बाग्लुङ

पृथ्बी राजमार्ग बसको अग्रिम टिकट घरमै बसेर बुकिङ गर्न सकिने

दीननाथ बराल पोखरा १८, पुस पोखरा सहित नेपालको यातायात क्षेत्रमा ५ दशक आफ्नो यात्रा पूरा गरेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.ले यात्रुको सहजताको लागि घरमै बसेर अग्रिम टिकट बुकिङ गर्न सकिने व्यबस्था मिलाएको छ । समय अनुसार यात्रुलाई सहज र सरल सेवा सुविधा उपलब्ध गराउने उद्धेश्यले कम्पनीले आफ्नो बसहरुमा अनलाइनबाटै अग्रिम टिकट बुकिङ गर्न मिल्ने एप्प ल्याएको कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनु भयो । पृथ्वी बस डटकम डट एनपी (उचष्तजष्खष्दगक.अयm.लउ), पृथ्वी राजमार्ग… पुरा पढौ

प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी पुष २० देखि पोखरामा

दीननाथ बराल, पोखरा १७, पुस कृषि यान्त्रीकरणको प्रबद्र्धन र सचेतना गराउने उद्धेश्यले पोखरामा यही पुष २० गतेदेखि प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी हुने भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा पुस २२ गतेसम्म उक्त प्रदर्शनी हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । प्रदर्शनीमा ७० भन्दा बढी व्यावसायिक तथा सेवामुलक स्टलहरू हुने भएको नेपाल कृषि मेसिनरी व्यापारी संघका अध्यक्ष कृष्ण शर्माले बताउनु भयो । उक्त कार्यक्रममा ४० जिल्लाका करिव ३० हजार सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनु भयो… पुरा पढौ

परीक्षणमै सीमित भयो सहस्रधारा ‘क्यानोनिङ’

दुई पटकको सफल परीक्षणले सहस्रधारा झरनामा साहसिक खेल छाँगावरोहण (क्यानोनिङ) व्यावसायिक बन्नेमा यहाँका धेरैलाई आशा जगाएको थियो । विसं २०७४ फागुनमा गरिएको परीक्षण सफल भएपछि विसं २०७६ असारमा त खेलकै रूपमा ‘क्यानोनिङ’ आयोजना गरियो । २० जनाले शुल्क तिरेरै छाँगावरोहण गरे । गलकोट नगरपालिका–३ स्थित झरनामा भएको छाँगावरोहण जिल्लाकै पहिलो भएकाले निकै प्रचारसमेत गरियो । छाँगावरोहण गरेको हेर्न दर्शक पनि ओइरिए । स्थानीले बाजागाजा र नाचगानसहित खेल सुरु हुने दिनलाई उत्सवकै रूपमा लिएका थिए । तर, आज परीक्षण भएको पाँच… पुरा पढौ

एमसिसि चुनाव पछि पास गर्ने गठबन्धनकाे तयारी- शिक्षा मन्त्री देवेन्द्र पाैडेल

एमसिसि चुनाव र गठबन्धनका काे साइनाे नभएको तर गठबन्धन र एमसिसि बिच भने सम्बन्ध रहेको हुदा यथास्थितिमा एमसिसि पास नहुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पाैडेलले बताए । नेपाल प्रेस सेन्टर बागलुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा माआ‌ेवादी नेता समेत रहेका शिक्षा मन्त्री पाैडेलले एमसिसि बारे राजनीतिकदलमा दुईवटा धारणा रहेकोसंसद नचलिरहेकाे समयमा एमसिसि बारे केही समय माग गरि चुनाव पछि पारित गर्ने बताए । अब हुने चुनाव पछि एमसिसि बारे विबाद भइसकेपछि संसदमा रहेका सबै राजनीति दलको राष्ट्रिय सहमतिमा… पुरा पढौ

ताराखोलामा सञ्चालित १५ दिने सिपमुलक तालिम सम्पन्न

ताराखोला गाउँपालिका वडा नम्वर ५ मा गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत स्तरोन्नति व्याग डिजाईन सम्बन्धि १५ दिने सिपमुलक तालिम सम्पन्न भएको छ । ताराखोला गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोगमा ताराखोला गाउँपालिका वडा नम्वर ५ मा गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित तालिम शनिबार सम्पन्न भएको हो । कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै आगामि कार्ययोजनाको लागि उद्यमिहरुलाई उत्पादनमा जोड दिन आग्रह गर्नुभएको… पुरा पढौ

