प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका ६ वटा योजनाको अनुगमन, उत्पादित बस्तुको मुल्य र बजारको ग्यारेन्टि गर्न किसानको माग (भिडियो सहित)

-


     पोखरा क्लिक     
     असार ३१ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ३१ असार,

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका ६ वटा योजनाको अनुगमन गर्दा उत्पादित बस्तुको बजारीकरण तथा मुल्यको ग्यारेन्टि गर्न किसानले माग गर्नु भएको छ । पोखरा सहित कास्कीमा संचालन भएका विभिन्न योजना अन्र्तगत सोमबार ६ वटा योजनाको जम्बो टोलीद्धारा अनुगमन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई कास्कीका प्रमुख वरिष्ठ कृषि अधिकृत माधव लम्सालले पोखराक्लिकलाई बताउनु भयो ।

पोखरा लगायत कास्कीका विभिन्न स्थानमा सोमबार अनुगमन उक्त परियोजनाको तीन तहका सरकारका प्रतिनिधि सहित पत्रकारको टोलीले अनुगमन गरेको उहाँले जनाउनु भयो । पोखराको लेकसाइडमा चिसापनी पशुपालन फर्म प्रा.लि. तथा अर्गानिक तरकारी पसलमा गरिएको अनुगमनमा तरकारीको बजारीकरण सम्बन्धी लगानीको समीक्षा गरिएको थियो। त्यहाँ पोखरा १४ का कृष्ण बहदुर गुरुङले फलफूल तथा तरकारीको आउटलेट स्थापना गर्नु भएको हो ।

यसैबीच, पोखरा ११ काहुँस्थित धु्रव थापाले संचालन गरेको आधुनिक प्रविधिबाट च्याउ उत्पादनका लागि हाईटेक संरचना निर्माणमा उक्त परियोजनाले सहयोग गरेको छ भने उक्त परियोजनाको समेत अवलोकन गरिएको छ । काहुँ सिस्नेरी एग्रो फार्मका संचालक थापाले वुटवलबाट धेरै आउने गरेको उक्त च्याउ यहाँ उत्पादन हुन थाले पछि केही प्रतिशत आयातलाई रोकेको जनाउनु भयो । च्याउको उत्पादन हिउँदमा मात्र सीमित हुने भए पनि अहिले वर्षभर उत्पादन सम्भव बनाउने उद्देश्यले सहयोग गरिएको उक्त परियोजनाको कार्यालयले जनाएको छ ।

प्राङ्गारिक खेती प्रवद्र्धन र महिलालाई कृषि उद्यमशिलतामा प्रोत्साहन गर्न काहुँमा निल बाराही कृषि तथा भर्मी कम्पोष्ट एग्रो फार्ममा परियोजनाले सहयोग गरेको छ । उक्त परियोजनाको समेत अवलोकन गरिएको थियो भने जहाँ लक्ष्मी अधिकारी सहितको दुइैृ दिदी बहिले सुरु गरेको परियोजनामा गड्याउलाबाट मल उत्पादन हुने गरेको दृश्य समेत उनीहरुले देखाएका थिए ।

पोखरा १८ हेमजामा जय देउराली फलफुल प्रशोधन उद्योगको समेत अवलोकन गरिएको छ । उद्योगमा आगन्तुक अनुगमन टोलीलाई उद्योग संचालक बासुदेव तिवारीले स्थानिय जुसको स्वाद चखाउनु भएको थियो । उहाँले लोक्कल रक्सिलाई आफुले समेत उत्पादन गरी ब्राण्डिङ गर्न चाहेको बताउदै अलैचि खेति तथा यसको कारोवार गर्दै आएको जनाउनु भयो ।

माछापुच्छ«े ६ धितालमा दुग्ध चिस्यान केन्द्रमा चिलिम भ्याट स्थापना गरी केन्द्रको क्षमता अभिवृद्धि गरिएको छ । स्थानियको माग अनुसार श्री धिताल दुग्ध उत्पादन सहकारी संस्था लि.लाई परियोजनले सहयोग गरेको हो । स्थलगत तालिम र व्यवसायिक प्रवद्र्धनका लागि पोखरा निवासी किसान मिना गुरुङले २४ लाखको लगानीमा तालिम केन्द्र स्थापना गर्नुभएको छ । विभिन्न जातका वाली र पशुपालनलाई ध्यानमा राख्दै स्थानिय किसानलाई सैद्धान्तिक र प्राविधिक तालिम दिने उद्देश्य राखिएको छ।

परियोजनाका प्रमुख वरिष्ठ कृषि अधिकृत माधव लम्सालले अनुगमनका क्रममा कार्यालयले यातायात, सिँचाइ, चिलिम भ्याट, स्थायी र अस्थायी टनेल, अलैँची क्षेत्र विस्तार तथा गाईभैँसीको बजार व्यवस्थापनमा पनि सहयोग गर्दै आएको जानकारी दिनुभयो। गण्डकी प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख बासुदेव काफ्लेले परियोजनाबाट किसान व्यवसायिक कृषि प्रणालीमा प्रवेश गर्दै गएको बताउनुभयो। उहाँका अनुसार, सरकारले कृषि र पशुपालनलाई होस्टेमा हैले प्रवद्र्धन गरेकाले किसान उत्साहित छन्।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उक्त परियोजनाबाट किसानलाई प्रत्यक्ष लाभ पुगेको बताउनु भयो । कतिपय ठाउँमा बिचौलियाले वास्तविक किसानले पाउनुपर्ने अनुदान समयमै नदिएको गुनासो रहेको जानकारी दिदै उहाँले अनुदान दुरुपयोग नहोस् भन्नेतर्फ विशेष ध्यान दिनुभयो । अनुगमन टोलीमा पोखरा महानगरपालिका आर्थिक बिकास महाशाखा प्रमुख मनहर कडरिया सहित सम्बन्धित निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

अनुगमन टोलीमा जिल्ला समन्वय समितिका प्रमुख पौडेल सहित कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, जिल्ला समन्वय अधिकारी नवराज बराल, पोखरा महानगरपालिका आर्थिक बिकास महाशाखा प्रमुख मनहर कडरिया सहित सम्बन्धित निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

उक्त परियोजना अन्र्तगत कृषि पूर्वाधार, उत्पादन, बजारीकरण र तालिममा उल्लेखनीय प्रगति भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई कास्कीका प्रमुख वरिष्ठ कृषि अधिकृत माधव लम्सालले बताउनु भयो । परियोजनाले चालु आर्थिक वर्षमा विनियोजित ६ करोड ३४ लाख रुपैयाँ मध्ये ६ करोड ६ लाख रुपैयाँ खर्च गरेर करिब ९० प्रतिशत काम सम्पन्न गरेको उहाँले जनाउनु भयो ।



This will close in 20 seconds