जिवनशैली पत्रिका

टाइगरले वर्ष उत्कृष्ट खेल संघ संस्थाको पुरस्कार प्रायोजना गर्ने

यहि वैशाख २८ गते हुने आठौं संस्करणको पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुप अफ पोखराले सघाउने भएको छ ।टाइगर गु्रपबाट वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लवतर्फको पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने गरी आइतबार समझदारी भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । आइतबार पोखरामा टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा र मञ्चका अध्यक्ष दीननाथ बरालविच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा बोल्दै ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले प्रदेशकै गौरव गर्ने कार्यक्रम मध्ये एक रहेको पोखरा स्पोर्टस अवार्डलाई… पुरा पढौ

त्रिभुवन शान्ति मावि र अम्मरसिंह मावि विजयी

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारका खेलहरुमा त्रिभुवन शान्ति मावि र अम्मरसिंह मावि विजयी भएका छन् । पहिलो खेलमा त्रिभुवन शान्तिले सिर्जना माविलाई ४ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको सिर्जनाले पुरा २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । उसका लागि प्रनिशा अर्यालले १२ रन हानिन् । सिर्जनाले ७६ अतिरिक्त रन पाएको थियो । त्रिभुवन शान्तिको… पुरा पढौ

कालीगण्डकी करिडोरका पर्यटनकर्मीलाई ञपर्यटकमैत्री सेवाझ सम्बन्धि तालिम

म्याग्दीको गलेश्वरमा होटल पर्यटनकर्मीहरुलाई दुई दिने ञपर्यटकमैत्री सेवाझ सम्बन्धि आवासीय तालिम प्रदान गरिएको छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना र म्याग्दी होटल तथा रेष्टुराँ संघको सहआयोजनामा शनिबारदेखि सुरु तालिम आइतबार सम्पन्न भएको हो । व्यवसायी र कर्मचारीहरुलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहसम्बन्धी तालिममा कालीगण्डकी करिडोर अन्तर्गतका पर्वत, बागलुङ, मुस्ताङ, म्याग्दी आसपासका समेत गरी ६० जना पर्यटनकर्मीको सहाभागिता थियो । छिमेकी मुलुक चीनको उत्तरी नाका कोरलादेखि दक्षिण छिमेकी मुलुक भारतको सुस्ता त्रिवेणीसम्म जोडिएको कालीगण्डकी करिडोरमा सञ्चालित होटललाई लक्षित गरी… पुरा पढौ

हेमजा साहित्य प्रतिष्ठानमा विविध कार्यक्रम गरी चूडामणि खनालको स्मरण

हेमजा साहित्य प्रतिष्ठान नेपालले विविध कार्यक्रम गरी प्राध्यापक चूडामणि खनालको स्मृति सभा सम्पन्न गरेको छ ।२००९ वैशाख १५ गते खगराज र पशुपतिनाथ खनालका सुपुत्र मानहूँ, तनहुँमा जन्मेका चूडामणि खनालको ७१ वर्षको उमेरमा २०८० वैशाख ३१ गते निधन भएको थियो । प्रतिष्ठानले खनालको जन्मजयन्ती सन्दर्भमा स्मृति सभासहित माध्यमिक तहका विद्यार्थी केन्द्रित नेतृत्व विकास कार्यशाला आयोजना गरेको हो । कार्यक्रममा अम्बिका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक उपेन्द्र अधिकारीले एउटा गुरुको स्मरणमा विद्यार्थी भाइबहिनीलाई चेतना छर्दै नेतृत्व विकास कार्यशाला आयोजना गरेकोमा प्रतिष्ठानलाई आभार व्यक्त… पुरा पढौ

गण्डकी र मधेश प्रदेशका सभामुखद्धवारा महेन्द्र गुफा अवलोकन

पोखरा भ्रमणमा रहनुभएका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गर्नुभएको छ ।गण्डकी प्रदेश सभाको निमन्त्रणामा यस क्षेत्रको भ्रमणमा रहनुभएका सभामुख मण्डल सहितको टोलिले आईतवार गुफा भ्रमण गरेको हो । गुफाको अवलोकन गर्दै सभामुख मण्डलले पोखरा सुन्दरताको खानी भएको वताउँदै, प्राकृतिक गुफालाई यसको प्राचिनता नमेटिने गरी संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गुफाको आर्कषणले आफुलाई लोभ्याएको प्रसगं निकाल्दै, प्रकृतिको सौन्र्दयतालाई मानव जातिले आत्मवोध गर्नुपर्ने वताउनुभयो । गण्डकी प्रदेश सभाका सभामुख कृष्ण धितालले गुफा परिसरमा निर्माणाधिन संरचनाले यसको थप… पुरा पढौ