८ बर्ष बित्दा पनि अधुरो रह्यो धाैलागिरि अस्पतालकाे सि ब्लक

गण्डकी प्रदेशकाे धाैलागिरि अस्पताल लाई सुविधा सम्पन्न बनाइ यश क्षेत्रका जनतालाई सर्व शुलभ रूपमा सेवा दिने उदेश्यले ९ बर्ष अघि निर्माण शुरू भएको अस्पतालकाे सि ब्लक काे भवन पटकपटक म्याद थप गर्दा समेत ठेकेदार कम्पनीले काम समयमै सम्पन्न नगर्दासम्म अस्पतालले दिनुपर्ने सेवामा असर पुगेको छ । काेराेना भाइरस यतिबेला ठेकेदार कम्पनी लाई काम नगर्ने संजिवनी बुटी साबित भएको छ । जनतालाई सहजरूपमा स्वास्थ्य सेवा दिने भनेर ८ बर्ष अघि निर्माण कार्य शुरू गरिएको धाैलागिरि अस्पताल बागलुङको सि ब्लक भवन ठेकेदार… पुरा पढौ

ताराखोलामा २ दशक यता कै भारी हिमपात

गत बिहीबार रातिदेखि परेको हिमपात का कारण ताराखोला बासि को जनजीवन कष्टकर बनेको छ ।ताराखोला गाउँपालिका को विभिन्न भुभाग मा भारी हिमपात परेको छ । गाउँपालिका को ५ वटै वडा का विभिन्न क्षेत्रमा भारी हिमपात परेको छ ।यो हिमपात पछिल्लो २० बर्ष यताकै सबै भन्दा ठुलो भएको ताराखोला ३ का शिव प्रसाद निउरे ले बताउनु भयो । यो व्यापक हिमपात भएपछि ताराखोला गाउँपालिका का विभिन्न क्षेत्रहरु सेताम्मे भएका छन । उच्च भुभाग मा करिब २ फिट भन्दा बाक्लो हिउ परेका… पुरा पढौ

बाबुराम नेपाली एमालेमा प्रवेश

बागलुङ गल्कोट नगरपालिका वडा नम्बर ११ रिघाका पुराना बामपंथी नेता बाबुराम नेपाली शुक्रबार नेकपा एमाले प्रवेश गरेका छन् ।लामो समय राष्ट्रिय जनमोर्चामा रहेर राजनिति गरेका नेपालीसंग गाविस अध्यक्ष भएर काम गरेको अनुभव छ । राजमो पछि नेकपा माओवादी हुदै नेकपामा आबद्ध नेपाली औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन् । नेकपा एमाले, बागलुङको बुर्तिबाङमा जारी बैठकमा पार्टिका उप-महासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ, प्रदेश इन्चार्ज पद्मा अर्याल लगायतका नेताहरुले एमालेमा प्रवेश गरेका नेपाली लाई स्वागत गरेका थिए ।सो अवसरमा… पुरा पढौ

प्रेस चौतारी बागलुङ शाखाको अध्यक्षमा विक!

नेपाल कम्युनिस्ट पार्टी एमाले निकट पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपालको बागलुङ शाखाको छैठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।बिहीबार सम्पन्न अधिवेशनबाट नवीन शिशिर विकको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सिर्जना पन्त, झरना कँडेल, सचिवमा कमल पौडेल, सह–सचिवमा अर्जुन कार्की, हेमप्रसाद विक, कोषाध्यक्षमा खेमराज गौतम ‘सुवास’ चयन हुनु भएको छ । सदस्यहरुमा राम खत्री, साधना पन्त, दिवाकर उपाध्याय, रोहन जिसी, सचदेव क्षेत्री, अनिष पाठक, विक्रम पौडेल, मनकुमारी केसी, कृसिता अधिकारी, मनिषा शर्मा, जीवन पाण्डे र… पुरा पढौ

गोरखाका ३ ठाउँमा बालुवा उत्खनन् र बागलुङमा तामा उत्खननका लागि अनुमति

खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो । विभागका अनुसार धादिङको तान्द्राङगढी र जुरेथुममा चुनढुङ्गा उत्खननका लागि अनुमति प्रदान गरिएको छ । तान्द्राङगढीमा सर्वोत्तम सिमेन्ट र जुरेथुमममा शक्ति सिमेन्ट उद्योगलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागका प्रवक्ता जयराज घिमिरेले जानकारी दिनुभयो । यसैगरी, भीमफेदीको मार्बल उत्खननका लागि अरिटेन्ट मिनलर… पुरा पढौ