अर्थतन्त्र

पर्यटन दिवस मनाउँदै अन्तर्राष्ट्रिय संग्रहालय

पोखरा, ९ असोज, पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपहिरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ । शुक्रबार संग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई भव्य स्वागतसहित टिकट शुल्कसमेत नलिइनेसंग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् । पर्वतीय पर्यटन, संस्कृति र सभ्यताको खुला पठाशाला बनेको यो संग्रहालय बिहान साढे ८ बजेबाट साँझ साढे ५ बजेसम्म खुला हुन्छ… पुरा पढौ

पोखरा महानगरपालिका तेक्वान्दो संघको अध्यक्षमा हर्क गुरुङ

पोखरा ९, असोज, पोखरा महानगरपालिका तेक्वान्दो बिकास संघको अध्यक्षमा हर्क बहादुर गुरुङ चयन हुनु भएको छ । पोखरामा बुधबार सम्पन्न भएको संघको पहिलो साधारण सभा तथा अधिवेशनले गुरुङको अध्यक्षतामा ४ बर्षीय कार्यकालको लागि ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन भएको हो । त्यसै गरी संघको प्रथम उपाध्यक्षमा धर्मराज शाही, द्धितिय उपाध्यक्षमा महेश्वर अधिकारी, सचिवमा निरोज बहादुर नेपाली, कोषाध्यक्षमा रुद्र बहादुर गुरुङ (जुबु) चयन हुनु भएको हो भने अन्य सदस्यहरुमा मिरा गुरुङ, अस्मित लो लामा, कृष्ण भण्डारी, दीपक कुवंर, आविस्कार… पुरा पढौ

ट्रफी टुर पोखराको फेवातालमा

पोखरा ९, असोज, एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) को ट्रफी टुर पोखराको फेवातालमा सम्पन्न गरिएको छ । पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवाताल स्थित बाराही घाटमा उक्त टुर गरिएको हो । यही असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुने महिला फ्रेन्चाइज भलिबल लिगको ‘ट्रफी टुर’ तथा ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम तय भएकोले उक्त कार्यक्रमको प्रबद्र्धन गर्न सो कार्यक्रम भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा सहितको कार्यक्रममा सहभागिता रहेको थियो । ट्रफी टुर बाराहीघाट र पोखरा… पुरा पढौ

पोखरा २२ लाई बालश्रम मुक्त बनाउने अभियानमा पोउवा संघ

पोखरा,९ असोज, पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले पोखरालाई बालश्रम मुक्त क्षेत्र बनाउने अभियानअन्तर्गत वडा नम्बर २२ मा सरोकारवालासँग छलफल गरेको छ । छलफलको क्रममा बालश्रममुक्त क्षेत्र निर्माणका लागि चाल्नुपर्ने आवश्यक कदमहरु, कानूनी पक्ष,वडा कार्यालय तथा नागरिक समाजको दायित्वबारे चर्चा गरिएको थियो । सामाजिक विकास केन्द्रका परियोजना निरीक्षक सफल बरालले बालश्रमविरुद्धको अभियानमा सरोकारवालाको भूमिका र कानूनी पक्षबारे जानकारी गराएका थिए । सामाजिक विकास केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सभासद प्रकाश बरालले बालश्रम… पुरा पढौ

युरिक एसिड सित्तैमा, थाइराइडमा ५० र अन्य जाँचमा ३० प्रतिशत छुट

पोखरा, ९ असोज, गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले चाडपर्व लक्षित विशेष छुट योजना ल्याएको छ । बिहीबारदेखि कत्तिक महिनाभर यो योजना लागू हुनेछ । यो अवधिमा युआरएलको मुख्य कार्यालय सभागृहचोकसहित २० शाखामा युरिक एसिडसम्बन्धी जाँच सित्तैमा गरिनेछ । सेवाग्राहीको सुविधाका लागि युआरएलले थाइराइडसम्बन्धी रगत जाँचमा ५० प्रतिशत र अरु सबै जाँचमा ३० प्रतिशत छुट दिने भएको छ । विश्वकै सर्वाेत्कृष्ट प्रविधि, दक्ष र अनुभवी प्राविधिकबाट स्थापनाको ११ वर्षमा करिब ८ लाखलाई… पुरा पढौ

विश्व पर्यटन दिवसका अवसरमा पोखरामा मिनि सडक महोत्सव देखि पर्वतीय दौडसम्मका कार्यक्रम हुने

