पोखरा लेकसाइडको केयर मार्क हस्पिटलको रक्तदान कार्यक्रमबाट १०१ यूनिट रंक्त संकलन

-


     पोखरा क्लिक     
     असाेज ६ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ६, असोज,

पोखरा लेकसाइडको केयर मार्क हस्पिटलको खुल्ला रंक्तदान कार्यक्रम २०८१ बाट १०१ यूनिट रंक्त संकलन भएको छ । पोखराको लेकसाइडमा रहेको उक्त हस्पिटलको प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रंक्तदान कार्यक्रमबाट उक्त यूनिट रंक्त संकलन भएको हस्पिटलका अध्यक्ष जितु गुरुङले बताउनु भयो ।

उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले पहिलो रंक्तदाता सृष्टि शाही ठकुरीलाई व्लड व्याग हस्तान्तरण गर्दै पोखराको पर्यटकीय गन्तव्य लेकसाइडमा उक्त हस्पिटलले गुणस्तरिय सेवा दिएकोमा प्रशंसा गर्नुभयो । पोखरामा आउने पर्यटकहरुलाई लक्षित गरी स्थापना गरिएको उक्त हस्पिटलले आफ्नो सामाजिक उत्तरदाहित्व समेत बहन गर्न सुझाव दिनु भयो ।

मेडिकल डाईरेक्टर डा.शंकर पोखरेलले हस्पिटलले पहिलो पटक रंक्तदान कार्यक्रम आयोजना गरेको बताउनु भयो । हस्पिटलले सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य शिविर देखि विभिन्न सामाजिक कार्य गर्दै आएको उहाँले पोखराक्लिकलाई जनाउनु भयो ।

हस्पिटलका मेडिकल अधिकृत डा.पुजा गुरूङले हस्पिटलमा हाल चिकित्सक सहित ३० जनाले रोजगार प्राप्त गरेको बताउनु भयो । हस्पिटलमा हाल १५ वेड संचालन भएको छ ।