पोखरामा भएको कृषि यान्त्रीकरण प्रदर्शनीमा करिब २८ हजार दर्शक, ५० लाख नगद कारोवार

-


     दीननाथ बराल    
     पौष २२ गते २०८० मा प्रकाशित


पोखरा २२, पुस

पोखरामा आइतबार सम्पन्न भएको प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनीमा ५० लाखको नगद कारोवार सहित ६ करोड मुल्य बराबरको बुकिङ भएको । पोखरा प्रदर्शनी केन्द्रमा तीन दीन चलेको उक्त प्रदर्शनीमा करिब २८ हजार दर्शक भित्रिदा ५० लाखको नगद कारोवार सहित ६ करोड मुल्य बराबरको कृषि सामाग्रिहरुको बुकिङ भएको नेपाल कृषि मेसिनरी व्यापारी संघका अध्यक्ष कृष्ण शर्माले बताउनु भयो ।

२०७० सालमा चितवनको नारायणगढबाट सुरु भएको उक्त प्रदर्शनी यस बर्ष गण्डकी प्रदेशको राजधानि पोखरामा आफुहरुले अपेक्षा गरे भन्दा पनि बढी सफलता हासिल गर्न सफल भएको उहाँले दाबी गर्नु भयो । आगामी बर्ष प्रदेशमा उक्त प्रर्दशनी गर्न माग भए अनुसार आफुहरुले पुनः आयोजना गर्न सकिने धेरै आधार पहिलो प्रदर्शनीबाट भएको अध्यक्ष शर्माको भनाई छ ।

उक्त प्रदर्शनीमा नेपाल सहित भारत, चाइना, जापान, डेनमार्ग, थाइल्याण्ड सहित १० बढी मुलुकबाट कृषि औजार, उपकरण तथा प्रबिधिहरू प्रदर्शनी एवं बिक्रि भएको थियो । कृषि यान्त्रीकरणको प्रबद्र्धन र सचेतना गराउने उद्धेश्यले आयोजना भएको उक्त प्रदर्शनीमा न्यूनतम १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट भएको अध्यक्ष शर्माले दाबी गर्नु भयो । प्रदर्शनीमा ६० भन्दा बढी व्यावसायिक तथा सेवामुलकका ७० वटा स्टलहरू भएको अध्यक्ष शर्माले बताउनु भयो । उक्त कार्यक्रममा करिब ४० जिल्लाका सहभागी भएको उहाँले जनाउनु भयो ।

प्रदर्शनीमा कृषि औजार, उपकरण, प्रविधि उत्पादक उद्यमी व्यवसायीहरु, आयातकर्ता, वितरक, डिलर, सब–डिलरहरु, सरकारी एवं गैढ़ सरकारी संघ संस्थाहरु, कृषि विज्ञ, अनुसन्धानकर्ता, शैक्षिक संस्थाहरु, अनुसन्धान संस्थाहरु सेवा प्रदायक कृष कृषक समूह, सहकारी संघ संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरूको सहभागीता भएकोे छ ।

प्रदर्शनीमा नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यबसायीकरण गर्न टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउबिजन, आधुनिक सिंचाई लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहेको संघले जनाएको छ ।

गण्डकी प्रदेश, कृषि विकास निर्देशनालय–मालेपाटन, पोखरा, पोखरा महानगरपालिका, पोखरा, कास्की, नेपाल सरकार, कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन र यस संघको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । कृषि यान्त्रीकरण प्रवर्द्धन सम्बन्धी गोष्ठी, सेमिनार, रैथाने वालीहरुको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी प्रदर्शनी, कृषि जैविक विविधता संरक्षण सम्बन्धी छलफल÷अन्तरक्रिया भएको थियो । यसपालीको प्रर्दशनीमा हाट ट्याक्टर रैथाने वालीमा दर्शकको बढी चासो गएको अध्यक्ष शर्माले बताउनु भयो ।

यसैबिच, उक्त प्रर्दशनीको पोखराका मेयर धनराज आचार्यले आइतबार समापन गर्दै यस्ता प्रर्दशनीले असली किसानलाई प्रोत्साहन हुने विश्वास व्यक्त गर्नु भयो । कृषिलाई व्यवसायीक र यात्रिकिकरण तथा प्रविधिको प्रयोग गरी धेरै उत्पादन गर्ने गरी कृषिजन्य बस्तु उत्पादनमा लाग्ने मेयर आचार्यले किसानलाई आग्रह गर्नु भयो ।