शिक्षा

राष्ट्रिय माविको हीरक महोत्सव निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन तीन सय १० जनाको परिक्षण

स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । विद्यालयमा अध्य्यनरत विद्यार्थीहरुको लागि आयोजना गरिएको दुई दिने शिविरको पहिलो दिन मंगलबार तीन सय १० जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । शिविर बुधबारसम्म चल्नेछ । विद्यालयका पुर्व विद्यार्थी समेत रहेका हिरक महोत्सव स्वास्थ्य शिविर कार्यक्रम उपसमितिका संयोजक वरिष्ठ फिजिसियन डा वसन्त ताम्राकार, अर्का पुर्व विद्यार्थी वालरोग विशेषज्ञ डा विनोद तुलाचन सगै डा… पुरा पढौ

स्टेप बाई स्टेप मा. वि. मा शैक्षिक प्रदर्शनी, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

पोखरा २०, फागुन, स्टेपबाई स्टेप मा. वि. मासवार, पोखरामा शैक्षिक प्रदर्शनी, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्नभएको छ । वर्षभरि भएका खेलकुद, अतिरिक्त क्रियाकलाप र २०७९ सालमा कक्षाका उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, कविता कमेडी पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा २ देखि १२ सम्मका विद्यार्थीहरूद्वारा तयार पारिएका विभिन्न शैक्षिक सामग्रीहरू प्रदर्शन गरिएको थियो । विद्यार्थीले पुस्तकमा पढेका ज्ञानलाई व्यवहारमा उतार्न सकुन् भनी विद्यालयले शैक्षिक प्रदर्शनी गरेको थियो विज्ञान, सामाजिक शिक्षा, भाषा,… पुरा पढौ

पोखरा ७ स्थित श्री कृष्ण मा विको अध्यक्षमा शोभाचन्द्र बराल

पोखरा १६, फागुन पोखरामहानगर पालिका वडा नं। ७ मा रहेको एक मात्र सामुदायिक विद्यालय श्री कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शोभाचन्द्र बराल चयन हुनु भएको छ । यस अघि उहाँ विद्यालय व्यवस्थापन समितिकै जेष्ठ सदस्यका रुपमा अध्यक्षको कार्यभारमा रहनु भएको थियो । समितिका सदस्यहरु पुषोत्तम रेग्मी, पार्वती पनेरु, देव बहादुर घताने, गंगा थापा सहित पदेन सदस्य पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्य बिचको वैठकले बराललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थामा… पुरा पढौ

सबलाइम माविको २८ औं वार्षिकोत्सव

पोखरा, १३, फागुन पोखरा ७ रत्नचोस्थित सबलाइम अङ्ग्रेजी माध्यमिक विद्यालयको २८ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले आफ्ना सन्तानलाई सकरात्मक कुरा र जीवनोपयोगी सिप घरमै सिकाउन अभिभावकले समय छुट्याउन अपरीहार्य रहेको बताए । आचार्यले पढाइसँगै सिकाइ आवश्यक रहेकोले समयसमयमा अभिभावक र शिक्षक बिच अन्तरक्रिया गरी विद्यार्थी आफैले अध्ययनसँगै अभ्यास र अनुसन्धान गरी अब्बल बन्न कोसिस गर्नुपर्ने बताए । गुणस्तरीय तथा… पुरा पढौ

अल्फा वोडिङ स्कुलको वार्षिकोत्सव सम्पन्न, शिक्षक सरितालाई दीर्घ सेवा पदक

पोखरा १३ फागुन, अल्फा वोडिङ स्कुल पोखरा– १६, लामाचौरको ३५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास समवन्य ईकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले व्यवहारिक र संस्कारयुक्त शिक्षाले नै समाजलाई असल मार्गमा डोहोर्याउने बताउनुभयो ।विद्यालयका प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीले वार्षिक प्रतिवेदन पेश गर्दै विद्यालयले विद्यार्थीका लागी व्यवहारिक शिक्षालाई पहिलो प्राथामिकतामा राखेको दावी गर्नुभयो । कार्यक्रममा विद्यालयले दीर्घ सेवा पदकवाट विद्यालयमा दुई दशक देखि कार्यरत शिक्षक सरिता गुरुङलाई नगद सहित सम्मान र एस इ इ टपर… पुरा पढौ

