माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स टेनिसमा विभिन्न प्रतिस्पर्धा जारी

-


     पोखरा क्लिक     
     पौष १३ गते २०८२ मा प्रकाशित


पुष १३,पोखरा,

कास्कीजिल्ला टेनिस संघको आयोजनामापोखरा रंगशालामा जारी २२ औं माछापुच्छ्रे कपपोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाआइतबार विभिन्न समुहमाप्रतिस्पर्धा भएका छन् । आइतबार भएको मेन्स ओपनतर्फ नेहालजंगबहादुर थापाले जेयुनकिमलाई ६–०, ६–० ले, राजबिर प्रधानले सोमज श्रेष्ठलाई ६–०, ६–० ले, उगेन शेर्पाले प्रकाश गुरुङलाई ६–०, ६–३ ले, प्रितम परियारले सुरेन्द्र विकलाई ६–३, ६–४ ले, आयुषमानहजुर घलेले सन्दिपविकलाई ६–३, ६–१ ले, दर्शिल श्रेष्ठले आसव सम्राट हाडालाई ७–५, ६–१ ले, करणबहादुर थापाले निशानश्रेष्ठलाई ७–५, ६–१ ले तथाप्रदीप खड्काले विकेक मगरलाई ६–१, ६–० ले पराजित गरे ।

३५ वर्ष माथिको मेन्स सिंगलमाविकास खड्काले सम्दुक लामालाई ६–४, ६–० ले, पेमा नोर्गुले सिमान्त गुरुङलाई ६–४, ६–१ ले, जितेन्द्र परियारले मनोक के.श्रेष्ठलाई ६–१, ६–० ले, अनिलशाहीले सन्जयश्रेष्ठलाई ६–१, ६–२ ले, भिष्म गुरुङले दावा शेर्पालाई ६–४, ६–२ ले, सोम रानाले अनिल सेन्चुरीलाई ६–४, ६–२ ले पराजित गरेका छन् ।

४५ वर्ष माथिको एकलमाकमल भण्डारीले अमृत गुरुङलाई वाकओभरमा, देव क्षेत्रीले मानबहादुर कटुवाललाई ६–१, ६–३ ले, रोहित सुनुवारले निरज थापालाई ६–१, ६–१ ले पराजित गरे । ५५ वर्ष माथिचन्द्र शाहीले महेन्द्र थापालाई ६–२, ६–१ ले पराजित गरेका छन् । ६५ वर्ष माथिको एकलमाकमलथापाले बिदुर विष्टलाई ४–१, ४–१ को सेटमा तथापदम गुरुङले ध्रुव गुरुङलाई ५–४, ४–१ ले पराजित गरेका छन् ।

३५ वर्षको मेन्स डबलतर्फ कुमार अधिकारी र जितेन्द्र परियारको जोडीले सञ्जय श्रेष्ठ र विकास खड्काको जोडीलाई ६–०, ६–१ ले, सिमान्त गुरुङ र अनिलशाहीको जोडीले दावा शेर्पा र गगनमहर्जनको जोडीलाई ६–३, ६–२ ले पराजित गरेका छन् ।