जिवनशैली पत्रिका

यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमको छैठौ दिन बिहीबार पोखरा आरोग्य आश्रममा आश्रितहरुलाई लक्षित गरी खाद्यान्न सामाग्री वितरण गरेको हो । खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाँले पोखरा आरोग्य आश्रममा आश्रितहरुलाई लक्षित गरि खाद्यान्न सामाग्री वितरण गरेकोमा क्लव परिवार प्रति आभार प्रकट गर्दै यूनाइटेड क्लबको सामाजिक कार्यलाई लक्षित गरि आगामी आर्थिक वर्षदेखी वडाले रातो… पुरा पढौ

पोखरा राष्ट्र बैंकचोकमा स्कोरपियो र हाइस माईक्रो ठोकिदा ८ जना चाइनिज पर्यटक घाइते

दीननाथ बरालपोखरा ६, वैशाख पोखराको राष्ट्र बैंकमा स्कारपियो र हाइस माईक्रो एक आपसमा ठोकिदा ८ जना चाइनिज पर्यटक घाइते हुनु भएको छ । विहिबार बिहान करिब ४ः४० बजे पोखरा ७ राष्ट्रबैंक चोकमा बा १ च ८५१ नं. को हाइस र विपरीत दिशातर्फ जाँदै गरेको बा १३ च ५१३७ नं.को स्कारपियो एक आपसमा ठक्कर खाँदा हाइसमा सवार १४ जना यात्रु मध्य ८ जना चाइनिज पर्यटक घाइते हुनु भएको कास्की प्रहरीले जनाएको छ । घाईतेहरुको गण्डकी मेडिकल कलेजमा हाल उपचार भई रहेको… पुरा पढौ

गण्डकी प्रदेश सभाको अधिवेशन यही वैशाख ७ गतेलाई आह्वान

गण्डकी प्रदेशसभाको अधिवेशन यही वैशाख ७ गतेलाई आह्वान भएको छ । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन बस्ने आह्वान गरेका हुन्। उक्त अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतको प्रस्ताव पेस गर्ने आन्तरिक तयारी भएको श्रोतको दाबी छ । मुख्यमन्त्री नियुक्तिका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेश सभाको अधिवेशन बोलाउनु गलत भएको नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । उहाँले भन्नु भयो“ पहिलो कदम अवैधानिको बाटो… पुरा पढौ

पोखरामा खुल्यो ‘कस्मिक कम्प्युटिङ एकेडेमी’, कम्प्युटर सम्बन्धी सबै तालिम एकै स्थानमा

न्यूरोडमा कस्मिक कम्प्युटिङ एकेडेमी सञ्चालनमा आएको छ । १० वर्ष बढी समयदेखि कम्प्युटर सम्बन्धित सामाग्री खरीदविक्री र मर्मत गर्दै आइरहेको स्थापित ब्राण्ड कस्मिक कम्प्युटिङ सोलुशनले आफ्नो क्षेत्र विस्तार गर्दै अब कम्प्युटर सम्बिन्धत सबै तालिम प्रदान गर्नका लागि एकेडेमी पनि सञ्चालनमा ल्याएको हो । सञ्चालक पुरुषोत्तम कुँवरका अनुसार एकेडेमीमा बेसिकदेखि एडभान्स तहसम्मका कम्प्युटर कोर्स, हार्डवयर ट्रेनिङ, सर्भर तथा नेटवर्किङ, प्रोग्रामिङ तथा कोडिङ, ईथिकल ह्याकिङ, माइक्रोसफ्ट सर्टिफाइड प्रोफेशनल ९एमसीपी०, सीसीएनए, ग्राफिक डिजाइनिङ, फोटोग्राफी तथा भिडियोग्राफी लगायतका तालिम प्रदान गरिनेछ । कोर्स अनुसारको… पुरा पढौ