पोखरामा भएको खुल्ला दुआथलन च्याम्पियनसिपमा नेपालका खेलाडीको वर्चश्व

पोखरामा भएको खुल्ला दुआथलन च्याम्पियनसिपमा नेपालका खेलाडीको वर्चश्व कायम गर्नु भएको छ । नेपाल ट्रायथलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन सङ्घको व्यवस्थापनमा पर्यटनको राजधानि तथा खेलकुदको शहर पोखरामा खुल्ला दुआथलन च्याम्पियनसिपमा नेपाली खेलाडीहरुकै वर्चश्व कायम गर्नु भएको हो । पोखरामा आइतबार सम्पन्न भएको खुल्ला दुआथलन प्रतियोगितामा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिला तर्फ मञ्जुकुमारी खड्काले उपाधि जित्नु भएको छ । पोखराको लेकसाइडमा भएको साढे सात किमी सडक दौड र २० किमी साइक्लिङको निर्धारित दूरी उपाधि विजेता… पुरा पढौ

पोखराको आकासमा तुवाँलो, हवाई उडान प्रभावित

दीननाथ बराल,पोखरा १५, वैशाख, हिजो आज पोखरा क्षेत्रको आकाशमा बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ हवाई उडान गर्न नसक्ने गरी उडान प्रभावित भएको छ । केही दिन देखि हवाई उडान प्रभावित हुदै आएको सन्दर्भमा शनिबार भने पोखरा क्षेत्रको हवाई उडान पूर्ण रुपमा प्रभावित भएको छ । शनिबार पोखरा काठमाण्डौं, भैरहवा पोखरा, भरतपुर पोखरा, पोखरा नेपालगन्जका सबै जसो उडानहरु रद्ध भएको एयरलायन्स कम्पनीहरुले जनाएका छन्। शनिबार मात्र बुद्ध एयर, यति एयरलायन्स, श्री एयरलायन्स गरी करिब ३५ वटा हवाई उडानहरु प्रभावित भएको… पुरा पढौ

एसिया कपमा इजिप्टका इस्माइल र महिला तर्फ इजरायलकी इडालाई उपाधि, राष्ट्रिय तर्फ विपिन र पुष्पाले जित्नु भयो

दीननाथ बराल,पोखरा १५, वैशाख, इजिप्टका सिफेल्डिन इस्माइल र महिलातर्फ इजरायलकी इडा हेनसदोतिरले पोखरामा शनिबार सम्पन्न भएको ७ औं संस्करणको एसिया कप ट्रायथलन प्रतियोगिताको उपाधि जित्नु भएको छ । पोखराको फेवातालमा भएको ७ सय ५० मिटर पौडी, लेकसाइडको गौरीघाट देखि पार्दीसम्म भएको २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड को निर्धारित दुरी इस्माइलले ५६ मिनेट ४५ सेकेण्डमा पार गर्दै उपाधि जित्न सफल हुनु भएको हो । त्यसै गरी निर्धारित दुरी ५७ मिनेट २० सेकेण्डमा पार गर्दै अष्ट्रेलियाका ब्रुकलिन हेनरी दोश्रो र… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन थालिएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति सहित तेह्र वटै विभिन्न उपसमिति मार्फत एकसाथ तयारीलाई अगाडि बढाइएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । ‘अर्वाडको तयारी तीव्र बनाइएको छ, अब अवार्ड कार्यक्रमको विस्तृत जानकारी सहित चार विधाको नोमिनेसन सार्वजनिक गर्ने अन्तिम तयारीमा छौं’ उनले भने । अवार्ड कार्यक्रलाई सहयोग गर्नेहरु समेत थपिदै गएका छन् । शनिबार अवार्ड कार्यक्रमको लागि… पुरा पढौ

पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि पोखरा रंगशालामा नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सिद्ध माविले भद्रकालि माविलाई ४३ रनले पराजित गर्यो । पहिला व्याटिङ गरेको सिद्धले रचना चौधरीको अभिजित ४४ तथा सुसिला दिमदुङको अभिजित १० रनको मद्धतमा २० ओभरमा ३ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । प्रत्युत्तरमा भद्रकालिको पारी ७८ रनमा समेटियो । उसले १३.२ ओभरमा सम्पूर्ण विकेट गुमाएको थियो । भद्रकालिलाई… पुरा पढौ