पोखरामा आज (शुक्रबार) देखि छुटै छुटमा प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी ताथ बिक्रि सुरू भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा यही पुस २२ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा नेपाल सहित भारत, चाइना, जापान, डेनमार्ग, थाइल्याण्ड सहित १० बढी मुलुकबाट कृषि औजार, उपकरण तथा प्रबिधिहरू प्रदर्शनी एवं बिक्रि सुरू भएको नेपाल कृषि मेसिनरी व्यापारी संघका अध्यक्ष कृष्ण शर्माले बताउनु भयो ।
कृषि यान्त्रीकरणको प्रबद्र्धन र सचेतना गराउने उद्धेश्यले आयोजना भएको उक्त प्रदर्शनीमा न्यूनतम १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट भएको उहाँले दाबी गर्नु भयो । प्रदर्शनीमा ६० भन्दा बढी व्यावसायिक तथा सेवामुलकका ७० वटा स्टलहरू भएको अध्यक्ष शर्माले बताउनु भयो । उक्त कार्यक्रममा ४० जिल्लाका करिव ३० हजार भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको उहाँले जनाउनु भयो ।
३ दीन चल्ने प्रदर्शनीमा करिब ५ करोड भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएको अध्यक्ष शर्माले बताउनु भयो । प्रदर्शनीमा कृषि औजार, उपकरण, प्रविधि उत्पादक उद्यमी व्यवसायीहरु, आयातकर्ता, वितरक, डिलर, सब–डिलरहरु, सरकारी एवं गैढ़ सरकारी संघ संस्थाहरु, कृषि विज्ञ, अनुसन्धानकर्ता, शैक्षिक संस्थाहरु, अनुसन्धान संस्थाहरु सेवा प्रदायक कृष कृषक समूह, सहकारी संघ संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरूको सहभागीता हुने भएको छ । गण्डकी प्रदेशका, कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मीले उक्त प्रदर्शनीले यस क्षेत्रका किसानलाई राहत मिल्ने बताउनु भयो ।
प्रदर्शनीमा नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यबसायीकरण गर्न टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउबिजन, आधुनिक सिंचाई लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहने संघले जनाएको छ ।
गण्डकी प्रदेश, कृषि विकास निर्देशनालय–मालेपाटन, पोखरा, पोखरा महानगरपालिका, पोखरा, कास्की, नेपाल सरकार, कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन र यस संघको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । कृषि यान्त्रीकरण प्रवर्द्धन सम्बन्धी गोष्ठी, सेमिनार, रैथाने वालीहरुको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी प्रदर्शनी, कृषि जैविक विविधता संरक्षण सम्बन्धी छलफल÷अन्तरक्रिया हुने भएको छ ।
यसैबिच, उक्त प्रर्दशनीको गण्डकी प्रदेशका कृषि तथा भूमि व्यावस्थापन मन्त्री महेन्द्रध्वज जिसीले उद्धघाटन गर्दै किसानहरूले अब प्रविधिमा आधारित कृषि खेति गर्नुपर्नेमा जोड दिनु भयो ।हाम्रो देशको कृषि क्षेत्र नै लाइफलाइन भएको दाबी गर्दै मन्त्री जिसीले कृषि नै हाम्रो देशको आर्थिक मेरुदण्ड भएको दाबी गर्नु भयो । सिङ्गो मुलुकको जिडिपीमा २६ प्रतिशत कृषिको योगदान भएको दाबी गर्दै उहाँले कृषि पेसालाई परम्परागत र निर्वाहमुखीबाट बिस्तारै आधुनिकीकरण र यान्त्रीकरण हुदै व्यवसायीक तर्फ लैजानु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले व्यवसायीक कृषि खेतीलाई प्रोतसाहन गर्न चक्लाबन्दी जस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको उहाँको भनाई थियो ।
पोखरा महानगरपालिकाको आर्थिक विकास समितिका संयोजक बोधराज कार्कीले कृषि उपजको बजारीकरण सहित सुरक्षित ढुवानीका लागि कृषि एम्बुलेन्स समेत सञ्चालन गरिएको बताउनु भयो । महानगर क्षेत्रका कृषकहरूलाई यान्त्रीकरणमा अनुदान सहायता प्रदान गरिएको उहाँले बताउनुभयो । पोखरा १४ का वडाध्यक्ष समेत रहनुभएका संयोजक कार्कीले पोखरामा कृषि योग्य भुमि बस्तीमा परिणत हुदै गएमा चिन्क्ता समेत व्यक्त गर्नु भयो ।
महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले कृषिको आधुनिकीकरण र यान्त्रीकरणको अभियानमा महानगर लागेको दाबी गर्नु भयो । टुक्रे र भिरालो जमिनका कारण यान्त्रिक उपकरणहरूको उपयोग त्यति सहज नभएको उहाँको भनाई थियो । पोखरा महानगरपालिका पछिल्ला केही वर्षदेखि कृषि यान्त्रीकरणको अभियानमा रहेको दाबी गर्दै प्रमुख कडरियाले कृषकहरूलाई आकर्षण गर्दै अनुदान र लागत साझेदारीमा कृषि यान्त्रीकरणको काम भने निरन्तर भइरहेको उल्लेख गर्नु भयो । पोखरा महानगरपालिका भित्रको कृषियोग्य जमिनलाई बाँझो नराख्ने र कृषकहरूको उत्पादनलाई बजार सुनिश्चितताका सकारात्मक अभ्यासहरू महानगरपालिकाको तर्फबाट गरिएको प्रमुख कडरियाले बताउनुभयो । उक्त प्रर्दशनीमा अन्य मेला महोत्सव भन्दा भिन्न प्रकारको रहेको छ ।
गित संगित भन्दा पनि किसानलाई आफ्नो वालीनाली तथा फलफुल तरकारी कसरी बढी फलाउन सकिन्छ त्यसको कसरी सुरक्षित र छिटो कम लागतमा उत्पादन गर्न सकिन्छ लगायतका बस्तु तथा सेवाहरु प्रर्दशनीमा रहेको स्याङजा, फेदीखोलाकी एक किसान सुमित्रा पौडेलले बताउनु भयो । यस्ता मेला नियमित रुपमा हुन आवश्यक भएको उहाँले माग गर्नु भयो ।