यही माघ १६ देखि सिमित सङख्यामा ओशो ध्यान शिविर पोखरामा हुने

-


     पोखरा क्लिक     
     माघ १५ गते २०८१ मा प्रकाशित


पोखरा १५, माघ,

यही माघ १६ गते देखि सिमित सङख्यामा मात्र ओशो ध्यान शिविर पोखरामा हुने भएको छ । ओशोधारा संघ नेपाल, ध्यान केन्द्र पोखराको आयोजनामा पोखराको बिजयपुरस्थित हाइड्रो पावर मुहान क्षेत्रको खेल मैदानमा यहि माघ १६ गतेदेखि १९ गतेसम्म हुने ध्यान शिविरमा सिमिति सङख्यामा मात्र सहभागि गराइने भएको आज(मंगलबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पोखरामा ४ दिने योग प्रज्ञा साधना अर्थात ध्यान शिविरमा करिब ५० जनालाई मुस्किलले व्यबस्थापन गर्न सकिने भएको ओशो अखण्डले बताउनु भयो । विहान ७ बजेदेखि बेलुका ८ः३० बजेसम्म हुने शिविर दुई भागमा बाँडेर हुने उहाँले जनाउन भयो ।
पहिलो दुई दिन शिविरमा सहभागीहरुको दुःख बुझेर त्यो दुःख कसरी निवारण गर्न सकिन्छ भन्नेबारेमा र पछिल्लो दुई दिन मुलाधार चक्रमार्फत योग के हो ? र यसको प्रयोग कसरी गर्ने भन्नेबारेमा ज्ञान दिईने भएको ओशो अखण्डले उल्लेख गर्नु भयो । त्योसँगै ध्यान गर्न सिकाउनुका साथै अन्तिम दिन दीक्षा प्रदान गरिने भएको छ ।

ओशो अखण्डले अहिले ९८ प्रतिशत मनको कारणले विरामी हुने गरेको दाबी गर्दै मानव जीवनमा ध्यान गर्न सुझाव दिनुभयो । धेरै मानिसहरुको हालको उपचार ध्यानबाट मात्रै सम्भव भएको उहाँको तर्क थियो । उक्त शिविरमा सहभागिहरुले बस्न खानाको लागि न्यूनतम शुल्क तिर्नुपर्ने हुन्छ । अन्य ध्यान शिविर भन्दा ओशोको अलि गहिरो ध्यान हुने ओशो अखण्डले जनाउनु भयो ।



This will close in 20 seconds