कास्की

सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

पोखरा, १४ वैशाख, वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानलाई निरन्तरता दिन सके दुवै महानगरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनीहरुको भनाइ छ । पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० को अन्तरप्रदेश पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत शुक्रबार वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघले टेवानको भ्रमण टोलीसँग गरेको अन्तक्र्रियामा उक्त कुरामा जोड दिइएको हो । वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष अनिलकुमार अग्रवालले सातामा कम्तीमा २ उडान हुनुपर्ने माग… पुरा पढौ

विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसन विरुद्धको सचेतना

पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालले संस्था स्थापनाको रजतवर्षको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरेको हो । विद्यालयका माध्यमिक तह इन्चार्ज गणेशबहादुर थापाले बढ्दो उमेरका भाइबहिनीलाई समाज र संगतले लागूपदार्थसँग आकर्षित गर्ने भएकाले सचेतना कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा प्रमुख सहजकर्ताका रूपमा नौलो घुम्ती नेपाल लागूपदार्थ परामर्श तथा पुनस्र्थापना केन्द्रका सहजकर्ता लक्ष्मण पन्त र सहजकर्तामा रूपेश थापा रहेका थिए ।पन्तले निर्धारित समयमा… पुरा पढौ

पोखरामा प्याराग्लाईडिङको सोलो (एकल) उडान संचालन गर्न माग

दीननाथ बराल,पोखरा १३, वैशाख, खेलकुदको शहर पोखरामा प्याराग्लाईडिङको सोलो (एकल) उडान पुनः संचालन गर्न पर्यटन व्यवसायीहरुले माग गर्नु भएको छ । पर्यटनको राजधानि पोखरामा सहासिक खेलको हव भएको अबस्थामा विगत डेढ बर्ष देखि प्याराग्लाईडिङको सोलो उडान स्थगित हुनुले यस क्षेत्रमा खेल पर्यटनमा ठुलो असर परेकोले तत्काल संचालन गर्न यहाँका पर्यटन व्यवसायीहरुले माग गर्नु भएको हो । DCIM\100GOPRO\G0015641.JPG पोखरा र यस क्षेत्रमा प्याराग्लाईडिङको विगत २० बर्ष अघि देखि सोलो उडानबाट सुरु भई यस खेलको प्रि वल्र्ड कप र वल्र्ड कप नै… पुरा पढौ

वैशाख २२ गते पोखरा ७ मा दौड प्रतियोगिता हुदै ः

पोखरा महानगरपालिका वडा नं. ७ मा वडा नं. ७ स्तरिय वृहत दौड प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि आऔं सँगै दौडौं भन्ने नाराका साथ वैशाख २२ गते शनिबार दौड प्रतियोगिता हुने भएको हो । पोखरा ७ का सम्पुर्ण सामाजिक संघ सस्थालाई जागरुक गराइ सामाजिक जागरण र आपसी एकता वृद्घीका लागि पोखरा ७ स्तरीय दौड प्रतियोगिता मुल आयोजक समिति गठन गरि प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता खुल्ला पुरुष, खुल्ला महिला, २२ वर्ष मुनिको र ५० वर्ष माथिको गरि… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

पोखरा १३ बैशाख, आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ । सहयोग सम्बन्धमा मञ्चका अध्यक्ष दीननाथ बराल र गुप्रका निर्देशक किरण केसीबीच सम्झौता भएको हो । सम्झौता अनुसार अवार्ड कार्यक्रममा केसी ग्रुपले ५० हजार रुपैयाँ सहयोग गर्ने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । निर्देशक केसीसँग मञ्चका अध्यक्ष बराल, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, मञ्चका महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल र सदस्य रोहितराज पराजुलीले भेट गरेका थिए । अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट… पुरा पढौ

