

दीननाथ बराल,पोखरा ११, साउन, पर्यटनको राजधानि पोखरा सहित गण्डकी प्रदेशमा करिब ४१ देशका पर्यटकहरु सहज ढंगले आउने गरेका छन्। प्रदेशमा भित्रिएका पर्यटकहरु एउटा अध्ययन तथा सर्वेक्षणमा उक्त सङख्यामा पर्यटक आउने गरेको खुलेको हो । नेपालमा पर्यटकको बसाई अवधि २२ दिन रहेको पाइयो भने गण्डकी प्रदेशको हकमा १२ दिन हुने गरेको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले गरेको सर्वेक्षणमा उल्लेख छ । ४ सय पर्यटकहरुबाट सिएको नमुना परिक्षणको आधारमा उक्त रिपोर्ट तयार पारिएको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयल निर्देशक विना ढकाल पौडेलले… पुरा पढौ

गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत

गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता १ सय ७८ जना खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापा, प्रदेश खेलकुदका… पुरा पढौ