देश तथा समाज पत्रिका

गण्डकी प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविर पोखरामा सम्पन्न, युवा बर्गलाई सामाजिक सेवामा समर्पित हुन प्रमुख आचार्यको सुझाव

पोखरा १८, माघ, गण्डकी प्रदेश स्तरीय चौँथो जुनियर तथा युवा रेडक्रस शिविर पोखरामा सम्पन्न भएको छ । नेपाल युवा रेडक्रस सर्कल रतन पाण्डे माध्यमिक विद्यालय आर्वामा यही माघ १६ गतेदेखि सुरु भएको कार्यक्रम शुक्रबारसम्म चलेको हो । गोष्ठी गण्डकी प्रदेशका ११ जिल्ला प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गोष्ठीको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक सेवामा युवाहरूको सहभागिता र संलग्नता बढाउन रेडक्रस जस्ता विश्वव्यापी सञ्जाल भएका अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । जुनियर तथा युवा विद्यार्थीहरूलाई यस प्रकारका… पुरा पढौ

अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलमा जोरपाटी र गार्डेन एफसी, ब्रदरहुड र झम्सी सेमिफाइनलमा भिड्ने

पोखरा, १८ माघ, ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फ सेमिफाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा गार्डेन एफसी, झम्सीखेल, जोरपाटी काठमाडौं र ब्रदरहुड काठमाडौं अन्तिम चारमा प्रवेश गर्दै सेमिफाइनल समिकरण पुरा भएको हो । गार्डेन एफसी र झम्सीखेल बिहीबार नै सेमिफाइनलमा प्रवेश गरेका थिए भने, जोरपाटी र ब्रदरहुड आज भएको क्वाटरफाइनलखेलबाट विजयी बन्दै अन्तिम चारमा… पुरा पढौ

नेपाल रेडक्रस सोसाइटी पोखरा-१९ उपशाखाको रक्तदान माघ १९ गते

नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाले शनिवार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । वार्षिक नियमित कार्यक्रम अन्तर्गत संस्थाले १९ उपशाखाको कार्यक्रम माघ १९ गते नै आयोजना गरेको हो । रक्तदानले मुटु, हृदयघात, स्ट्रोक जस्ता विमारबाट सुरक्षित राख्ने मात्र नभएर शरीरमा नयाँ रक्तकोषिका बन्दा रक्तदातामा नयाँ उर्जा मिल्ने, एक युनिट रगतले लगभग तीन जना व्यक्तिको ज्यान बच्न सक्ने भएकाले हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको उपशाखा सभापति रमेश विश्वकर्माले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न विभिन्न भूमिका तोक्नुका साथै कार्यसमिति… पुरा पढौ

पोखराको प्रगती माविले बार्षिकोत्सवको अवसरमा ५ वटा नाटक प्रर्दशन गर्ने तयारी (भिडियो सहित)

दीननाथ बराल,पोखरा १८, माघ, पोखरा –१६, बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले ३५ औं बार्षिकोत्सव फरक ढंगले मनाउने भएको छ । बिद्यालयको बार्षिकोत्सवको अवसरमा यही माघ २४ र २५ गते “प्रगती नाटक महोत्सव” सहितको फरक ढंगले बार्षिकोत्सव मनाउने तयारी गरिएको बिद्यालयले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=bRRVfmOfWoo बार्षिकोत्सव समारोह छोटो रुपमा औपचारिक उद्घाटन भएसंगै बिद्यार्थीहरुबाट ५ वटा नाटक प्रर्दशन गरेर यस बर्षको बार्षिकोत्सव फरक ढंगले मनाउने तयारी गरेको बिद्यालयका सूचना अधिकारी जयराम पौडेलले बताउनु भयो… पुरा पढौ