पोखरा कप विद्यालयस्तरीय क्रिकेट बुधबारदेखि

पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । बि–बग इभेन्टले आयोजना गरेको प्रतियोगिताको खेल बुधबारदेखि पोखरा रंगशालाको त्रिकेट मैदानमा हुनेछ । उद्घाटन खेलमा हिमालयन बोर्डिङ स्कुल र बालमन्दिर स्कुलले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक उदीपराज ढुंगानाले बताए । पहिलो खेल विहान ९ बजे सुरु हुनेछ । दोस्रो खेलमा गण्डकी बोर्डिङ स्कुलसँग छोरेपाटन माविले दिउँसो १ बजे खेल्नेछ ।फागुन १६ गतेसम्म जारी रहने प्रतियोगितामा १२ विद्यालय सहभागी छन् । विद्यालयस्तरमा क्रिकेटका गतिविधि शून्य भएकाले प्रतियोगिता आयोजना गरेको ढुंगानाले बताए… पुरा पढौ

रूपा–२ का वडा अध्यक्ष सुवेदीद्वारा इन्द्रायणीका विद्यार्थीलाई पोसाक वितरण

पोखरा, फागुन ७ कास्कीको रूपा गाउँपालिका–७, हंसपुरस्थित इन्द्रायणी आधारभूत विद्यालयका विद्यार्थीलाई सोही गाउँपालिका, वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले आइतवार विद्यालय पोसाक वितरण गरेका छन् । आफू जनप्रतिनिधि चुनिएपछि प्राप्त सेवा सुविधाको रकम समाजसेवामा खर्च गर्ने क्रममा उनले पोसाक वितरण गरेका हुन् । आफू भुईँ तहबाट सङ्घर्ष गर्दै अघि बढेको स्मरण गर्दै वडा अध्यक्ष सुवेदीले कुनै पनि बालबालिकाले कुनै पनि अभावका कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भन्नेमा आफू सचेत रहेको बताए । “आमाले अदुवा, अमिलो, पिँडालु बेचेर हुर्काउनुभयो,… पुरा पढौ

साइनिङ स्टार बोर्डिङको रजत जयन्तीमा कलाकार घिमिरेलाई सम्मान

पोखराको साइनिङ स्टार बोर्डिङ स्कुलले अग्रज कलाकार प्रकाश घिमिरेलाई सम्मान गरेको छ । विद्यालयले २५ औं वर्ष प्रवेशका अवसरमा आयोजना गरेको रजत महोत्सव विशेष समारोहमा घिमिरेलाई सम्मान गरेको हो । समारोहका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेश मान गुरुङले उहाँलाई चाँदीको करुवा सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि गुरुङले निजी विद्यालयले राज्यलाई महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । विद्यालयले अन्र्तराष्ट्रिय स्तरमा समेत भगिनी सम्बन्ध कायम गर्दै विश्व जगतमा नेपाली शिक्षा तथा संस्कृती चिनाउन मद्धत पु¥याएको उहाँको भनाई… पुरा पढौ

शान्ति निकुन्ज स्कुललाई वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधि

दीननाथ बराल, शान्ति निकुन्ज बोर्डिङ स्कुलले अन्तरबिद्यालय स्तरिय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० को उपाधि जितेको छ । पोखरा ड्याम साइड स्थित गण्डकी प्रदेश प्रहरी गणको फुटवल खेल मैदानमा आज (आइतबार) भएको फाइनल खेलमा टाईब्रेकरमा ५—४ को गोल अन्तरले शान्ति निकुन्जले बालोदय बोर्डिङ स्कुललाई पराजित गर्दै उपाधि सहित नगद ३० हजार हात पार्न सफल भएको हो । २५÷२५ मिनेटको निर्धारित समयमा दुबै तर्फ एक÷एक गोलले खेल बराबरीमा टुगिए पछि खेल टाईब्रेकरमा पुगेको हो । टाईब्रेकरमा बालोदयका सुविन सारु मगरले… पुरा पढौ

बालोदय र शान्ति निकुन्ज वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधिको लागि भिड्ने

पोखरा ५, फागुन शान्ति निकुन्ज र बालोदय बोर्डिङ स्कुल पोखरामा जारी अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० को उपाधिको लागि फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका छन्। ड्याम साइड क्लवको आयोजनामा पोखरा ड्याम साइड स्थित गण्डकी प्रदेश प्रहरी गणको फुटवल खेल मैदानमा भोलि(आइतबार) दिउँसो २ः३० बजे फाइनल खेल हुने भएको क्लवले जनाएको छ । फाइनल खेल हुनु पूर्व सन्ध्यामा आइतबार दिउँसो क्लवको भेट्रान टिम र पोखरा महानगरपालिका वडा नम्बर १७ का जनप्रतिनिधि तथा कर्मचारी बिचको मैत्रिपूर्ण फुटवल खेल हुने भएको… पुरा पढौ