जिवनशैली पत्रिका

श्रावण २६ गते हुने लाखे नाच प्रतियोगीतामा २३ टोलीको सहभागीता

पोखरा १६, साउन, नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा यहि श्रावण २६ गते हुने लाखे नृत्य प्रतियोगितामा कास्कीका २३ वटा लाखे समुहले सहभागीता जनाउने भएको छ । आयोजक नेवाः खलः कचा पृथ्वीचोकले आज पत्रकार सम्मेलन गर्दै २३ टोलीको सहभागीता हुने र २० टोलीले मात्र प्रतिष्पर्धा गर्ने छन् । नेवाः खलः कचा पृथ्वीचोकका अध्यक्ष रेशमबाबु श्रेष्ठका अनुसार आज नै गोलाप्रथा गरेर सहभागी टोलीहरुका लागि पस्तुतीको समय टुङ्गो लागेको छ । प्रतियोगीतामा दर्शकहरुलाई प्रवेश निःशुल्क गरिएको छ भने दर्शकहरुले नेवारी खानाको स्वाद लिन… पुरा पढौ

प्रेम लिम्बुले जिते बिश्व तेकान्दोमा रजत पदक

दक्षिण एशियाली खेलकुद सागका कास्य पदक बिजेता प्रेम बहादुर लिम्बुले विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक जित्न सफल भएका छन । दक्षिण कोरियाको मुङयीयोङमा भएको प्रतियोगितामा लिम्बुले ब्यक्तिगत पुम्से बिधामा रजत पदक जित्न सफल भएको युएईमा रहेर तेक्वान्दो प्रशिक्षण गराई रहेका तेक्वान्दो प्रशिक्षक जगन अधिकारीले कोरियाबाट जनाएका छन् । प्रशिक्षक अधिकारीका अनुसार लिम्बुले पहिलो खेलमा युएसएका माइकललाई ८–७ अंकले पछी पार्दै जित आत्मासाथ गरेका थिए । दोस्रो खेलमा कोरियाका ट्याइलरलाई ८।१६६ – ७।६८३ अंकले हराउदै क्वाटर फाईनल प्रवेस गरेका लिम्बु… पुरा पढौ

रोटरी लेकसाइडको वृक्षारोपण

रोटरी क्लव अफ पोखरा लेकसाइड र बाबा फाउन्डेशनको संयुक्त आयोजनामा हालै पोखरा –१३ मुल स्थित पाखोमा बृक्षरोपण गरिएको छ । वृक्षारोपणमा रोटरी क्लव अफ पोखरा लेकसाइडका अध्यक्ष उपेन्द्र अधिकारी, पोखरा–१३ कुलायन टोल विकास संस्थाका कोषाध्यक्ष माधव वराल, बाबा फाउन्डेशनका सचिव टंक अधिकारी लगायत क्लवका सदस्यहरु तया पारिवारिक सदस्यको बाक्लो उपस्थित रहेको थियो । पुरा पढौ

पोउवा संघको महाधिवेशन भदौ अन्तिम साता, नयाँ नेतृत्व चयन हुने

पोखरा, १५ साउन पोखरा उद्योग वाणिज्य संघको ७० औं वार्षिक साधारण सभा तथा ३५ औं अधिवेशनको मिति तय भएको छ । संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको संघको २६ औं कार्यसमिति बैठकले भदौ २८ र २९ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनअन्तर्गत भदौ २९ गते हुने निर्वाचन कार्यक्रमको लागि पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठलाई निर्वाचन संयोजकको जिम्मेवारी प्रदान गरिएको छ। निजी क्षेत्रको प्रतिनिधिमूलक एवं पोखराको जेठो सामाजिक संस्थाको रुपमा परिचित संघको महाधिवेशन घोषणासँगै चुनावी माहौल सुरु भएको छ । पुरा पढौ

नवलपुरकी झेंडीमगरलाई मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार

नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ नवलपुरकी पत्रकार शारदा झेंडी मगरलाई अर्पण गरिएको छ । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिमार्फत स्थापित मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार नेपाल मगर पत्रकार संघ कास्कीको तेस्रो अधिवेशनको अवसरमा झेंडी मगरलाई अर्पण गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले दोसल्ला, सम्मानपत्र र नगद रु १० हजारसहित पुरस्कार अर्पण गरे । सो अवसरमा बोल्दै गाहामगरले… पुरा पढौ

