
पोखरा, ५ फागुन,
जिल्ला प्रहरी कार्यालय, कास्कीले मादक पदार्थ सेवन ९मापसे० गरी स्कुल बस चलाउने पाँच जना चालकलाई पुनः नियन्त्रणमा लिएको छ। सोमबार अनुगमनका क्रममा पाँच चालक कारबाहीमा परेका भोलिपल्ट पुनः थप पाँच जना फरक बिद्यालयका बस चालक मापसे गरेको अवस्थामा भेटिएपछि कारबाही गरिएको प्रहरीले पोखराक्लिकलाई जनाएको छ।
पोखराका विभिन्न स्थानबाट स्कुल बस चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेको जनगुनासो आएपछि आज ९मंगलबार० बिहान करिब ४ बजे ट्राफिक प्रहरीसहित संयुक्त चेकिङ टोली परिचालन गरिएको थियो। चेकजाँचका क्रममा पाँच जना चालक मापसे गरेको पुष्टि भएपछि नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताउनु भयो ।नियन्त्रणमा परेकामा रत्न ज्योति बोर्डिङ स्कुलको ग १ क ५९६२ नम्बर बसका चालक गोविन्द क्षेत्री, केईएफ सेकेन्डरी स्कुलको ग १ क ४७६३ नम्बर बसका चालक सर्वजित रेग्मी, गुरुकुल विद्याश्रम बोर्डिङ स्कुलको ग १ क १९५७ नम्बर बसका चालक दलबहादुर सुनार, इमानुयल बोर्डिङ स्कुलको ग १ क ५००८ नम्बर बसका चालक मनबहादुर तामाङ र गण्डकी बोर्डिङ स्कुलको ग १ क ६६२३ नम्बर बसका चालक रोनिश खनाल रहेको जिल्ला प्रहरी कायालय कास्कीले जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ ।
प्रहरीले विद्यालयका सवारी साधनमा विद्यार्थीको सुरक्षासँग प्रत्यक्ष सरोकार रहने भएकाले यस्ता लापरबाही कदापि सह्य नहुने स्पष्ट पारेको छ । मापसे गरी सवारी चलाउनेविरुद्ध कडा कानुनी कारबाही गरिने जनाउँदै आगामी दिनमा पनि विद्यालय बस तथा सार्वजनिक सवारीमा निगरानी र चेकिङलाई निरन्तरता दिइने कास्कीका प्रहरी प्रमुख नविन कार्कीले चेतावनी दिनुभयो । विद्यालय सवारी साधनमा चालकको लापरबाहीका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले अभिभावक र विद्यालय प्रशासनलाई समेत सचेत रहन उहाँँले आग्रह गर्नुभयो । सोमबार ५ वटा स्कुलका बस चालक कार्वाही गरी पुनः दोश्रो दिनमा समेत अनुगमन गर्दा पोखरामा यस्तो लापरवाही हुनु गलत भएको उहाँले जनाउनु भयो । नियम भन्दा र बावबालिका तथा बिद्यार्थीहरुको भविश्यको लागि ट्राफिक नियम उल्लङघन गर्ने उपर कार्वाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ ।