दीननाथ बराल, पोखरा ८, असोज, यस बर्षको ४५ औं विश्व पर्यटन दिवसका अवसरमा पोखरामा मिनि सडक महोत्सव देखि पुम्दी भुम्दीमा पर्वतीय दौड प्रतियोगिता लगायतका कार्यक्रम हुने भएको छ । पोखरा पर्यटन परिषदको समन्वयमा विश्व पर्यटन दिवसको अवसरमा पोखरामा पर्यटन मन्त्री सहित सातै प्रदेशका पर्यटन मन्त्रीहरुको बैठक, मिनि सडक महोत्सव देखि पुम्दी भुम्दीमा पर्वतीय दौड प्रतियोगिता लगायतका कार्यक्रम गरि उक्त दिवस मनाईने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो । पर्यटन दिवसको अवसरमा पोखरा क्षेत्र केन्द्रित हुने गरी… पुरा पढौ

पोखरामा रविको पक्ष र विपक्षमा नाराबाजी, जोशीलाई ५ दिन म्याद थप

दीननाथ बराल, पोखरा ७, असोज, पोखरामा आज (सोमबार) रवि लामिछानेको पक्ष तथा विपक्षमा नारा बाजी भएको छ । एक समुहले रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै बिरोध गर्नु भएको छ भने अर्को समुहले रविले सहकारीको रकम हिनामिना गरेकोले तत्काल पक्राउ गरी कार्वाही गर्न माग गर्दै नारा बाजी गर्नु भएको थियो । जिल्ला प्रशासन कार्यालय कास्की अगाडी शहिद चोकमा आमुने सामुने बिरोध प्रर्दशन भए पनि कास्की प्रहरीले ठुलो सङख्यामा सुरक्षाकर्मी खटाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले पोखरामा विरोध प्रदर्शन… पुरा पढौ

पोखरा रोयलको २३ औं वार्षिक साधारण सभा सम्पन्न, ९.४८% लाभांश दिने

पोखरा ७, असोज, “सुखी सदस्य, दिगो सहकारी” को परिकल्पना बोकेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सहकारी क्षेत्रमा देखिएको समसामयिक समस्या समाधान गर्न र सदस्य सेवाका लागि १० वटा संकल्प प्रस्तावर सदस्यहरुलाई ९.४८% शेयर लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । त्यसैगरि कारोबारको आधारमा बचत तर्फको कारोबारमा २.१३ प्रतिशत र ऋणतर्फको कारोबारमा २.२३ प्रतिशत अतिरिक्त लाभ वितरण गर्ने प्रस्ताव पारित गरेको छ । तीन वटा एकाई सभाहरु… पुरा पढौ

बाराही हस्पिटालिटी अन्तर्गतका चार होटललाई साउथ एसियन ट्राभल अवार्ड

पोखरा ७, असोज, बाराही हस्पिटालिटी अन्तर्गतका विभिन्न चार होटलले साउथ एसियन ट्राभल अवार्ड्स ९साटा० प्राप्त गरेका छन् । गत बर्षबाट सन्चालनमा आएको काठमाडौंको ठमेलमा रहेको चार तारे स्तरको होटल बाराही काठमाडौंले दक्षिण एसियाकै उत्कृष्ट नयाँ होटलको रुपमा गोल्ड अवार्ड पाएको छ । यस्तै पोखराको ुनेचुरल भ्यु पोइन्टु सारङकोटको डाँडामा रहेको सारङकोट माउन्टेन लजले मस्ट रोमान्टिक रिसोर्टको अवार्ड प्राप्त गरेको छ । माछापुच्छ्रेको छाँयाले डुबुल्की मार्ने रुफटप स्विमिङ पुल, हिमशृङ्खला र सुर्योदय हेर्दै रमाउन सकिने बाथटब, सितल मौसम र उत्कृष्ट आतिथ्यताले… पुरा पढौ

शिक्षाको गुणस्तर र प्रभावकारी सेवा प्रवाहमा ध्यान केन्द्रित गरौं मन्त्री भट्टराई

असोज ७, काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिश्वविद्यालयहरूको गुणस्तर सुधार्नका लागि आइतबार शुरु गरेको अन्तरक्रिया जारी रहेको छ। मन्त्रालयमा सोमबार मन्त्री विद्या भट्टराईको उपस्थितिमा योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोग र मध्य पश्चिम विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल सम्पन्न भएको छ। कार्यक्रममा मन्त्री भट्टराईले सबै विश्वविद्यालयलाई शिक्षाको गुणस्तर र प्रभावकारी सेवा प्रवाहमा गम्भीरताका साथ ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । उहाँले अन्तरक्रियाबाट प्राप्त महत्त्वपूर्ण विषयलाई समेटेर विश्वविद्यालय शिक्षाको नीति निर्माण गरिने बताउनुभयो । उहाँले विद्यमान शिक्षाको प्रभावकारी व्यवस्थापन आवश्यक रहेकोमा जोड… पुरा पढौ