
पोखरा,
पोखरा महानगरपालिका–६, खहरे लेकसाइडस्थित म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स प्रालिले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ।

होटलका सञ्चालक युवा व्यवसायी सुनिलबहादुर भट्टराईले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी दिनुभयो । भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा देशका विभिन्न जिल्लामा भएका प्राकृतिक विपद्का घटनाबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै होटलले विपद् प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत कोषमा आफ्नो तर्फबाट सानो सहयोग गरिएको उहाँले जनाउनु भयो । सञ्चालक भट्टराईका अनुसार विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उहाँहरूको दीर्घकालीन पुनःस्थापना र जीवनयापन सहज बनाउन समेत निरन्तर सहयोग आवश्यक रहेको बताउनु भयो ।
होटल परिवारले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अहोरात्र खटिरहेका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा सहयोगी हातहरूप्रति सम्मान व्यक्त गर्दै प्रभावित समुदायको साथमा आफूहरू रहेको जनाएको छ।





