देश तथा समाज पत्रिका

पवित्र साकोसको विद्यार्थी सम्मान

१७ मंसिर पोखरा पवित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शैक्षिक सत्र २०८० सम्ममा १०+२ देखि विद्यावारिधि तह पूरा गरेका शेयर सदस्य र सदस्यका छोराछोरी गरी २२ जनालाई सम्मानित गरेको हो । विद्यार्थीलाई संस्थाका सल्लाहकार श्रीबहादुर रानाभाट, ठाकुरप्रसाद रानाभाट र अध्यक्ष बुद्धिबहादुर रानाभाटलगायतले सम्मान अर्पण गरेका थिए । संस्थाका सल्लाहकार श्रीबहादुर रानाभाटले विद्यार्थी भाइबहिनीलाई सही बाटोमा डो¥याउन स–साना सम्मान र प्रोत्साहनले पनि ठूलो प्रेरणा मिल्ने धारणा राखे । रानाभाट÷भाट समाज नेपालका कास्की… पुरा पढौ

मयूर बहुउद्देश्यीय सहकारीको दोस्रो साधारण सभा सम्पन्न

पोखरा, १७ मंसिर पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा अवस्थित मयूर बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत आर्थिक वर्षको लेखा परिक्षण तथा बार्षिक प्रतिवेदन र भावि नीति तथा कार्यक्रमलाई पारित गर्दै शनिबार सहकारीको दोस्रो साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा पोखरा महानगरपालिका सहकारी समितिका निवर्तमान अध्यक्ष तेजनारायण अधिकारीले सहकारीमा सुशासन नभएका कारण अस्थिरता पैदा भएको बताए । पछिल्लो समय सहकारीलाई हेर्ने दृष्टिकोणमा नकरात्मकता सिर्जना भएपनि यसको समाधान हुने उनको भनाई थियो… पुरा पढौ

हिसान कास्की स्पोर्टस मिट स् तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

पोखरा १७, मंसिर १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा तेश्रो दिन ब्याडमिन्टनका सम्पूर्ण प्रतिस्पर्धाहरु सम्पन्न भएका छन् भने अन्य खेलहरु जारी रहेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० कास्कीको पोखरा रंगशालामा जारी प्रतियोगितामा तेश्रो दिन व्याडमिन्टनका सम्पूर्ण प्रतिस्पर्धा सम्पन्न भएको व्याडमिन्टन प्रतियोगिता उपसमितिका संयोजक पुरन कुंवरले जानकारी दिएका हुन् । छात्र व्याडन्टिन प्लस टु सिंगल्समा बाल प्रभात माविका सुन्दर विकले सगरमाथाका सुजन पौडेललाई पराजित गर्दै प्रथम भएका छन् । त्यस्तै तेश्रो स्थान सगरमाथाका सत्यजित… पुरा पढौ

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

पोखरा १७, मंसिर संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा सम्पन्न पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जितेको छ । पोखरा रंगशाला सम्पन्न भएको उक्त खेलकुद महोत्सवमा सहभागि १८ विद्यालयलाई पछि पार्दै कुल १३३ अंकका साथ वेलननले उपाधि जितेको हो । हरेक दुई–दुई वर्षमा आयोजना हुने खेलकुद महोत्सवमा वेलननले यस अघि रनिङ शिल्डमा एक पटक कव्जा जमाइसकेको छ । वेलनन ले यो संगै लगातार चौथोपटक उपाधि जितेको छ । यसै गरि खेलकुद महोत्सवमा ११० अंकका साथ कलिका… पुरा पढौ

पाल्पाली सहकारीमा चिरञ्जीवी श्रेष्ठ, पाल्पाली सहकारी पत्रकारिता पुरस्कार कुँवरलाई

पोखरा, १७ मंसिर पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था पोखराको सञ्चालक समिति अध्यक्षमा चिरञ्जीवी श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको शनिबार पाँचौं साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः उनको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समिति उपाध्यक्षमा बाबुराम खनाल, सचिव रेशम थापा, कोषाध्यक्ष उमा सापकोटा, सहसचिव युमाया पचभैया र सहकोषाध्यक्ष रेनुका बज्राचार्य छन् । सदस्यमा पदमप्रसाद पोखरेल, दामोदर बस्याल, गीतादेवी शर्मा र पिताम्बर तिमिल्सिना रहेको निर्वाचन समिति संयोजक विष्णुप्रसाद लम्सालले बताए । लेखा समिति संयोजकमा सुनिल अर्याल र सदस्यमा केशव नेपाल… पुरा पढौ

पाचौं राष्ट्रपटि रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा।वि लाहाचोकलाई

