समाचार

युनाईटेड क्लब पोखराद्वारा अमरसिंह माविमा डिजिटल स्मार्टबोर्ड प्रदान

पोखरा, युनाईटेड क्लब पोखराले अमरसिंह माविमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले डिजिटल स्मार्टबोर्ड प्रदान गरेको छ । पोखराको अमरसिंह खेल मैदानमा पोखरा महोत्सव आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्वन संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लब पोखराले अमरसिंह माविमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्य अनुरुप दुई थान डिजिटल स्मार्टबोर्ड प्रदान गरेको हो । सो अवसरमा वोल्दै युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले स्थापना कालदेखिनै अमरसिंह मावि संग… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीद्वारा रूपा रिङ्गरोड सडकको अनुगमन

जिल्ला समन्वय समिति कास्कीको टोलि ले रूपा रिङ्गरोड सडकको बुधबार अनुगमन सम्पन्न गरेको छ। गण्डकी प्रदेश सरकार भौतिक पूर्बाधार मन्त्रालय ,भौतिक पूर्बाधार कार्यालय मातहत निर्माणाधीन १६ कि मि लामो उक्त सडक २०८१ साउन १७ रू करिब ४७ करोड १८लाख ९१ लागतमा सम्झौता भएर निर्माण प्रारम्भ भएको थियो। बि बि आर कन्स्ट्रक्सन जे भि ले निर्माण गरिरहेको सो सडक २०८३ माघ १६ भित्र निर्माण सम्पन्न हुनेछ। हाल्सम्म २६८१५०७६३ भुक्तानी भएको सो सडकको ५०५ भौतिक र ५६ ५ बित्तीय प्रगती भएको जनाइएको… पुरा पढौ

चाउथेमा एमालेको सम्पर्क कार्यालय स्थापना

पोखरा, २१ माघ, आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय स्थापना गरेको छ । एमालेले पोखरा–१४ चाउथेमा निर्वाचन परिचालन कमिटीको सम्पर्क कार्यालय बुधबार उद्घाटन ग¥यो । यो कार्यालय उद्घाटनको दृश्य भने फरक देखियो । पार्टीका केन्द्रीय सचिव खगराज अधिकारीबाट यो कार्यालय उद्घाटन गराउने तयारी थियो । रिबन काट्न हातमा कैंची पाएपछि अधिकारीले सोधे, ‘यहाँ जेन्जी पुस्ता को हुनुहुन्छ ?’ आफ्नो दायाँबायाँ हेरे । कास्की रुपा गाउँपालिकाका आदर्श सुवेदी अगाडिपट्टि उभिएका थिए । अधिकारीले सोधे,… पुरा पढौ

कागेंस रुपा गाउँ पालिका वडा नं ६ मा सम्पर्क कार्यालय स्थापना

पोखरा, नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ अन्तर्गत रुपा गाउँ पालिका वडा नं. ६ वरको डालीमा सम्पर्क कार्यलय स्थापन गरिएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रुपा गाउँ पालिकाको वडा नं. ६ वरको डालिमा सम्पर्क कार्यलय स्थापना गरिएको नेपाली काँग्रेस कास्कीका सहसचिव तथा प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । सम्पर्क कार्यलयको नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै रानाभाटले मुलुकको स्थीरता, शान्ति, विकास र स्थायित्वका लागि काँग्रेसलाई जिताउनु पर्ने बताए । कास्की क्षेत्र नम्बर… पुरा पढौ

रास्वपाद्धारा कास्की–२ को वडा २० मा सम्पर्क कार्यालय स्थापना

पोखरा माघ २१, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तरर्गत पोखरा महानगरपालिका वडा नम्बर २० भलाम र्यालेचौरमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि वडा २० मा सम्पर्क कार्यालय स्थापना गरिएको रास्वपा कास्की क्षेत्र नम्बर २ को सचिवालयले जनाएको छ । रास्वपाका नेता कार्यकर्ताको उपस्थितिमा उक्त कार्यालय स्थापना गरिएको हो । कार्यक्रममा निर्बतमान सांसद शिव नेपाली, केन्दीय सदश्य मोहन जङ्ग थापा, रास्वपा नेता… पुरा पढौ

