देश तथा समाज पत्रिका

डढेलोबाट जोगाउने वन समुहलाई २० हजार पुरस्कार

कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समुहलाई २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ । सामुदायिक वन दिवसको अवसरमा ठुलो वन समुहद्धारा निर्मित हरियाली पार्कमा आयोजित वृक्षारोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले सो घोषणा गर्नुभएको हो । गाउँपालिकामा ५६ वटा सामुदायिक वन उपभोक्ता समुह रहेका छन् । वन क्षेत्रमा आगो लगाउँदा जैविक विविधता, वन्य जन्तु सहित वातावरणीय असर पर्ने हुँदा त्यस्तो आपराधिक काम रोक्नका लागि गाविसले यसै आर्थिक बर्षबाट पुरस्कृत गर्ने जानकारी दिंदंै उहाँले भन्नुभयो “डढेलोबाट… पुरा पढौ

बिटी क्लबको पहिलो रक्तदानमा १ सय ४ युनिट संकलन

पोखरामा क्रियाशिल बुद्ध टोल युवा क्लब ९बिटी० ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको रत्तदानमा १ सय ४ युनिट संकलन भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुद्ध टोल युवा क्लबले आयोजना गरेको खुल्ला रक्तदानमा १ सय ४ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष अशिम थापाले जानकारी दिए । बिटी क्लबले अब हरेक वर्ष खुला रक्तदानको आयोजना गर्ने उनले बताए । पोखरा महानगरपालिका–१ टुडिखेलमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्लबका सचिव रेशम सापकोटाले बताए । उनका अनुसार क्लबका… पुरा पढौ

एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्सको शाखा पोखरामा

साउन २८ पोखरा एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्स प्रा. लि.ले आफ्नो नयाँ शाखा पोखरामा विस्तार गरेको छ । विस्तारित शाखाको आइतबार एक कार्यक्रमका विच गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातयात मन्त्री राजीव गुरुङ र कम्पनी प्रवन्ध निर्देशक तुषार गुप्ताले रिवन काटेर संयूक्तरुपमा उद्घाटन गरेका हुन् । पोखराको बुद्धचोकस्थित शोरुमको उद्घाटन गर्दै मन्त्री गुरुङले अबको भविष्य भनेकै इलेक्ट्रिक सवारी साधनको भएको बताए । उनले भने, ‘देशमा जलविद्युतको द्रुत विकासको कारण विद्युतिय सवारी साधनको भविष्य छ । यसको प्रयोगले सवारी साधन मालिकलाई मात्रै… पुरा पढौ

आदिवासी दिवसको अवसरमा पोखरामा र्याली प्रर्दशन

पोखरा २६, साउन, पोखरामा आदिवासी दिवसको अवसरमा निकालिएको र्याली । शुक्रबार पोखरामा निकालिएको र्यालीमा सहभागिहरु विभिन्न भेषभुषामा सजिनु भएको थियो । तष्विर दीननाथ बराल पुरा पढौ

पहिरोमा परी आमा, बाबु सहित परिवार गुमाउनु भएको पवन परियारलाई स्वदेश तथा विदेशबाट ३४ लाख संकलन

दीननाथ बराल, पोखरा २६,, साउन, दीदी बाहेक पोखरामा पहिरोमा परी परिवारका सबै सदस्य गुमाउनु भएका पोखरा १९ का पवन परियारको आवास निर्माणको लागि स्वदेश तथा विदेशबाट सहयोग रकम आउने क्रम जारी रहेको छ । पोखरा महानगरपालिका वडा नं.१९ मा गत असार २७ गते राति १०ः०० बजे गएको पहिरोमा परि परिवारका दीदी बाहेक सबै सदस्यहरू गुमाउनु भएका परियारलाई स्वदेश तथा विदेशबाट रकम आउने क्रम जारी रहेको पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार परियारको राहत… पुरा पढौ

टेलिकमको गुणस्तर सुधार गर्न सक्षम नेतृत्व र चुस्त व्यवस्थापन अनिवार्यः सञ्चारमन्त्री गुरुङ

