जिवनशैली पत्रिका

पोखरामा शनिबार भएको दाई महोत्सवको रौनक (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १३ मंसिर, “पोखरा सबै मौसमका लागि आकर्षक गन्तव्य” भन्ने नारासहित पोखराको चुरुङ्गामा शनिबार दोस्रो दाँई महोत्सवमा विदेशी पर्यटक सहित उल्लेखनीय दर्शकहहरुको सहभागिता रह्यो । पोखरा पर्यटन परिषद् द्वारा आयोजित महोत्सवमा अपेक्षाभन्दा धेरै दर्शक उपस्थित भएको कार्यक्रम संयोजक हरिबहादुर भुजेलले पोखराक्लिकलाई बताए। https://www.youtube.com/watch?v=MKqDeEH7R94 कृषिप्रधान समाजको परम्परागत कृषि पद्धति प्रवर्द्धन तथा नयाँ पुस्तामा मौलिक कृषि ज्ञान हस्तान्तरण गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सव कृषि–पर्यटन प्रवर्द्धनका हिसाबले महत्वपूर्ण रहेको परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए। कार्यक्रममा पोखरा–२३ का किसान फवेन्द्र कुमार गुरुङलाई २… पुरा पढौ

स्थानिय यातायात प्रा.लि.को साधारण सभा सम्पन्न (भिडियो सहित) सार्वजनिक यातायातका एजेन्डा पार्टीका घोषणापत्रमा समावेश गराउने

दीननाथ बराल पोखरा, १२ मंसिर यातायात व्यवसायीहरुले आगामी निर्वाचनमा सबै दललाई स्पष्ट एजेन्डा सहित पार्टीको घोषणा पत्र समावेस गराउन माग गर्नु हुने भएको छ । स्थानिय यातायात प्रालिको शु्क्रबार पोखरामा सम्पन्न छैटौं साधारण सभा उद्घाटन सत्रमा वोल्ने व्यवसायीहरुले आउँदो निर्वाचनमा उदाउदै गरेका नयाँ पार्टी सहित पुराना पार्टीहरुलाई सार्वजनिक यातायातका बिषयमा पार्टीको घोषणा पत्रमा समावेश गर्न आग्रह गर्ने भएको हो । https://www.youtube.com/watch?v=ef_DwGyqQxs सार्वजनिक यातायात क्षेत्रलाई राजनीतिक दलहरूले निरन्तर बेवास्ता गर्दै आएको गुनासो गर्दै व्यवसायीहरु अब आफुहरु यातायात क्षेत्रलाई व्यबस्थित पार्न अहोरात्र… पुरा पढौ

पोखरामा आइतबार नेपाली कम्युनिष्ट पार्टीको प्रदेश स्तरिय सन्देश सभा हुने (भिडियो सहित) ,पूर्व प्रधानमन्त्री प्रचण्ड र नेपाल लगायतका नेताले सम्बोधन गर्ने

दीननाथ बराल,पोखरा, १२ मंसिर नेपाली कम्युनिष्ट पार्टीको प्रदेशस्तरीय सन्देश सभा आउँदो आइतबार पोखरामा हुने भएको छ । आगामी मंसिर १४ गते आइतबार पोखराको चिप्लेढुङ्गास्थित मानवअधिकारचोकमा विहान ११ः३० बजे सुरु हुने उक्त कार्यक्रमको तयारी पूरा भएको आज(शुक्रबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । https://www.youtube.com/watch?v=18WVgb0b0RI कार्यक्रममा पोखरा, कास्की सहित गण्डकी प्रदेशका जिल्लाबाट पार्टीका नेता कार्याकर्ता सहित जनताको उल्लेखनिय उपस्थिति हुने भएको नेता एवं साविक माओबादी केन्द्र गण्डकी प्रदेशका इन्चार्ज दीननाथ शर्माले बताउनु भयो । सन्देश सभामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक… पुरा पढौ

अल्फामा बास्केटबल प्रतियोगिता सम्पन्न

पोखरा १६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा सह क्रियाकलाप अन्तर्गत मङ्सिर १२ गते शुक्रबारका दिन विद्यालयमा गठित युवा रेडक्रस सर्कलद्वारा अन्तरसदनात्मक बास्केटबल प्रतियोगिता सम्पन्न गरिएको छ । कक्षा ७ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी भएको उक्त कार्यक्रममा छात्र तर्फ जुगल सदन प्रथम तथा कञ्चनजङ्घा सदनले द्वितीय स्थान हासिल गर्न सफल भए भने छात्रा तर्फको प्रतियोगितामा मनास्लु सदन प्रथम तथा कञ्चनजङ्घा सदनले द्वितीय स्थान हासिल गर्न सफल भएको कुरा विद्यालयका संस्थापक तथा सह प्राचार्य कृष्ण लम्सालले जानकारी गराए ।… पुरा पढौ

पोखरा १९ को चुरुङ्गामा शनिबार दोस्रो दाँई महोत्सव हुने (भिडियो सहित) विभिन्न प्रतियोगितामा नगद पुरस्कार प्रदान गरिने, ४ वटा निःशुल्क बसको ब्याबस्था