हेमजा,१७ मंसिर माछापुच्छे« गाउँपालिका शिक्षा युवा तथा खुलकुद शाखाको द्धारा आयोजित पाचौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र मा।वि लाहाचोकले हात पारेको छ । महेन्द्रको निरन्तर पाचौं पटकको जित हौ । महेन्द्रले ११ स्वर्ण ५ रजत र २ कास्य सहित १८ पदक प्राप्त गर्दै प्रथम भएको छ । निश्पक्ष मा।विले ७ स्वर्ण ६ रजत ३ कास्य गरि १६ पदक साथ द्धितिय भयो । उदय मा।वि ४ स्वर्ण,४ रजत र ४ कास्य गरि १२ पदकमा चित्त वुझाउदै तृयिय भयो ।… पुरा पढौ

फाउण्डेशनका संस्थापक गुरुङद्धारा तीन विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक वितरण

पोखराः १६, मंसिर लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुुरुङले घान्द्रुकका तीन विद्यालयमा शैक्षिक सामग्री र पोशाक वितरण गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकका सरस्वती आधारभुत विद्यालय उरी, छुर्लुङ आधारभुत विद्यालय र तालबाराही आधारभुत विद्यालयका ३७ जना विद्यार्थीहरुलाई फाउण्डेशनका संस्थापक गुरुङले शैक्षिक सामग्री र पोशाक वितरण गरेका हुन् । शैक्षिक पोशाक वितरण पछि बोल्दै फाउण्डेशनका संस्थापक गुरुङले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले शिक्षासँग जोडिएको बताए ।‘घान्द्रुकको विभिन्न स्थानलाई समेटेर वृत्तचित्र निर्माण गरेको थिए, घान्द्रुक,पोखरा र काठमाडौं लगायतको… पुरा पढौ

पुरुषतर्फ एलेक्से र महिलातर्फ उता आसाकुरालाई टेनिस उपाधी

मंसिर १६,पोखरा कास्की जिल्ला टेनिस संघद्वारा पोखरामा आयोजित आइटीएफ जे–३० टेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ एलेक्सि सिभायव प्रथम भएका छन् । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भारतका प्रनिल शर्मालाई ६–१ र ७–५ को सेटमा पराजित गर्दै उनले एकलतर्फको उपाधी जितेका हुन् । त्यस्तै महिला एकलतर्फ जापानकी उता आसाकुराले प्रथम स्थान हाँसिल गरिन् । फाइनल खेलमा उनले भारतकी यासिका सोकिनलाई १–६, ६–४ र सुपरटाइमा ६–० ले पराजित गर्दै उपाधी आफ्नों नाम गराएकी हुन् । पुरुष डबल्सतर्फ जापानका को फुजिकावा र रोया… पुरा पढौ

हिमालय मा.वि.मा बालविवाह विरुद्धको सडक नाटक प्रर्दशनी

१५ मंसिर, पोखरा कास्कीको अन्नपूर्ण गाउँपालिकामा बालविवाह विरुद्धको सडक नाटक प्रर्दशनी गरिएको छ । पालिकाको वडा ०७ मा रहेको हिमालय माध्यमिक विद्यालयमा उक्त नाटक प्रर्दशनी गरिएको हो । गाउँपालिकामा बढ्दो बालविवाह कम गराउने उद्देश्यले प्रस्तुत गरिएको नाटकमा सानो उमेरमा विवाह गर्दाका समस्यालाई नाटकमा समेटिएका थिए । कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाअध्यक्ष भरतमान गुरुङप्रमुख अतिथिले नाटक निकै सन्देशमूलक रहेको बताए । उनले बालविवाह गर्दा एकातर्फ नेपाल सरकारबाट प्राप्त हुने सेवा तथा सुविधाबाट वन्चित हुनु… पुरा पढौ

पाँचौ युनिप्स खेल महोत्सव आज समापन हुदै

पोखरा १६, मंसिर पोखरा रंगशालामा जारी पाँचौ युनिप्स खेल महोत्सवको आज (शनििबार) समापन हुने भएको युनिप्सका खेलकुद उपसमिति संयोजक विनोद कुमार नेपालीले बताए । उक्त प्रतियोगिता अन्र्तगत शुक्रबार भने एथलेटिक्सतर्फका खेलहरु सुरु भएका थिए । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा जारी प्रतियोगितामा ट्रयाक एण्ड फिल्डतर्फका खेलहरु सूचारु रहेको अध्यक्ष शान्त बहादुर गुरुङले जनाएका हुन । शुक्रबार सम्पन्न मावीतह छात्र १०० मिटर दौडमा होली एन्जलका निरज राई प्रथम भएका छन् भने कालिका इङलिश वोर्डिङ स्कुलका शिसिर खडका… पुरा पढौ