जिवनशैली पत्रिका

निजी विद्यालयहरुले सामाजिक सुरक्षाकोषमा आबद्ध नगरे आन्दोलन गर्ने चेतावनी

पोखरा, निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन(प्याब्सु)ले निजी विद्यालयलाई अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन चेतावनी दिएका छन्। प्याब्सन तथा एनप्याब्सनसँग राखिएकामा मागहरु पूरा नभए आगामी शैक्षिक सत्रदेखि आन्दोलन गर्ने प्याब्सुले शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यकममा जानकारी गराउदै उक्त कोषमा आबद्ध नगरे आउदो नयाँ शैक्षिक सत्र देखि आन्दोलन गर्ने चेतावनी दिएको हो। समितिका अध्यक्ष शिवलाल उपाध्यायले देशभर रहेका निजी विद्यालय मध्ये १० प्रतिशत विद्यालय मात्र सामाजिक सुरक्षाकोषमा आवद्ध भएको दाबी गर्दै अन्यले त्यसमा कुनै वास्ता… पुरा पढौ

संविधान संशोधन राजनीतिक एजेण्डा हो ः रेखा शर्मा

पोखरा, पछिल्लो समय माथापच्चीको एक विषय बनेको छ संविधान संशोधन । असोज ३, २०७२ मा घोषणा भएको संविधान संशोधनको विषयमा दुई ठुला दल एकै ठाउँमा उभिएपछि थप चुलिएको छ । संविधान संशोधनको पक्ष र विपक्षमा बहस भइरहन्छ । संविधान संशोधन किन गर्ने ?के संविधान संशोधन आवश्यक छ ? राजनीतिक राजनीतिक अस्थिरताको कारक संविधानमा भएका केही प्रावधानलाई मान्दै केही खेमा यसको संशोधनको पक्षमा उभिएका छन् । सरकार गठबन्धन प्रक्रिया, अनावश्यक आयोग, नियुक्तिका विषय देखाएर संशोधनको विषय उठाइरहेका छन् ।अर्का पक्षमा भने… पुरा पढौ

‘नेपालको बैंकिङ क्षेत्र सिटामोल मात्र खाने अवस्था छ, डराउन पर्दैन’

पोखरा, नेपालको अर्थतन्त्र र बैंकको अवस्था बजारमा सुनिएजस्तो डराउनुपर्ने नरहेको वित्तीय क्षेत्रका जानकारहरूले बताएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा शनिबार ‘के छ बैंकको हालखबर ?’ सत्रका वक्ताहरूले पत्रकार यज्ञ बञ्जाडेसँगको कुराकानीमा नेपालको बैंकिङ क्षेत्रको अवस्था चिन्ता लिनुपर्ने नरहेको बताएका हुन् । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले बैंकको अवस्था बजारमा सुनिएजस्तो गम्भीर नरहेको बताए । ‘बैंकको अवस्था सिटामोलसम्म दिन परेको अवस्था हो । त्यहाँभन्दा माथि जान परेको छैन । सडकमा सुनिएजस्तो बैंकको अवस्था नराम्रो… पुरा पढौ

चेतनाको अग्रपक्ष लिने विधा कविता

पोखरा, थोरै शब्दमा गहिरो भाव पोख्ने माध्यम हो कविता । छोटो र लयात्मक रुपमा भाव पोख्छ कविताले । प्रेम र विद्रोह दुबै बोल्ने दरिलो आयम समेत मानिन्छ कविता । कविताको कर्म यहीँ मानिन्छ । कविकै विचारमा कविताको कर्म के हो त ? कविता चेतनाको कलात्मक विधा रहेको बताउँछिन् स्वतन्त्रता र समानताका पक्षमा लेख्ने कवि कल्पना चिलुवाल । पोखरामा जारी १२ औँ एनसिएल फाउडेण्सनको तेस्रो दिनको ‘कविताको कर्म’मा बोल्दै चिलुवालले कविताले चेतनाको अग्रपक्ष बोकेर हिँडेको सुनाइन् । पछिल्लो दशकमा कविलाई हेर्ने… पुरा पढौ

एक दिवसीय क्रिकेटः कास्की र तनहुँ फाईनलमा

पोखरा, फागुन १७, प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा सञ्चालित प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा कास्की विजयी भएको छ । कास्कीले नवलपुरलाई ९ विकेटले पराजित गरेको छ । शनिबार सम्पन्न भएको खेलमा नवलपुरले दिएको ९९ रनको लक्ष्यलाई कास्कीले एक विकेटको क्षतिमा १९.१ ओभरमा पुरा गरेको हो । ५० ओभरको खेल ४० ओभरमा झारिएको थियो । ४० ओभरमा टस जितेर नवलपुरले व्याटिङ रोज्यो । ओसिलो पीचमा नवलपुरले केवल ९८ रन मात्रै बनायो । २१.४… पुरा पढौ

आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र बीचको सहकार्य अपरिहार्यः प्रदेश प्रमुख भट्ट

पोखरा, १७ फागुन, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभएको छ । उहाँले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमामात्रै समृद्धि र विकास सम्भव रहेको बताउनुभयो । नेपाल वितरक महासंघको १३ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनको शुभारम्भ गर्दै उहाँले निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत भएकाले अर्थतन्त्रको ऊर्जा भएको उल्लेख गर्नुभयो । लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले व्यापार, ढुवानी तथा वितरणमा सहज… पुरा पढौ

युआरएलमा अपोलोका सेवा सुरु

पोखरा, १७ फागुन, युआरएल हेल्थ केयर प्रालिले पोखरामा भारतकोविश्व प्रसिद्ध अपोलो हस्पिटलको सूचना केन्द्र स्थापना गरेको छ ।प्रालिले पोखरा–१२, हस्पिटल चोकमा गण्डकी प्रदेशका लागि स्थापना गरेको अपोलो हस्पिटल्स इन्फर्मेसन सेन्टर शनिबार आयोजित कार्यक्रममा सेन्टरका प्रबन्ध निर्देशक अभिषेक दुगड र वरिष्ठ पेट रोग विशेषज्ञ डा सत्यदीप भट्टाचार्यले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा डा भट्टाचार्यले जटिल प्रकृतिका क्यान्सर, अंग प्रत्यारोपण जस्ता समस्याको निदानका लागि अपोलो लोकप्रिय रहेको बताए । भारतको सर्वाेत्कृष्ट हस्पिटलमा पर्ने अपोलोले भारतभर छ दर्जनभन्दा बढी हस्पिटल चलाएको छ… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता ट्रेनिङलाई

पोखरा, १७ फागुन, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिका बागलुङले हाता पारेको छ । अघिल्लो वर्ष उपविजेता वनेको गलकोटले यस वर्ष माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता वनेको हो । विजेत वनेको गलकोटले नगद २ लाख ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । प्रतियोगितामा शुक्ला गण्डकी नगरपालिका तनहुँ उपविजेतामा नै चित्त वुझायो । शुक्ला गण्डकीले नगद १ लाख ट्रफी र मेडल र प्रमाण पत्र प्राप्त ग¥यो… पुरा पढौ

राष्ट्रपति पौडेलबाट सराङकोट धामको उद्घाटन

दीननाथ बराल,पोखरा १७, फागुन, राष्ट्रपति रामचन्द्र पौडेल कास्कीमा पहिलो पटक कार्यक्रममा सहभागि हुनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल धार्मिक कार्यक्रममा सहभागि हुन कास्कीको पोखरामा शनिबार पहिलो पटक सहभागि हुनु भएको हो । तष्विर दुर्गा पौडेल र श्रीभद्र पौडेल उहाँ नेपाली सेनाको हेलिकोप्टर मार्फत सिधै पोखरा १८ स्थित सराङकोटको डाँडामा अवतरण गर्दै त्यहाँ निर्माण भएको सराङकोट धाम एवं जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको विधिपूर्वक पुजाअर्चना गरी उद्घाटन गर्नु भएको हो । सराङकोट डाँडामा निर्माण भएका करिब ३५ करोड… पुरा पढौ

पोखरामा प्रथम त्रिभुवन स्मृति कप सुरु, शुक्रबार ४ खेल सम्पन्न

पोखरा १६, फागुन, परिवर्तन युवा क्लब पोखरा २२ को आयोजना र पोखरा हटलाइनको सहआयोजनामा आयोजित प्रथम त्रिभुवन स्मृति कप ५ ए साईड फुटबल प्रतियोगिता २०८१ शुक्रबार देखि सुरु भएको छ। शुक्रबार पहिलो चरणका ४ खेल सम्पन्न भएको क्लवले जनाएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सांसद प्रकाश बरालले उक्त प्रतियोगिताको उद्घाटन गर्नु भयो । कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय अधिकारी नवराज बराल रहनु भएको थियो । प्रतियोगितामा सहभागी कुल २० प्रतियोगी समूहमध्ये शुक्रबार आठवटा समूहको चार खेल सम्पन्न… पुरा पढौ