
दीननाथ बराल
पोखरा, २३ कात्तिक,
पोखरा रंगशालामा शुक्रबार साँझ सम्पन्न भएको नेपथ्य ब्याण्डको साङगीतीक कार्यक्रम अवलोकन गर्न ७ हजार ८ सय जनाले पोखरा एभेन्जर्सको जर्सी खरिद गर्नु भएको छ । ‘क्रिकेटका लागि नेपथ्य’ भन्ने नारासहित नेपाल प्रिमियर लिग (एनपिएल) का फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आयोजना गरेको यस कन्सर्टका लागि दुई दिन अघि ६ हजार टिकट (जर्सी बुकिङ) भए पनि दर्शकको माग अनुसार शुक्रबार थप २ हजारको हाराहारीमा जर्सि बिक्रि गरिएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पोखरा एभेन्जर्सले जनाएको छ ।
पोखरामा सम्पन्न भएको उक्त कार्यक्रममा ९ सय ९९ मा सुरुमा बिक्रि भएको जर्सि सहित २ हजार जना र १ हजार ४ सय ९९ मा बिक्रि भएको ५ हजार ८ सय जनालाई जर्सि बिक्री गरिएको पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले बताउनु भयो । उहाँका अनुसार शुक्रबार आफुहरुले ८ हजार मात्र दर्शशलाई प्रशेब गराउने तयारी गरेकोमा अत्याधिक माग र चापका कारण अफिसियल रुपमा १० हजार दर्शक रंगशालामा भित्रिएको दाबी गर्नु भयो । आफुहरुले विभिन्न संघ संस्था सहित अतिथि महानुभावहरुको लागि भने २ हजार २ सय प्रबेश पास जारी गरिएको उहाँले जनाउनु भयो ।
कार्यक्रमको मध्यान्तर तर्फ रंगशालाको गेटमा सुरक्षाकर्मी र सुरक्षा गार्डहरु एवं स्वयमसेवकले हजारौंको भिडलाई थेग्न नसके पछि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ सहितको समन्वयमा प्रबेश निःशुल्क गरी करिब २ हजार भन्दा बढीलाई अवलोकन गराइएको पोखरा एभेन्जरले जनाएको छ ।
कन्सर्टको मध्यभागतिर करिब ७ः१५ बजेसम्म टिकट नपाएका हजारौं दर्शकलाई निःशुल्क प्रवेश गराइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले दाबी गर्नु हुन्छ । “पोखरेली दर्शकहरूको असाधारण उत्साह र भीडले हामी सबै उत्साहित भयौं,” आयोजक तथा पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले भन्नुभयो। उहाँका अनुसार, क्रिकेट र संगीतलाई जोड्ने उद्देश्यले यो कन्सर्ट आयोजना गरिएको हो। उक्त इभेण्टका क्रममा भएको केही कमीकमजोरीको क्षमा माग्दै उहाँले आगामी दिनमा यस्ता कमीकमजोरी नगर्ने वचन दिनुभयो । पोखरेली ब्याण्ड नेपथ्य र पोखरेली टिम पोखरा एभेन्जरको नाताले गर्दा संगित मार्फत क्रिकेटको क्रेज बढाएको दाबी गर्दै मंसिर एक गते देखि हुने एनपीएल क्रिकेटमा घरेलु टिमलाई साथ समर्थन गर्न आग्रह गर्नु भयो ।
कन्सर्टको लागि प्रवेश दिउँसो ४ः०० बजेदेखि खुला गरिए पनि साँझ ६ः३० बजेसम्म दर्शकहरू लामो लाइनमा हुनु भएको थियो । नेपथ्यले ६ः१५ देखि ८ः१५ बजे सम्म करिब दुई घण्टा दमदार प्रस्तुति दिएको थियो । नेपथ्यका प्रमुख गायक अमृत गुरुङले पोखरा रंगशालामा अभुतपूर्व रुपमा आफ्नो भव्य प्रस्तुतीले सबै उमेर समुहका व्यक्तिहरुलाई भरभूर्ण रुपमा मनोरन्जन दिनु भएको थियो । कन्सर्टबाट संकलित करिब ५ लाख र ५ लाख दाताबाट समेत खोजि गरी १० लाख बराबरको गण्डकी प्रदेशका सामुदायिक विद्यालयहरूमा क्रिकेट किट वितरण गरिने भएको छ । जिल्ला खेलकुद विकास समितिलाई करिब १५ लाख सहयोग गर्ने भएको छ । प्रति टिकट बिक्रि मुल्यको एक सय खेलकुद किड् र २ सय रुपैया समितिलाई दिने गरी सम्झौता भएको थियो । उक्त कन्र्सटबाट करिब एक करोड आम्दानी जर्सि बिक्रिबाट पोखरा एभेन्जरले गरेको छ ।
करिब एक अर्ब २८ करोड रुपैयाँ लागतमा निर्मित पोखरा रंगशाला फुटबल स्टेडियममा प्रायः ‘आहा–रारा गोल्ड कप’ बाहेक अन्य ठूला प्रतियोगिता नहुने हुँदा, खेलकुदकर्मीहरूले नियमित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्न माग गर्नु भएको छ । केही खेलकुदकर्मीले रंगशालामा उक्त कार्यक्रम गर्दा फुटबल मैदानको दुवो मर्ने चिन्क्ता समेत व्यक्त गर्नु भएको थियो । समितिका अध्यक्ष गुरुङले आगामी बर्ष उक्त रंगशालामा फ्लट लाइट जडान गर्ने गरी आर्थिक सहयोग संकलन गर्न कन्र्सट आयोजना गर्ने बिषयमा छलफल सुरु गरेको जनाउनु भयो ।





