पोखराबाट दुर्गा प्रसाईँ पक्राउ

-


     पोखरा क्लिक     
     माघ ५ गते २०८२ मा प्रकाशित


पोखरा — मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँलाई सोमबार पोखराबाट प्रहरीले पक्राउ गरेको छ ।

कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो कि प्रसाईँको मुद्दा काठमाडौँमा रहेको हुनाले उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गेटमै पक्राउ गरी काठमाडौं पठाइएको हो। निर्वाचन आयोगले केही दिनअघि प्रसाईँलाई कारबाहीको लागि पत्राचार गरेको थियो। प्रसाईँले कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई रु ५२ करोड दिएको आरोपसहित भिडियो सार्वजनिक गरेको र सोही विषयमा अनुसन्धान गर्न आवश्यक देखिएपछि उनलाई पक्राउ गरिएको श्रोतले जनाएको छ।

प्रसाईँले हालै राजसंस्था पुनर्स्थापना र निर्वाचन बहिस्कारका अभियान चलाउँदै आएका थिए। यसअघि पनि उनी पक्राउ परेका तर पछि छुटेका थिए। प्रहरीका अनुसार, सोमबारको कार्यक्रम पूरा गरेर काठमाडौँ फर्किने क्रममा पोखरामा उनलाई पक्राउ गरिएको हो।