पोखरा, साउन २६, नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको गुणस्तर सुधारका लागि सक्षम नेतृत्व र चुस्त व्यवस्थापन अनिवार्य रहेको निश्कर्ष सुनाउनु भएको छ । पोखरास्थित टेलिकमको प्रादेशिक तथा जिल्ला कार्यालयको शुक्रवार निरीक्षण गरेपछि सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले यस्तो निश्कर्ष सुनाउनु भएको हो । उहाँले टेलिकमको सेवालाई समय सापेक्ष ढङ्गले रुपान्तरण गर्दै लैजानुपर्ने भन्दे आफ्नो ध्यान सक्षम नेतृत्व र चुस्त व्यवस्थापनतर्फ रहेको बताउनु भयो । अहिलेको अवस्थाबाट नेपाल टेलिकमलाई सुधार गर्न सकिएन भने आउँदा केही वर्षमा… पुरा पढौ

प्रमुख अतिथी को बन्ने भन्ने बिषयको बिबादले गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शिलान्यास कार्यक्रम स्थगित

पोखरा २५, साउन, प्रमुख अतिथी को बन्ने भन्ने बिषयको बिबादले गर्दा शैक्षिक संस्था गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शिलान्यास कार्यक्रम नै स्थगित भएको छ । गण्डकी विश्वविद्यालयले पोखरा–३२ मालमुल, स्यालटहरोमा निर्माण गर्न लागेको मुख्य प्रशासनिक भवनको शुक्रबार शिलान्यास गर्ने कार्यक्रम तय गरे पनि एकतर्फी ढंगले निर्णय भएको भन्दै बिबाद उत्पन्न भएपछि कार्यक्रम स्थगित भएको श्रोतले जनाएको छ। उक्त कार्यक्रमको शिलान्यास गर्न नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विहीबार नै पोखरा आउनु भएको थियो… पुरा पढौ

पोखरा र भुटानको पर्यटन प्रबद्र्धन गर्न सहकार्य हुने

पोखरा २५, साउन, ट्रेकिङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) गण्डकीको अनुरोधमा भुटान स्थित एमिन भुटान टुर्स एण्ड ट्रेक प्रा.लि.ले टान गण्डकीमा आवद्ध भुटान टुर बिक्री गर्ने कम्पनीका प्रतिनिधीहरुलाई सहभागी गराई ५ दिने कार्यक्रम हालै सफलताका साथ सम्पन्न भएको छ । टान गण्डकीको आयोजना ,पोखरा महानगरपालिका सहयोग र नेपाल पर्यटन बोर्डको प्रबर्धनमा गरिएको उक्त कार्यक्रमको संयोजन ंसस्थाका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले गर्नु भएको थियो । उक्त परिचयात्मक भ्रमणमा पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठ , टान गण्डकीका कार्यसमिति सदस्यहरु… पुरा पढौ

श्रीकृष्ण मन्दिरमा जारी श्रीमदवीतकमा सहयोग आउने क्रम जारी

पोखराको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी रहेको एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनहरुको भीड संगै सहयोग रकम आउने क्रम जारी रहेको छ । गत साउन १० गते बाट पोखरा ८ रत्चोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा जारी रहेको श्रीमदवीतकको १६ औं दिन सम्म आइपुुग्दा उल्लेख्य रुपमा भक्तजनहरुले सहभागीता जनाएका छन । भक्तजनको भीड संगै मन्दिरलाई सहयोग रकम आउने क्रम समेत बढेको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए । शुक्रबार श्रीमदवीतक समारोहका बीच गण्डकी जी आइ… पुरा पढौ

पोखरामा शनिबार सांगीतिक कार्यक्रम सहित हब शैक्षिक मेला हुने

पोखरा २५, साउन, पर्यटकीय नगरी पोखरामा भोलि (शनिबार) सांगीतिक माहोलका माझ हब शैक्षिक मेला हुने भएको छ । हब इन्टरनेशनल एजुकेशन पोखराको आयोजनामा न्यूरोडस्थित पूर्णिमा कम्प्लेक्समा उक्त कार्यक्रम ह्ुने भएको शुक्रबार पोखरा ट्रेड मल स्थित क्लासिक चुलोमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । मेलामा सहभागी भएर विद्यार्थी तथा अभिभावकले अन्तर्राष्ट्रिय शिक्षा, त्यहाँको शैक्षिक प्रणाली र अध्ययन पछिको अवसरको बारेमा निःशुल्क जानकारी लिन सक्ने भएको एजुकेशनका सञ्चालक उद्धब खड्काले जानकारी दिए । मेलामा सांगीतिक कार्यक्रम, स्वास्थ्य शिविर, फुट स्टल,… पुरा पढौ