९ दल सम्मिलित नेपाली कम्युनिस्ट पार्टी घोषणा, संयोजक दाहाल र सहसंयोजक नेपाल

-


     पोखरा क्लिक     
     कार्तिक १९ गते २०८२ मा प्रकाशित


काठमाडौं,

विभिन्न नौ वामपन्थी दलहरू एकीकृत भई नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आज (बुधबार) आयोजित विशेष समारोह मार्फत एकता घोषणा गरिएको हो ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा(माओवादी समाजवादी), नेकपा (साम्यवादी) लगायत नौ दल यस एकतामा सहभागी भएका छन् ।

नवगठित पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल रहने निर्णय गरेको छ ।
घोषणा सभामा पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरिएको छ, जसमा संविधानको रक्षा, संघीयताको सबलीकरण र स्थानीय तहका जनप्रतिनिधि संख्या घटाउने जस्ता प्रतिवद्धता समावेश छन् । केही नेताहरु भने फरक धारणा सहित पार्टी एकिकरण मा संलग्न भएका छैनन् ।