जिवनशैली पत्रिका

सूर्य नेपाल वेस्टर्न ओपन प्रो एमको उपाधि प्रो सञ्जयको टिमलाई

पोखरा, माघ १२, सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपन अन्तर्गत प्रो एमको उपाधि प्रो सञ्जय लामाको टिमले जितेको छ। कुल १४८ स्कोर जोड्दै सञ्जयको टिम पहिलो भएको हो। प्रो सञ्जयले ३४, युवा एमेच्योर ड्यानियल बानियाले ३९, दीप्सन लामा र मनिष शेरचनलले समान ३६ स्कोर गरे। प्रो जयराम श्रेष्ठको टिम कुल १३५ स्कोरका साथ दोस्रो भयो। जयरामले ३५ तथा एमेच्योर लिलाजङ्ग गुरूङले ३४, तथा श्याम तामाङ र विश्व गुरूङले समान ३३ स्कोर गरे। प्रो भुवन… पुरा पढौ

टाइगर कप भलिबलः पुलिसमाथि न्यू डायमन्डको रोमाञ्चक जित

पोखरा १२, माघ, एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा न्यू डायमन्डले पुलिसलाई ३–२ ले जित निकालेको हो । पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २३–२५ ले डायमन्डलाई सुम्पिएको थियो । निकै प्रतिस्पर्धात्मक भएको तेस्रो सेट पुलिसले २६–२४ ले आफ्नो पक्षमा पारेका थियो । चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमन्डले २५–१८ आफ्नो पक्षमा पार्दा खेल… पुरा पढौ

टाइगर कप भलिबलः भिजिबिलिटी कम हुँदा स्थगित भयो आर्मी रआयोजक टोलीबिचको खेल

पोखरा १२, माघ, एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको खेलमा त्रिभुवनआर्मी क्लब र आयोजक टोलीबिचको खेल स्थगित भएको छ । पहिलो दिनको अन्तिमखेलमा आर्मी र आयोजक टोलीबिचको खेलको तेस्रो सेटको खेल सकिँदाभिजिबिलिटी कम हुँदा स्थगित भएको हो । पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली २३–२५ले गुमाउन पुग्यो । दोस्रो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमापा¥यो । तेस्रो सेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टोलीले २५–२१ले जित हासिल ग¥यो । त्यसपछि रेफ्रि टहलसिंह थापाले दुई टोलीकाकप्तानसँग छलफल… पुरा पढौ

टाइगर कप भलिबलः पहिलो खेलमा ट्राभल इन्क्वारी माथि एपिएफको पुनरागमन जित

पोखरा १२, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई पराजित गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा एपिएफले ३–२ सेटले खेल आफ्नो पक्षमा पारेको हो । पहिला दुई सेट गुमाएको एपिएफले उत्कृष्ट पुनरागमन गर्दै ३–२ सेटको जित निकाल्न सफल भयो । पहिलो सेटमा २५–२१ र दोस्रो सेटमा २५–२० को सहज… पुरा पढौ

१४ औं अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ प्रतियोगिताको तयारी पूरा,तीन उमेर समूहमा ३९ टिम भिड्दै

पोखरा १२, माघ पोखरामा यही माघ १५ देखि २१ गतेसम्म बगर भाइखलकको आयोजनमा हुने १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बगर भाइखलकले आज पोखरामा पत्रकार सम्मेलन गर्दै पोखराको टुडिखेल फुटबल मैदानमा हुने १४ औं संस्करणको अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । बगर भाइखलकका महासचिव मनकाजी गुरुङले अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा ३९ टिमको सहभागिता रहेको बताए ।ू स्वास्थ्यको लागि एक घण्टा व्यायाम,… पुरा पढौ

