यही पुष १३ गते सातौ संस्करणको दूर दि पोखरा हुने, साइक्लिस्टहरुको नाम दर्ता सुरु

-


     पोखरा क्लिक     
     पौष ५ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ५, पुष,

सुन्दर नगरी पोखरामा यही पुष १३ गते (शनिबार) सातौ संस्करणको दूर दि पोखरा २०८१ हुने भएको छ । साहसिक खेलको प्रबद्र्धन गर्र्ने उद्धेश्यले साइकल सिटी पोखराको आयोजनामा हुने उक्त दुरी दी पोखराको तयारी तिव्र पारिएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

“स्वास्थ्य वातावरण वा पर्यटनका लागि साइकल” भन्ने नाराका साथ आयोजना हुने टुर दी पोखरामा देशका विभिन्न स्थानबाट करिब ५ सय साईक्लिस्टहरु सहभागि हुने भएको साइकल सिटी पोखराका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले बताउनु भयो । उक्त कार्यक्रममा पोखरा र पोखरा आसपासका साइकलप्रेमी देखि वुटवल, पाल्पा, काठमाण्डौं, चितवन लगायतका ठाउँबाट सहभागि हुनु हुने भएको अध्यक्ष श्रेष्ठले दाबी गर्नु भयो । उहाँका अनुसार पोखरा क्षेत्रमा हुने साँढे २४ किलोमिटर दुरी निर्धारण गरिएको छ ।

साहसिक खेलहरुको गन्तव्य पर्यटकीय राजधानी पोखरा, जहाँ साइकलका गतिविधि गरेर पर्यटन क्षेत्रमा केहि उपलब्धी हासिल गर्न सकिन्छ भन्ने उद्देश्यका साथै विगत केहि वर्ष देखि दुर दि पाखरा कार्यक्रम गर्दै आएको उहाँले जनाउनु भयो । टुर दी पोखराको उत्तः अभियानमा ९ बर्षका बालकालिका देखि ७५ बर्षका ज्येष्ठ नागरिक समेत सहभागि हुने भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

पत्रकार भेटघाट कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष एवं बरिष्ठ सल्लाहकार आनन्दराज मुल्मीले यस्ता कार्यक्रमलाई अन्तराष्ट्रिय रुपमा मनाउनु पर्नेमा जोड दिनु भयो । पोखरा महानगरपालिकाले ७ तालको प्रबद्र्धन गर्न करिब १ सय ५० किलोमिटर साइकल ट्याक निर्माण गर्न लाग्ने भएकोले उक्त ट्याक निर्माण भएमा पोखराको एक दिनको बसाई अवधि लम्बाउन सकिने दाबी गर्नु भयो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले पोखरामा हुने टुर दी अभियानले पोखरामा साइकल संस्कृतिको बिकास भएको बताउनु भयो ।
पोखराकोे पृथ्बीचोकबाट सुरु हुने उक्त रुट रंगशाला गेट अगाडी, रामबजार, अम्मरसिहचोक, रानीपौवा, नदीपुर, बगर हुदै लामाचौर बगरचोक, विन्ध्यवासिनी मन्दिर, सिद्धार्थचोक, जिरोकिलोमिटर, लेकसाइड, राष्ट्रबैंक चोक, ड्यामसाइड, मुस्ताङचोक, पृथ्बीचोक, नयाँबजार, महेन्द्रपुल, न्यूरोड, हुदै पोखरा सभागृहमा समापन हुने भएको सचिव रामचन्द्र भट्टले जनाउनु भयो ।

साइकल सिटी पौखराले स्थापनाकाल देखि साइकल सम्बन्धी विभिन्न गतिविधि गरिरहेको सन्दर्भमा विभिन्न पर्यटकीय क्षेत्रहरु सिरुबारी, पञ्चासे, सिक्लेश, रारा, मुक्तिनाच, अन्नपूर्ण राउण्ड, मिलिनियम, लम्बिनी, मेची महाकाली साइकल यात्रा, शान्ति स्तुपामा पर्यटकलाई विश्राम हेतु बेन्च निर्माण, हरिहर आश्रममः पोलार प्रदान, साइकल यात्रीहरुलाई सम्मान कार्यक्रम, रक्तदान तथा वृक्षारोपण लगायतका कार्यक्रम गर्दै आएको पूर्व अध्यक्ष प्रकाश बज्र्रचार्यले बताउनु भयो । त्यसै गरी विभिन्न साइकल प्रतियोगिता, शान्ति स्तुपा देखि रानीवनको बाटोमा साइकल ट्रयाक, पोखराका प्रत्येक पर्यटकिय गन्तव्यमा साइकल स्ट्याण निर्माण लगायत साइकल सिटी पोखराको सक्रियतामा पोखरा जिरो कि.मि. देखि महेन्द्रपुल सम्म ३ कि.मि. नेपाल मै पहिलो साईकल लेन निमार्ण जस्ता सामाजिक कार्य भएकोे उहाँले दाबी गर्नु भयो ।

सन २०१८ मा संयुक्त राष्ट्र संघले जुन ३ लाई विश्व साइकल दिवस घोषणा गरेको छ । जुन ३ साइकल दिवस र त्यस दिन अन्नपूर्ण हिमाल आरोहण दिवस समेत रहेको केही वर्ष देखि आफुहरुले साइकलका केही कार्यक्रमको आयोजना गरी दुवै दिवस मनाउने गरेको अध्यक्ष श्रेष्ठले जनाउनु भयो । जुन ३ हिमाल आरोहणको इतिहासमा ८००० मिटर माथिको हिमाल आरोहणमा पहिलो हिमाल आरोही फान्सका मोरिस हरजोगले सन् १९५० मा पहिला अन्नपूर्ण हिमाल आरोहण गरेको दिनको ७५ वर्षको अवसरमा फान्सेली राजदुतावासले हिरक दिवस मनाउने तयारी भएको सन्र्दभमा आफुहरुले पनि केही कार्यक्रम समन्वय गरेर गर्न चाहेको साइकल सिटिले पोखराक्लिलाई जनाएको छ ।
पोखरालाई साइकल हबको रुपमा विकास गरी पर्यटन क्षेत्रमा केही टेवा दिन साइकल सिटी पोखराले साइकल मैत्री पर्यटकीय शहर अवधारणा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई बुझाईसकेको सो अवधारणा समेत आधार मानी पोखरा महानगरपालिका र ए.डि.बि. ले झण्डै १५० कि. मि. को ताल देखि तामें सम्म साइकल मार्ग र आवश्यक भौतिक पूर्वाधार निमार्ण गर्न छलफल अगाडी बढाईरहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।



This will close in 20 seconds