दीननाथ बराल, पोखरा, ११ मंसिर, पोखरा महानगरपालिका वडा नम्बर १९ को चुरुङ्गामा शनिबार (पर्सि) दोस्रो संस्करणको दाँई महोत्सव २०८२ हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा शनिबार हुने उक्त महोत्सवमा आन्तरिक तथा बाह्यि पर्यटक एवं दर्शक तथा ददेराहरु गरी करिब एक हजार जनाको महोत्सवमा सहभागि गराउने अन्तिम तयारी भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=yeBVfVPpUlw “पोखरा सबै मौसमका लागि आकर्षक गन्तव्य” भन्ने मूल नारासहित महोत्सवमा विभिन्न नगद सहितको पुरस्कारको व्यबस्था गरिएको महोत्सव संयोजक हरिबहादुर… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीहरुको विदाइ कार्यक्रम

पोखरा, ११ मंसिर, पोखरा कलेज अफ म्यानेजमेन्ट९पिसिएम०ले स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई एक कार्यक्रमका वीच विदाइ गरेको छ । कलेजले विहिबार कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई मायाको चिनोसहित विदाइ गरेको हो । कार्यक्रमको आयोजना कलेजका स्नातक तह वर्ष २०२१ व्याजका विद्यार्थीहरुले गरेका हुन् । कार्यक्रममा स्नातक तह वर्ष २०२० व्याजका विद्याथीहरुलाई विदाइ गरिएको थियो । सो अवसरमा क्याम्पस प्रमूख लिना नेगी श्रेष्ठले पिसिएमले व्यवहारिक शिक्षामा जोड दिएको बताइन् । कक्षा कोठामा सिकेको कुरा व्यवहारिक जीवनमा लागु गरेर अगाडि बढ्न उनले… पुरा पढौ

एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रममा ‘एभरेस्ट कक्ष’का लागि थप १ लाख प्रदान

पोखरा, मंसिर ११, पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम” कक्ष निर्माणका लागि चौथो किस्ताका रुपमा थप १ लाख एक रुपैयाँ बुधबार प्रदान गरेको हो । एफएमको पाचौ वार्षिकोत्सवको अवसरमा बुधबार पोखरामा आयोजित एक कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदीस पुनलाई रकम हस्तान्तरण… पुरा पढौ

पोखरामा शनिबार यःमरी प्रतियोगिता सहित महोत्सव हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १० मंसिर नेवारी कला–संस्कृति र मौलिक परिकारको संरक्षण गर्ने उद्देश्य सहित पोखरामा आगामी शनिबार छैंटौँ यःमरी महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । पोखरा महानगरपालिका–४ को आयोजनामा तथा नेवाः मिसा पुचः कास्की र नेवा खल कास्कीको सहकार्यमा पुरानो बजारस्थित गणेशटोल (नाला मुख) को सडक क्षेत्रमा एक दिने महोत्सव गर्न लागिएको आज (बुधबार)ं आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=YkQIWWfBqj4 नेवारी समुदायको परम्परा, खानपान र पहिचानलाई जोगाउँदै नयाँ पुस्तामा यसको महत्व पु¥याउने मुख्य उद्देश्यसहित महोत्सव आयोजना… पुरा पढौ

स्वतन्त्र पत्रकारको केन्द्रीय महाधिवेशन फागुनमा

पोखरा, स्वतन्त्र पत्रकार संघ नेपालको पाँचौं केन्द्रीय महाधिवेशन तथा १४ औं वार्षिक साधारणसभा आगामी फागुन २४ गते हुने भएको छ । संघको बिहीबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । महाधिवेशन नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका–१ मा हुने केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिए । यसैगरी, पुस मसान्तभित्र जिल्ला शाखाका अधिवेशनहरु सम्पन्न गर्ने र माघ १५ भित्र शाखाका सम्पूर्ण सदस्यहरुको व्यक्तिगत विवरणसहितको फाइल केन्द्रमा बुझाउन पनि जिल्ला शाखाहरुलाई सूचित गरिएको छ । महाधिवेशनले आगामी २ वर्षका लागि नयाँ… पुरा पढौ

लिटल फ्लावरमा स्पोर्टस् मिट शुभारम्भ

पोखरा, पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलमा विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत स्पोर्टस् मिट बुधवारदेखि सुरु भएको तथा बेलुन उडाएर उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले लिटल फ्लावर स्कुलले चेतनाका साथै विकृति र विसङ्गति विरुद्घ छ । कार्यक्रमको दीप प्रज्ज्वलन,बल हस्तान्तरण पनि समाजमा अग्रसरता देखाएकामा प्रशंसा गर्दै पढाइको साथसाथै खेलकुदका माध्यमले पनि विद्यार्थीहरुलाई अगाडि वढाउने उदेस्य राख्नु सराहनीय रहेको वताए । अधिकांश गुरुङ्ग र भूपूहरुको बस्ती रहेको रिठेपानीमा विगत ३०… पुरा पढौ