हम्रो बहुउद्देश्यीय सहकारीको रजत जयन्तीको उत्सवको अबसरमा रक्तदान

पोखरा महानगर पालिका वडा नं ८ न्युरोडस्थित हाम्रो बहुृृउद्देश्यीय सहकारी संस्थाले विहिबार २५ औ बार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा “रक्तदान” कार्यक्रमको आयोजना गर्यो । संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन गरिएको थियो ।कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि तथा सल्लाहकार बोधराज पौडेलले पहिलो रक्त दाता तथा शेयर सदस्य पवित्रा मणि भण्डारीलाई बलड ब्याग हस्तारन्तरण गरि सुभारभ्भ गरिएको थियो । प्रमुख अतिथि पौडेलले… पुरा पढौ

पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबार देखि हुने

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५ देखि २१ गते सम्म पोखरा रंगशालामा पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक समितिले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरि सो जानकारी गराएको हो । महिला क्रिकेटलाई प्राथमिकतामा राख्दै ग्रास रुटबाट क्रिकेट विकास गर्न तथा विद्यालयबाट पनि होनहार प्रतिभाको खोजी गर्दै सन् २०२७ को टि ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई क्रिकेटका माध्यमबाट पनि परिचित गराउने… पुरा पढौ

गुप्तेश्वर क्याम्पसमा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगिता

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको अगुवाईमा पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगिता बिहिबारबाट सुरु भएको छ । दुईदिने यस प्रतियोगिता एमबिएस विद्यार्थीहरुको क्षमता अभिवृद्धि गराउने लक्ष्य सहित पोखरामा पहिलो पटक आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्नुहुदै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष श्रीराम सुवेदीले पोखरामा पहिलो पटक एमबिएस विद्यार्थीहरुलाई लक्षित गरी केससँग सम्बन्धित प्रतियोगिता निकै उपयोगी हुने बताउनुभयो । गुप्तेश्वर क्याम्पस प्रमुख धर्मराज बरालले पोखरा र आसपासमा रहेका क्याम्पसबिचको सम्बन्धलाई सुमधुर सँगै ज्ञान आदानप्रदान गर्नु नै यस प्रतियोगिताको मुल… पुरा पढौ

गण्डकी प्रदेश स्क्वास र्‍याकेट संघको अध्यक्ष रञ्जित

गण्डकी प्रदेश स्क्वास तथा र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत चयन भएका छन् । संघको पोखरामा बिहिबार सम्पन्न प्रथम अधिवेशनले उनलाई आगामी ४ वर्षका लागि अध्यक्षमा सर्वसम्मन निर्वाचित गरेको हो । यसै गरी संघको उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा कमल बहादुर बस्नेत, सचिवमा प्रेम शर्मा र कोषाध्यक्षमा रक्से लामा निर्वाचित भएको निर्वाचित समितिका संयोजक पुष्पराज श्रेष्ठले जानकारी दिए । यसै गरी कार्यसमितिको सदस्यमा यूवराज कुंवर, आभान श्रेष्ठ, रामप्रसाद पौडेल, सृष्टिका उदास र रुक गुरुङ सर्वसम्मत निर्वाचित भए । यस अघि प्रथम… पुरा पढौ

¥यान्डम रिडर्स सोसाइटीद्वारा पुस्तक साटासाट गरीमनाइयो पुस्तक दिवस

¥यान्डम रिडर्स सोसाइटीले विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा पुस्तक आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पुस्तकका माध्यमबाट जीवन बुझ्न सघाउ पुग्ने धारणा राखे । युनेस्कोले मानव जातिको आवश्यकतालाई महसुस गरी विभिन्न दिवसहरूको घोषणा गर्ने क्रममा स्थापित पुस्तक दिवस निकै महत्वपूर्ण भएको बताए । पुस्तक दिवसले पठन संस्कृतिको विकासमा विशेष भूमिका खेलेको उनको भनाइ थियो ।कतिपयले पुस्तक देख्न नपाएका र देख्न पाए पनि… पुरा पढौ