
पोखरा,
ट्रेकिङ एजेन्सीज एशोसिएन अफ नेपाल (टान) गण्डकीको आयोजना स्टिम ल्याव लिमिटेडको समन्वय, नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा ४ दिने पदयात्रा व्यवसायीक तालिम प्रदान गरिएको छ ।
दिगो पर्यटन परियोजना अन्र्तगत टान गण्डकीमा आबद्ध सदस्य कम्पन्नी सन्चालकलाई लक्षित गरि हालै ४ दिने डिजिटल प्रमोशन र एआई टे«निङ पोखराको लेकसाइड स्थित वरपीपल रिसोर्टमा आयोजना भएको थियो भने सो तालिममा ५० जना पदयात्रा व्यवसायी तालिम प्रशिक्षार्थी रहेको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनु भयो । पदयात्रा व्यवसायीलाई प्रविधिमैत्री बनाउनुका साथै अन्तराष्ट्रिय बजारमा प्रतिस्पधी बनाउन बनाउन तालिम आयोजना गरिएको उहाँले पोखराक्लिकलाई जनाउनु भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका बरिष्ठ निर्देशक तथा प्रमुख मणिराज लामिछानेले मानव जीवनलाई सहज, प्रभावकारी र आधुनिक बनाएको तर यसको प्रयोग दैनिक जीवनमा भने कसरी गर्ने भन्ने ज्ञान हुनु अपरिहार्य रहेको जनाउनु भयो । समय अनुसार पर्यटन क्षेत्रमा तालिम आवश्यक भएको उहाँको भनाई थियो ।
संयुक्त राष्ट्र संघीय विकास कार्यकमका सुदिप अर्यालले दिगो पर्यटन परियोजना कार्यकम अन्तंगत यो तालिम अत्यन्तै व्यवहारिक रहेकोले यसको प्रयोगमा जोड दिन आग्रह गर्नुभयो । दिगो पर्यटन परियोजना प्रमुख धर्मराज दवाडीले नयाँ प्रविधिलाई आत्मसात गर्दै कार्यशैली दक्षता वृद्धि गर्ने अभिव्यक्ति दिनुभयो । अग्रज पर्यटन व्यवसायी डम्बर बहादुर केसी, गोकर्ण लम्साल, तारानाथ अधिकारी लगायतले व्यवहारिक पक्षमा जोड दिने कुरालाई महत्व दिदै तालिम समय सान्दभिक रहेकोले टान गण्डकीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
यस कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष तीर्थराज सुवेदीले गर्नुभएको थियो भने तालिम संयोजक रेनुका कार्की, तालिम प्रशिक्षार्थीहरुको तर्फदेखि यदुनाथ अधिकारी, तालिम प्रशिक्षक सुमन बरालले आ आफ्नो मन्तव्य राख्नुभएको थियो। कार्यकम संस्थाका सचिव गोपालकृष्ण संग्रौलाले सन्चालन गर्नुभएको थियो ।





