पोखरा, २१ चैत, पोखरालाई सूचना प्रविधिको हब बनाउने लक्ष्यसहित पोखरा महानगरपालिकाले आईसीटी बुट क्याम्प तथा डिजिटल गभर्नेन्स ह्याकाथन कार्यक्रम सञ्चालन गरेको छ । महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रको वार्षिक विकास कार्यक्रम अन्तर्गत “स्वदेशी लगानी, विदेशी कमाई; समृद्ध महानगर, युवामा लगानी” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । केन्द्रका प्रमुख नवराज अधिकारीका अनुसार यस पहलले डिजिटल युगमा प्रवेश गर्न तथा सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याहरू समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । “लाइनमा बसेर होइन, अनलाइनबाट सेवा लिन सकिने…
पुरा पढौ