एबिसीमा हेलिकप्टर उडान शुल्कबाट अन्नपूर्ण गाउँपालिकामा करोड राजश्व संकलन

दीननाथ बराल, पोखरा २०, माघ कास्कीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण आधार शिविर (एबिसी) जाने हेलिकप्टर उडान शुल्क वापत करिब एक करोड रुपैया राजश्व संकलन गर्न सफल भएको छ । अन्नपूर्ण गाउँपालिकाले पर्यटन शुल्क अन्तर्गत अन्नपूर्ण आधार शिविर (एबिसी) जाने हेलिकप्टर उडानबाट करिब १० महिनाको अवधिमा एक करोड भन्दा बढी राजश्व संकलन गर्न सफल भएको अन्नपूर्ण गाउँपालिकाले पोखराक्लिकलाई जनाएको छ । गत वर्षको चैत महिनादेखि हालसम्म पालिकाले एक करोड राजश्व संकलन गर्न सफल भएको पालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनु भयो । लागु… पुरा पढौ

नेपाली सेनाले गण्डकी प्रदेशमा एनसीसी अल्मुनाई एसोसिएसनको कार्यसमिति र सल्लाहकार समिति गठन गर्यो

पोखरा, “राष्ट्रिय सुरक्षा नीति–२०७५” बमोजिम राष्ट्रिय सेवा दल, नेपाल स्काउट लगायत संस्थाहरूको सुदृढीकरण गर्दै स्वाभिमानी नागरिक, सभ्य एवं सु–संस्कृत समाज र राष्ट्र निर्माणको परिकल्पनाअनुरूप राष्ट्रिय हितप्रति समर्पित, अनुशासित र बफादार युवा जनशक्ति उत्पादन गर्ने उद्देश्य का साथ गण्डकी प्रदेश एनसीसी अल्मुनाई एसोसिएसनको १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ। नेपाली सेनाको पश्चिम पृतना मुख्यालय, पोखरा मा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय सेवा दलबाट प्रदान गरिने एनसीसी तालिम प्राप्त युवाहरूको छनोट गरी उक्त कार्यसमिति गठन गरिएको हो। यसैगरी, पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ… पुरा पढौ

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ ः गनेस पौडेल

२० माघ, पोखरा, प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नम्बर १ का उम्मेदवार गनेस पौडेलले स्थानिय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा सुझाव संकलन अभियानलाई मंगलबार पनि निरन्तरता दिएका छन्। “स्थानियसँग संवाद यात्रा” अन्तर्गत मंगलबार पोखरा महानगरपालिका भित्र विभिन्न टोल–बस्तीमा कार्यक्रम सम्पन्न भएको छ भने बुधबार रुपा गाउँपालिकाका विभिन्न स्थानमा भेटघाट कार्यक्रम तय गरिएको छ। निर्धारित कार्यतालिका अनुसार मंगलबार बिहान वडा नम्बर १४ को विजय बस्तीमा स्थानियसँग संवाद गरिएको छ । त्यसपछि वडा नम्बर २८ अन्तर्गत माझठाना, सौर्य,… पुरा पढौ

निर्वाचन घोषणापत्रमा अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायात समेट्न राजनीतिक दललाई सुझावपत्र

काठमाडौँ, देश आम निर्वाचनको संघारमा उभिँदा राजनीतिक दलहरूले घोषणापत्र तयारी तीव्र पारेका छन् । तर आम नागरिकका जीवन र सुरक्षासँग प्रत्यक्ष जोडिएका अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायात जस्ता विषयहरू राजनीतिक प्राथमिकताबाट ओझेलमा पर्ने खतरा बढिरहेको सरोकारवालाहरूले औंल्याएका छन्। यही सन्दर्भमा नेपालका अटोमोबाइल, सुरक्षित यातायात र दिगो सडक क्षेत्रमा क्रियाशील संघसंस्था, सडक दुर्घटना पीडित परिवार, विज्ञ, सञ्चारकर्मी तथा अभियानकर्मीहरूले संयुक्त रूपमा राजनीतिक दलहरूलाई सुझावपत्र बुझाएका छन्। सुझावपत्रमा सडक सुरक्षा, सार्वजनिक यातायात, स्वास्थ्य, उपभोक्ता अधिकार तथा मानव अधिकारसँग सम्बन्धित २७ बुँदे… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सव फागुन ६ देखि हुदै (भिडियो सहित), होटल आवासमा १५ प्रतिशत छुट, भेडाको साँड जुधाई प्रतियोगिता हुने

पोखरा, २० माघ, कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आउदो फागुन ६ देखि घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक) को सयुक्त आयोजनामा मेश्रम बराह माध्यमिक विद्यालयको प्राङ्गणमा फागुन ९ गतेसम्म महोत्सव हुने भएको पोखरामा आज (मंगलबार) आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित घान्द्र्रक महोत्सवले सो क्षेत्रको पर्यटन प्रबद्र्धन गर्नुका साथै खेलकुदको विकास हुने अपेक्षा गरिएको रोधीं क्लब कोँड (घान्द्रुक)का वरिष्ठ उपाध्यक्ष लामा अमृत… पुरा पढौ

This will close in 20 seconds