चरक मेमोरियल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

पोखरा, १५ साउन, पोखरा नागढुंगास्थित सुविधासम्पन्न चरक मेमोरियल हस्पिटलमा जाँच गर्दा सिटिजन्स् बैंक इन्टरनेशनलका ग्राहकले छुट पाउने भएका छन् । हस्पिटल र बैंकबीच छुट सम्बन्धी समझदारी भएको छ । हस्पिटलका तर्फबाट एमडी कपिल पोखरेल र बैंकका तर्फबाट पोखरा ब्राञ्च म्यानेजर अनुप अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सो समझदारी अनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । सम्झौता अनुसार होल बडी चेकअपमा २० प्रतिशत, बेडमा १० प्रतिशत, ल्याब, रेडियोलोजी र अप्रेशनहरुमा १० प्रतिशत… पुरा पढौ

फोटोग्राफर संघ गण्डकी को फोटो प्रतियोगिता घोषणा

श्रावण १५,पोखरा, फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस तथा १८५ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका सचिव तुलसी राम सुवेदी ले जानाकारी गराए । फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस भाद्र २० गते समापन गरिने प्रतियोगितामा मिराज राष्ट्रिय बैवाहिक फोटो प्र्रतियोगिता अन्र्तगत बिभिन्न ६ ओटा विधा सार्वजनिक गरेको छ । बेष्ट फोटो अवार्ड, ब्राईड एण्ड… पुरा पढौ

गुप्तेश्वर गुफामा सन्ध्या आरती

पर्यटकीय राजधानी पोखराको छोरेपाटनस्थित गुप्तेश्वर गुफा परिसरमा आज सन्ध्या आरतीको आयोजना गरियो । गुफा व्यवस्थापन समितिले विगत चार बर्षदेखि प्रत्येक सोमवार आरतीको आयोजना गर्दै आएको हो । तीन जना पण्डितद्धारा सुमधुर घुन सहित एक घण्टा प्रस्तुत गरिने आरतीमा विशेष गरि धुप, ध्यू, ल्वाङदानी, कपुर, मयूरपङख, सेतोचमर, अलैंचिदाना, लाछीधागो, फुलपाती लगायतका बिभिन्न सुगन्धित वस्तुको प्रयोग गरिने गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिनुभयो । साउनको दोश्रो सोमवार आयोजित आरतीमा भक्तजनहरुको उल्लेखनिय सहभागिता रहेको बताउँदै उहाँले भन्नुभयो, यसबाट आरतीलाई निरन्तरता प्रदान… पुरा पढौ

पोखरा–३३ शिववस्तीमा महायज्ञ सुरु

पोखरा, १४ साउन पोखरा महानगरपालिका वडा नं ३३ शिववस्तीस्थित शुक्लेश्वर धाम प्राङ्गणमा आजदेखि श्रीमद्भागवत महापुराण, सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, बृहत धार्मिक श्रावण मेला एवम् बोलबम महोत्सव सुरु भएको छ । मन्दिरको सर्वाङ्गिण, भौतिक पूर्वाधार विकास निर्माण सहयोगार्थ हुन लागेको महायज्ञ यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । कथा शिरोमणि पण्डित दीपकप्रसाद पौडेलको प्रमुख बाचकत्वमा हुने महायज्ञमा विभिन्न देवलिला, जनचेतनामूलक नाटक सहित संगीतमय कथा प्रवचन हुने जनाइएको छ । महायज्ञको भव्य समारोहका बीच उद्घाटन गर्नुुहुँदै गण्डकी प्रदेशका कार्यबाहक मुख्यमन्त्री विन्दुुकुुमार… पुरा पढौ

प्रदेशका भौतिक मन्त्री गुरुङलाई कारवाही गर्न माग

दीननाथ बराल,पोखरा १४, साउन, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारवाही गर्न माग गरिएको छ । संसदीय पत्रकार मञ्च गण्डकीले सोमबार प्रदेशका कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापा समक्ष कारवाहीको माग गरेको हो । नैतिक आचारणको ख्याल नगर्ने र पत्रकार माथि गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्री गुरुङले नामै किटेर दिएको अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको मञ्च गण्डकीका अध्यक्ष भरतराज कोइरालाले बताउनु भयो । मञ्चले सोमबार ध्यानाकर्षण गराउदै नैतिक आचारणको ख्याल नगर्ने र पत्रकारमाथि गैरजिम्मेवार अभिव्यक्ति दिने… पुरा पढौ