
दीननाथ बराल,
पोखरा, १० पुस,
नेपाली कम्युनिस्ट पार्टी कास्की क्षेत्र नम्बर ३ को बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रत्यक्षतर्फ सर्वसम्मत रूपमा पहिलो नम्बरमा सिफारिस गरेको छ । संघिय निर्वाचन समिति संयोजक भिम बहादुर बि.क. (क्षितिज) को अध्यक्षतामा आज(विहिबार) पोखरामा बसेको बैठकले प्रतिनिधि सभाको लागि कास्की ३ बाट पहिलो प्रथामिकतामा प्रचण्डलाई नै सर्वसम्वत रुपमा अघि सारेको हो ।
कास्की क्षेत्र नम्बर ३ दाहालको जन्मथलो भएकोले यसपटक यहाँबाट चुनाव लड्नुपर्ने माग सबै नेताहरूको साझा धारणा रहेको बैठकमा सहभागी एक नेता रामजी प्रसाद बराल जीवनले बताउनु भयो । स्थानीय समर्थन र राजनीतिक प्रभाव, कास्कीमा धेरै विकास निर्माण समेत गर्नुपर्ने भएको हुदा पनि प्रचण्डको उम्मेदवारी कास्कीमै बलियो भएको बैठकमा सहभागिले उल्लेख गर्नु भएको थियो । पहिलो प्रथामिकता प्रचण्डलाई नै हुने यदि उहाँको अनुपस्थिती भएमा त्यसको बिकल्पमा भने १५ जनाको नाम सिफारिस गरिएको क्षितिजले पोखराक्लिकलाई बताउनु भयो । सिफारिस भएकाहरुमा गण्डकी प्रदेशमा पूर्व अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन, पूर्व सांसद दुर्गा बि.क., नेतृ (प्रचण्ड बुहारी) सृजना त्रिपाठी, प्रेम पौडेल, कृष्ण नेपाली, भिम बहादुर कि.क., गोविन्द अधिकारी, भानु अधिकारी, भोजराज पौडेल, सुमन ढुंगना, गणेश आचार्य, शरन विश्वकर्मा, प्रशन अधिकारी, बलराम सुवेदी र रत्ना गुरुङ रहनु भएको छ । त्यसै गरी समानुपातिक तर्फ दुर्गादक्त भण्डारी, केशव पौडेल, विवेक भुजेल लगायतका ११ जनाको नाम सिफारिस गरिएको छ ।
यसअघि प्रचण्डले २०७९ को निर्वाचनमा गोरखा–२ बाट निर्वाचित हुनु भएको थियो । प्रचण्डले २०६४ मा काठमाडौं–१० र रोल्पा–२, २०७० मा सिराहा–५, २०७४ मा चितवन–३ बाट पनि चुनाव जितिसक्नु भएको छ ।