यूनाइटेड क्लबले रक्तदान कार्यक्रमबाट ८५ यूनिट रंक्त संकलन

यूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत संकलन भएको छ । क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत पांचौ दिन आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका हुन । सो कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले यूनाइटेड क्लबले पोखरा १० मा स्थापना भएतापनि सामाजिक काम मार्फत पोखरा बाहिर समेत पुगेर सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । जाजरकोटको भुकम्प देखि पूर्व र पश्चिममा विपदमा परेकाहरुलाई यूनाइटेड क्लबले सहयोग गरेको… पुरा पढौ

राष्ट्रिय माविको हीरक महोत्सव ८ गते वृहत पुर्नमिलन

पोखरा, ५ वैशाख, स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आउदो शनिबार अर्थात ८ वैशाखमा गर्ने वृहत पुनर्मिलन समारोहको तयारी पुरा भएको जनाएको छ । २० मंसिर ०८० मा आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गरेको विद्यालयले हीरक महोत्सव २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरि मनाईरहेको छ । महोत्सव वर्षभरि विभिन्न २२ कार्यक्रम गरि मनाउने… पुरा पढौ

सहकारीको रकम हिना मिना गर्ने उपर राजनीतिक संरक्षण नगर्न सुझाव, शुभम सहकारीको पोखरा २२ को नियालेडाँडामा अन्तरकृया कार्यक्रम

पोखरा ५, वैशाख, सहकारीको रकम हिनामिना गर्ने उपर राजनीतिक संरक्षण नगर्न बुधबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले सुझाव दिनु भएको छ । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको शुभम् बचत तथा ऋण सहकारी संस्थाले बुधबार पोखरा २२ स्थित कालाबाङ्ग नियालेडाँडामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्तहरुले आम जनताले भविश्यमा केही सहयोग पुग्ने उद्धेश्यले बचत गरेको रकम हिनामिना गर्ने उपर कुनै राजनीतिक संरक्षण नगरी कार्वाही नै गर्नुपर्नेमा जोड दिनु भएको हो । कास्की बचत संघका अध्यक्ष शेरबहादुर कार्कीले कास्कीमा केही सहकारीहरुमा समस्या भएकोले… पुरा पढौ

आलु महोत्सवमा ४ करोडको कारोवार

१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार सकिएको छ ।त्यस अवसरमा आलुको प्रदर्शनीमा उत्कृष्ठता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बाँनियाँ, हरीमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सीनालाई नगद सहित सम्मान गरिएको हो । कृषक सम्मान गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले महोत्सवमा महानगरको साथ रहेको स्पष्ट पार्दै नगर परिषद्ले महोत्सव व्यवस्थानका लागि रु।१० लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।उनले आलु महोत्सव किसानको चाड… पुरा पढौ

साहित्यकार शिवको निधन

पोखराका चर्ची साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अबस्थामा मंगलबार दिउसो उहाँको निधन भएको पारिवारीक श्रोतले जनाएको छ । गजलकार एवं गीतकार शिवको मणिपालमा उपचार हुदै गर्दा सामाजिक संजालमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दा गर्दै उहाँले भौतिक रुपमा संसार छाड्नु भएको हो । उहाँको अन्तिम दाहसंस्कार बुधबार गरिने भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिनुभयो । प्रकटको स्वास्थ्यमा समस्या आएपछि सोमबार अस्पताल भर्ना हुनु भएको थियो… पुरा पढौ

३० लाखको आलु बिक्री

१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा मंगलवारसम्म रु।३० लाखको आलु बिक्री भएको छ ।यही चैत २५ गतेदेखि सुरु महोत्सवमा प्रतिकेजी रु।४० मा आलुको कारोवार भइरहेको छ । मंगलवार सम्म ७० हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल ३ हजार २ सय १५ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए । उनले कास्की, स्याङजा, चितवन, बुटबल, बाग्लुङ, तनहुँ लगायत काठमाण्डौबाट समेत मानिसहरु आलु खरिद गर्न आएको पनि सुनाए।जसअनुसार हालसम्म प्रति घरपरिवारले न्यूनत्तम ५ किलोग्रामदेखि… पुरा पढौ