टाइगर कप भलिबलः भारतको सुनिल क्लबलाई हराउँदै गण्डकी दोस्रो क्वालिफायरमा प्रवेश

पोखरा, एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा सुनिल क्लबलाई ३–१ ले पराजित गर्दै गण्डकीले दोस्रो क्वालिफायरको यात्रा तय गरेको हो । पहिलो सेट गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन जित निकाल्दै दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित ग¥यो । गण्डकीले पहिलो सेट ३१–३३ ले गुमाएको थियो । गण्डकीले १६–११ को अग्रतालाई जोगाउन नसक्दा… पुरा पढौ

आर्मीलाई हराउँदै पुलिस टाइगर कपको फाइलनमा प्रवेश

पोखरा, त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा आर्मीलाई ३–२ ले पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२२ ले जितेको पुलिसले पुनः चौथो सेट २३–२५ ले हार बेहोरेको थियो । तर, पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै… पुरा पढौ

आयोजक टोलीलाई हराउँदै एपिएफ टाइगर कपको फाइलनमा प्रवेश

पोखरा, आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार बिहान भएको खेलमा आयोजक टोलीलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफ फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो सेट २१–२५ ले टाइगर ग्रुपलाई सुम्पिएको थियो । तेस्रो सेट २५–१९ र चौथो २६–२४ ले जित निकाल्दै एपिएफले फाइलन यात्रा तय गरेको हो ।… पुरा पढौ

इन्द्र–हुमा वाङ्मय सम्मान गीतकार खनियालाई

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा सञ्चालित इन्द्र–हुमा वाङ्मय सम्मान गीतकार हरिहर खनियालाई अर्पण गरिने भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिद्वारा सिफारिस प्रतिभा सूचीबाट खनियालाई सम्मान अर्पण गर्ने समाजले निर्णय गरेको हो । समितिमा वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, साहित्यकार दुर्गाबहादुर शाह बाबा रहेका थिए । आफ्ना बाबाआमाको स्मृतिमा छोरी सीताकुमारी जिसी, नाति/बुहारीद्वय सविन/सुमित्रा र अश्विन/कल्पना जिसीको परिवारबाट स्थापना भएको एक लाख ६१ हजार एक सय ११ राशिको अक्षयकोषबाट आर्जित व्याजबाट संस्थाले हरेक दुई… पुरा पढौ

पोखरामा फागुन १० गते गण्डकी स्वजागरण उत्सव हुने

दीननाथ बराल,पोखरा १७, माघ, पर्यटनको राजधानि पोखरामा आउँदो फागुन १० गते ‘गण्डकी स्वजागरण उत्सव’ हुने भएको छ । जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा पहिलो पटक पोखरा रंगशालामा बृहत रुपमा उक्त उत्सव हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । योग र ध्यानका पद्धतिबाट स्वस्य, सदाचार, नैतिकवान र राष्ट्रिय भावनाले ओतप्रोत रही राष्ट्रिय सेत साधनलाई परिचालन गनृ सक्ने जनशक्ति निर्माण, युवजा र शिक्षित जनशक्तिलाई नेपालमै आफ्नो भविश्य खोज्न मद्धत गर्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको योग गुरु भानु… पुरा पढौ

शुक्रराज माध्यमिक विद्यालयको ५६ औं बार्षिकोत्सव सम्पन्न, जीविको पार्जनमा सहज बनाउने बाटो तर्फ विद्यालय केन्द्रित हुन आवश्यक छः मन्त्री थापा

पोखरा १७, माघ, पोखरा–२२ (पुम्दी—भुम्दी) मा रहेको शुक्रराज माध्यमिक विद्यालयको ५६ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । बुधबार शहिद दिवसको अवसरमा आयोजित बार्षिकोत्सव समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक बिकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले जीविकोपार्जनमा सहज बनाउने बाटो तर्फ विद्यालय केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो । पोखराका कतिपय विद्यालयहरुमा व्यवहारिक शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै उहाँले अबको शिक्षा व्यवहारिक तथा सिपमुलक र विद्यार्थीलाई नैतिक शिक्षा प्रवाह गरी जीविकोपार्जनमा सहज बनाउने प्रकारको शिक्षा प्रणाली आवश्यक भएको… पुरा पढौ