कुमुदिनी होम्सको वार्षिकोत्सबको अवसरमा मानवसेवा आश्रमलाई सहयोग

-


     पोखरा क्लिक     
     पौष ४ गते २०८२ मा प्रकाशित


४,पुष, पोखरा

पोखरा महानगरपालिका वडा नं। ४ मा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्स माध्यमिक विद्यालयले आफ्नो ३९ औँ वार्षिकोत्सबको पूर्व सन्ध्यामा पोखरा महानगरपालिका हेम्जामा अवस्थित मानवसेवा आश्रमलाई लत्ताकपडा र खाद्यान्न सहयोग गरेको छ।

उक्त सहयोग कार्यक्रममा विद्यालय संस्थापकहरू मिना पालिखे र रश्मि राजभण्डारी तथा शिक्षकहरू मन बहादुर भुजेल,सजनी माजु श्रेष्ठ र विद्यार्थीहरूले आश्रमका वयोवृद्ध मान बहादुर बुढा मगरलाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै हरेक वर्ष विभिन्न शैक्षिक संस्था र आश्रमहरूलाई आर्थिक तथा भौतिक सामाग्री सहयोग गर्दै आएको कुरा संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिनुभयो । छुट्टै प्रसङ्गमा पालिखेले शनिवार हुने विद्यालयको ३९ औँ स्थापना दिवसको तयारी पूरा भएको समेत जानकारी गराउनुभयो। सम्पूर्ण अभिभावक , भूतपूर्व विद्यार्थी तथा शिक्षक कर्मचारीहरूलाई विद्यालय प्राङ्गणमा आमन्त्रण गर्नुभएको छ ।