रास्वपाको कास्की–३ बाट विना गुरुङ उमेदवार, एमालेमा थापाको टिकट आचार्यलाई

-


     पोखरा क्लिक     
     माघ ५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ५, माघ,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्की क्षेत्र नम्बर ३ बाट विना गुरुङलाई टिकट दिइएको छ । उनको उम्मेदवारीसँगै रास्वपाले गण्डकी प्रदेशमा महिला प्रतिनिधित्वलाई प्राथमिकतामा राखेको सन्देश दिएको दाबी गरेको हो ।

विना गुरुङ गण्डकी प्रदेशभरि रास्वपाबाट टिकट पाउने एक्ली महिला उम्मेदवार हुनु भएको छ । कास्की–३ मा टिकटका लागि जिल्ला सभापति यदु अधिकारी र प्रदेश महामन्त्री नवीन त्रिपाठी समेत बलिया दाबेदार मानिँदै आएर पनि अधिकारीको उमेदवारीको दिनभर जसो चर्चा सहित घोषणा गरे पनि आज साँझ अन्तिम निर्णय विनालाई उमेदवार बनाउने भएको श्रोतले जनाएको छ । अन्ततः पार्टी नेतृत्वले सामाजिक क्षेत्रबाट सक्रिय गुरुङलाई रोजेको हो। विना गुरुङ पोखरास्थित सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालको अध्यक्षका रूपमा लामो समयदेखि सामाजिक सेवा र महिला सशक्तीकरणमा सक्रिय रहँदै आउनु भएकोे छ । उहाँको यही पृष्ठभूमिलाई मध्यनजर गर्दै पार्टीले कास्की–३ मा नयाँ अनुहार र फरक पहिचान प्रस्तुत गर्ने रणनीति अपनाएको बुझिन्छ ।

रास्वपाले कास्की क्षेत्र नम्बर १ बाट गनेस पौडेललाई र कास्की क्षेत्र नम्बर २ बाट उत्तम पौडेललाई उमेदवार बनाएको छ । यसैबिच, नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ को लागि अन्तिम समयमा आएर कृष्ण थापालाई दिएको टिकट फिर्ता गरी रश्मि आचार्यलाई थमाएको छ । पोखरा महानगरपालिकाको मेयरको टिकट दीपक पौडैलबाट खोसेर मेयरको उमेदवा हुनु भएको थापा, गण्डकी प्रदेशको उहाँ पूर्व सांसद हुनुहुन्छ । यसैबीच, माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य वामपन्थी घटकहरू मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि कास्कीका तीनवटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । नेकपाले कास्की–१ मा राजकाजी गुरुङ ‘करण’, कास्की–२ मा किरण थापा ‘आमोद’ र कास्की–३ मा प्रेम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कास्की–१ का उम्मेदवार राजकाजी गुरुङ ‘करण’ माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्धदेखि नै कास्कीको संगठन निर्माणमा सक्रिय रहँदै आउनु भएको नेता हुनुहुन्छ भने उहाँ २०६४ सालको संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भई संसदीय राजनीतिको अनुभव हासिल गर्नु भएको छ । कास्की–२ का उम्मेदवार किरण थापा ‘आमोद’ जनयुद्धकालमा जनमुक्ति सेनाका कमाण्डर हुनुहुन्थ्यो । विद्यार्थी राजनीतिबाट उदाउनु भएको थापा डा. बाबुराम भट्टराईसँगै नयाँ शक्ति पार्टी र पछि जनता समाजवादी पार्टीमा केन्द्रीय भूमिकामा सक्रिय हुनुहुन्थ्यो । नेकपामा समाहित भएपछि उहाँ पहिलो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दै हुनुहुन्छ ।

कास्की–३ का उम्मेदवार प्रेम पौडेल नेकपा एकीकृत समाजवादीका नेता हुनुहुन्छ । अन्नपूर्ण गाउँपालिका–४ सल्यानका स्थायी बासिन्दा पौडेल पछिल्लो समय पोखरामा बसोबास गर्दै आउनु भएको छ । उहाँ निर्माण सामग्री व्यवसायमा संलग्न हुनुहुन्छ । यसैगरी, नेकपा एमालेले तीन जना पुराना नेताहरुलाई पुनः अवसर दिएको छ । कास्की क्षेत्र नम्बर १ बाट बैनबहादुर अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अधिकारी एमाले कास्कीका जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका पूर्व प्रमुख हुनुहुन्छ । कास्की–२ बाट एमालेले पूर्व पोखरा महानगरपालिकाका मेयर तथा गण्डकी प्रदेशसभा सदस्य हुनु भएको कृष्ण थापालाई उम्मेदवार बनाएको थियो यद्यपी उहाँको टिकट खोएिको छ । रश्चि आचार्यलाई कास्की २ को टिकट थमाइएको हो । कास्की–३ बाट भने २०७९ सालको निर्वाचनमा विजयी सांसद तथा विघटित प्रतिनिधिसभाका सदस्य दामोदर पौडेल ‘बैरागी’ पुनः उम्मेदवार हुनु भएको हो ।

यसैबीच, नेपाली कांग्रेसले भने कास्कीका कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउन सकेको छैन । कांग्रेस कास्कीका नेता शुक्रराज शर्माका अनुसार क्षेत्रीय सभापतिहरूले सम्भावित उम्मेदवारको नाम केन्द्रमा पठाइसकेको भए पनि अन्तिम निर्णय सार्वजनिक भएको छैन् । प्रमुख दलहरूले उम्मेदवार सार्वजनिक गरिसक्दा कांग्रेसको ढिलाइ र अन्य दलमा नयाँ–पुराना अनुहारको मिश्रणले कास्कीको प्रतिनिधिसभा निर्वाचन थप चासो र प्रतिस्पर्धात्मक बन्ने स्थानिलदे जनाएकाछन् । त्यसै गरी राप्रपाले कास्की क्षेत्रनम्बर एकबाट बाबुराम थापा, कास्की २ बाट हेमजंग गुरुङ र कास्की क्षेत्र नम्बर ३ बाट युवा पर्यटन व्यवसायी अर्जुन खनाललाई टिकट दिएको छ । मंगलबार आफे टोली तामझामका सान उमेदवार दर्ता गर्न जाने तयारी गरेको खनालले बताउनु भयो ।