पोखराको वरपीपल रिसोर्टले बिद्यार्थीलाई खेल पोशाक तथा शैक्षिक सामाग्रि हस्तान्तरण

-


     पोखरा क्लिक     
     श्रावण २९ गते २०८२ मा प्रकाशित


सागर सुनार,
पोखरा २९, साउन,

पोखराको वरपिपल रिसोर्टले आफ्नो छैंटौं बार्षिकोत्सवको अवसरमा लमजुङ दोर्दी गाउँपालिकाको लक्ष्मी माविमा बिद्यार्थीहरुलााई खेल पोशाक सहित शैक्षिक सामाग्रि सहयोग हस्तान्तरण गरेको छ । रिसोर्टले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत बिद्यालयमा १ सय २० जनालाई ट्याकसुट तथा टिसर्ट साथमा कपी सहयोग गरेको रिसोर्टका आवासिय प्रबन्धक पदम न्यौपानेले बताउनु भयो ।

रिसोर्टले आगामी दिनमा पनि समाजिक कार्य गर्दै जाने योजना रहेको उहाँले जनाउनु भयो । यसैबिच, बिहीबार रिसोर्टको छैटौं वार्षिकोत्सव अवसरमा आयोजित समारोहमा स्थापनाकालदेखि सेवा गर्दै आएका कर्मचारीलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा पविनकुमार श्रेष्ठ, सुमन श्रेष्ठ, परशुराम राना, जीना लिम्बु, सचिन गुरुङ, लायक राम राजबंशी, हर्क गुरुङ, गिरिधारी उपाध्याय, चिन्मे विश्वास रहनु भएको छ । यस्तै, साउनका लागि उत्कृष्ट स्टाफ लेखा शाखाका होमनाथ पराजुली सम्मानित भएको रिसोर्टका एचआर प्रमुख बुद्धिबहादुर ठकुरीले जानकारी दिनुभयो । उहाँहरुलाई रिसोर्टका अध्यक्ष अमरजंग (जितु) गुरुङ, रिसोर्टका संचालक शिला गुरुङ, आवासिय प्रबन्धक पदमप्रसाद न्यौपाने लगायतले सम्मान गर्नु भएको हो ।

कोभिड १९ को विसम परिस्थितीमा खुलेको यो रिसोर्टमा हाल ७० जना कर्मचारी कार्यरत् रहेको फन्ट अपिस म्यानेजर कमल पौडेलले बताउनु भयो । सुविधा सम्पन्न रिसोर्टमा हाल ४५ वटा रुम रहेको र अतिथिको स्वागतमा सधैँ तयार रहेको रिसोर्ट संचालक जितु गुरुङले बताउनु भयो । ४५ मध्ये एक्जुकेटिभ स्वीट रुम १, जुनियर स्वीट रुम ३, सुपर डिलक्स ९ र बाँकी डिलक्स रुमहरु रहेको रिसोर्टले जनाएको छ ।

यसैबीच, वार्षिकोत्सवमा कर्मचारीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुतः गर्नु भएको थियो । उत्कृष्ट नृत्य प्रर्दशन गर्ने कर्मचारी निशान्त घले पुरस्कृत हुनु भयो । होटलमा हाल ५० प्रतिशत जसो अकुपेन्सि रहेको रिसोर्टले जनाएको छ । आफु कर्मचारीबाट आजको यो अबस्थामा आएको बताउदै जितु गुरुङले निरन्तर एउटै पेशामा लाग्दा एक दिन सफलतामा पुगिने बताउदै कर्मचारीलाई आफुहरुले परिवारको सदस्यको रुपमा लिएको जनाउनु भयो ।