जेनेसिस भिल्ला उद्घाटन कार्यक्रममा १० मध्ये २ भिल्ला सफलता पूर्वक बुकिङ

-


     पोखरा क्लिक     
     जेठ ४ गते २०८२ मा प्रकाशित


Screenshot

पोखरा, ४, जेठ,

जेनेसिस भिल्ला परियोजनाको धेरै प्रतिक्षित उद्घाटन कार्यक्रममा १० मध्ये २ भिल्ला सफलतापूर्वक बुकिङ भएको छ । यो कार्यक्रम लगानीकर्ता र सम्भावित ग्राहकहरूलाई भिल्लाको विशेषताहरू र परियोजनाका बारेमा विस्तृत जानकारी दिन आयोजित गरिएको थियो।

परियोजना संयोजक प्रवेश श्रेष्ठले कम्पनीको प्रोफाइल प्रस्तुत गर्दै जेनेसिस भिल्लाका विशेषताहरू र बुकिङपछि ग्राहकलाई उपलब्ध गराइने सेवाहरूको बारेमा जानकारी दिनुभयो । उहाँले विशेषगरी ग्राहकमैत्री सेवा मोडलहरूमा जोड दिँदै भिल्ला खरिदकर्ताका लागि उपलब्ध “बाइ ब्याक ग्यारेन्टी” सेवा बारे विस्तारमा बताउनुभयो । यस अन्तर्गत खरिदकर्ताले निश्चित अवधि पछि आफ्नो सम्पत्ति कम्पनीलाई फिर्ता बेच्न सक्ने सुविधा पाउनेछन्, जसले लगानीमा जोखिम न्यूनिकरण गर्दै ग्राहकको विश्वास जगाउनेछ । साथै, भुक्तानी प्रक्रियामा पनि लचिलोपन रहेको र ग्राहकको सुविधा अनुसार भुक्तानी समय सीमा समायोजन गर्न सकिने व्यवस्था गरिएको संयोजक श्रेष्ठले स्पष्ट पार्नुभयो । जसले भुक्तानीलाई सहज र आरामदायी बनाउने उहाँको भनाई थियो ।
श्रेष्ठले लगानीको सुरक्षामा पनि जोड दिनुभयो र वर्तमान बजारमा साधारण आवासीय क्षेत्रहरू भन्दा लक्जरी आवासीय परियोजनाको माग धेरै उच्च रहेको व्याख्या गर्नुभयो। यसले जेनेसिस भिल्ला परियोजनालाई उच्च प्रतिफल दिने सुरक्षित लगानीको अवसर बनाएको उहाँले दाबी गर्नुभयो ।। उहाँले भिल्ला खरिद कर्ताहरूलाई दीर्घकालीन रूपमा भिल्लाबाट नियमित आम्दानीको सम्भावना पनि देखाउनुभयो, जस अन्तर्गत लामो समयसम्म बस्न चाहने पर्यटकहरूलाई भाडामा दिने र सप्ता हन्तमा परिवारहरूलाई लक्षित गर्ने रणनीतिलाई प्रमुख बनाइएको छ। यसले लगानीकर्ताहरूलाई केवल सम्पत्ति मूल्य वृद्धिमा मात्रै होइन, नियमित मासिक वा वार्षिक आम्दानीमा पनि अवसर प्रदान गर्ने भएको छ ।

जेनेसिस भिल्ला आफ्ना विशेषताहरूका लागि समेत परिचित छन्, जसमा पर्यावरणमैत्री (Eco-friendly) डिजाइन, आधुनिक वास्तुकला, र उच्चस्तरीय लक्जरी सुविधाहरू समावेश छन्। भिल्लाहरू हरियालीले घेरेका छन् र शान्त र शान्त वातावरणमा अवस्थित छन्, जसले आरामदायी र शान्त जीवनशैली सुनिश्चित गर्दछ। भिल्ला धेरै फराकिला छन् र यहाँ डिजाईनर गार्डेन, वैकल्पिक डिप पूल, र विलासी वातावरण (Luxury ambience) जस्ता सुविधाहरू उपलब्ध छन् जसले भाडामा बस्ने वा स्थायी बसोबास गर्ने दुवैका लागि उत्कृष्ट अनुभव प्रदान गर्छ।

कार्यक्रममा भिल्लाका इन्जिनियर आशिष पौडेलले भिल्लाको इन्जिनियरिङ र संरचनागत पक्षमा विस्तृत प्रस्तुति दिनुभयो जसले परियोजनाको बलियो वास्तुकला र आधुनिक डिजाइन मापदण्डहरूलाई उजागर ग¥यो। साथै, परियोजनाका कन्स्ट्रक्सन कम्पनि पारिचय कन्स्ट्रक्सन प्रा.लि. का कार्यकारी अध्यक्ष शिव प्रसाद रिमालले निर्माण कार्यको प्रगति र समय सीमाको स्पष्टिकरण गर्दै निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समग्रमा, जेनेसिस भिल्ला उद्घाटन कार्यक्रममा लगानीकर्ता र ग्राहकहरूको गहिरो चासो र विश्वास प्रकट भएको छ। गुणस्तरीय निर्माण, लचिलो सेवा मोडल र आकर्षक लगानी अवसरहरूको संयोजनले यस परियोजनालाई प्रतिस्पर्धात्मक बजारमा उत्कृष्ट विकल्प बनाएको छ । जेनेसिस भिल्ला परियोजना लक्जरी जीवनशैलीमा लगानी गर्न चाहनेहरूका लागि दीर्घकालीन सुरक्षित र लाभदायक विकल्प सावित हुने कम्पनीको दाबी छ ।



This will close in 20 seconds