पोखरा चिप्लेढुंगामा खुल्यो ‘ड्याडिज किचन’को चौथो शाखा (भिडियो) सहित

दीननाथ बराल, पोखरा ११, माघ, पोखराको चिप्लेढुंगामा ‘ड्याडिज किचनको चौथो शाखा संचालनमा आएको छ । पोखरामा चौथो शाखाको रुपमा उक्त ड्याडिज किचन शुक्रबार देखि संचालनमा आएको ड्याडिज ग्रुपका अध्यक्ष एवं युवा व्यवसायी कमलजंग कुँवरले जनाउनु भयो । करिब १३ बर्ष अघि बुटवलबाट ठेला, फुड ट्रक, क्याफे हुदै संचालनमा आएको ड्याडिज किचनले हाल वुटवल सहित काठमाण्डौं र पोखरा गरी करिब २२ वटा शाखा संचालनमा ल्याएको उहाँले जनाउनु भयो । https://www.youtube.com/watch?v=oRotQF7DHNA एक समारोहका बिच शुक्रबार चिप्लेढुंगाको ड्याडिज किचनको पोखरा ९ का वडाध्यक्ष… पुरा पढौ

पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न

पोखरा ११, माघ, पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न भएको छ । पौष २८ गतेदेखि शुभारम्भ भएको नगर सभा सभामा पेस भएका सम्पूर्ण प्रस्तावहरूमाथि छलफल गरी सर्वसम्मतिले पास गर्दै शुक्रवार सम्पन्न भएको हो । सभाले भवन नियमित तथा अभिलेखीकरण कार्यविधि ९पहिलो संशोधन० २०८१, आर्थिक ऐन संशोधन २०८१, भवन निर्माण तथा पूर्वाधार ९पहिलो संशोधन० २०८१, ४ तलामाथिका भवनहरूको सम्बन्धमा तुलनात्मक अध्ययन प्रतिवेदन तथा कार्यविधि निर्माणका लागि कार्यपालिकालाई दिइने निर्देशन समेत सर्वसम्मतिले पारित भएको छ । विभिन्न योजना तथा कार्यक्रमको बजेट… पुरा पढौ

टाइगर कप भलिबलको पहिलो खेल एपिएफ र थाइल्यान्डको ट्राभल इन्क्वारी बिच हुने

पोखरा ११, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेल महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल ९एपिएफ० र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डबिच हुने भएको छ । सार्वजनिक भएको खेल तालिकाअनुसार पहिलो खेल महिलातर्फ एपिएफ र ट्राभल इन्क्वारीबिच हुनेछ । उक्त खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलि बिहान १० बजेबाट सुरु हुनेछ । पहिलो दिन हुने तिन वटै खेल महिलातर्फ हुने आयोजकले जनाएको छ । भोलि हुने दोस्रो खेलमा टिपटप… पुरा पढौ

अल्फामा अग्रेंजी हिज्जे प्रतियोगिता सम्पन्न

पोखरा ११, माघ, पोखरा १६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा आज (शुक्रबार) सहयोगी शैक्षिक साझेदारीका बिद्यालयहरु बिच आधारभूत तह कक्षा ६ देखि ८ कक्षाका बिद्यार्थीहरु बिच अगेंजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका प्राचार्य सुरेन्द्रमान सिंह भण्डारीको अध्यक्षता एवम् प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा १४ वटा स्कुलहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका सह(प्राचार्य कृष्ण लम्सालको संयोजकत्त्वमा आयोजना गरिएको थियो भने शेरबहादुर क्षेत्री र सुरजकुमार क्षेत्री निर्णायक मण्डलमा रहनु भएको थियो ।बालप्रभात बोर्डिङ स्कुल… पुरा पढौ

निरजले जिते सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि

पोखरा, माघ ११, सूर्य नेपाल गल्फ टुर २०२४(२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि निरज तामाङले जितेका छन्। जयराम श्रेष्ठलाई तीन स्ट्रोकले हराउँदै उपाधि जित्ने क्रममा निरजले समग्रमा १(अन्डर २०६ स्कोर गरे। उनले आज भने ४(ओभर ७३ स्कोर गरे। उपाधि सहित उनले नगद १ लाख ५० हजार प्राप्त गरे। निरजले पोखरामा उपाधि जितेको यो पहिलो पटक हो। उनको करियरको यो तेस्रो उपाधि हो। यसअघि उनले गत सिजनमा सूर्य नेपाल काठमाडौं ओपन र जारी सिजनमा सूर्य नेपाल वेस्टर्न ओपन… पुरा पढौ