जिवनशैली पत्रिका

लेखनाथ महोत्सवको ७५ प्रतिशत स्टल बुकिङ

लेखनाथ, १ पुस, लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २० औं संस्करणको लेखनाथ महोत्सवका लागी हाल सम्म ७५ प्रतिशत स्टल बुकिङ भएका छन । महोत्सवमा रहने तिन सय ३६ वटा स्टल मध्ये सोमबार सम्म दुई सय ५५ वटा स्टल बुकिङ भएको स्टल निर्माण तथा व्यवस्थापन समितिका संयोजक भरत थापाले जानकारी दिए । पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि मंसिर १७ गते बाटस्टल बुकिङ खुल्ला गरिएको थियो भने अन्य व्यवसायीहरुका लागी… पुरा पढौ

प्रदीप मेमोरियल बास्केटबलको तयारी तिब्र

पोखरा १ पुष, कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजना हुने पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा यही पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा १० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा हुने प्रतियोगिताको तयारी तिब्र पारिएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए ।उनका अनुसार खुला पुरुषतर्फ अहिलेसम्म कुल १४ टिम र महिलातर्फ ४ टिमको दर्ता भएको छ । संयोजक गुरुङले अन्य टिम पनि दर्ता गर्नका लागि… पुरा पढौ

लिटल फ्लावरले गर्यो खेलाडीको सम्मान

पोखरा १, पुष, पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीले नेशनल प्याब्सन कास्कीको गत साता सम्पन्न १४औं खेलकुद महोत्सवमा विभिन्न विधामा उत्कृष्टता देखाउन सफल आफ्ना विद्यालयका खेलाडीहरु तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ । विद्यालयमा आयोजित कार्यक्रममा खेलाडीहरु तथा प्रशिक्षकहरुलाई सम्मान गर्दै प्रिन्सिपल बिकल पौडेलले पढाइसगै खेलकुदको माध्यमले विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने धारणा राखे । विद्यालयकी संस्थापक एवम् सञ्चालक अध्यक्ष देवी खड्का, कक्षा ११, १२ संयोजक बिष्णुहरि पौडेल, अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपाने,सञ्चालक रामप्रसाद अधिकारी,हेमा पुन,शिक्षक रामभक्त… पुरा पढौ

लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना 

पोखरा, ०१ पौष , इलाका प्रशासन कार्यालय लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको सहकार्यमा उक्त उपकेन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल लगायतले शुभारम्भ गर्नुभएको हो ।  अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा पोखरा महानगरपालिकाका वडा नं २६ देखि ३३ सम्म र रुपा गाउँपालिकाका बासिन्दाहरूले समेत सेवा लिन सक्ने… पुरा पढौ

इक्यान कास्की अध्यक्षमा ओमप्रकाश गैरे, सचिवमा सुरेन्द्र बराल चयन

पोखरा, १ पुस, नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० कास्कीमा नयाँ नेतृत्व आएको छ । शाखाको १३ औँ साधारण सभा तथा सातौं अधिवेशनबाट ओमप्रकाश गैरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । इक्यानको सातौं अधिवेशनबाट पदाधिकारीसहित ८ जनाको नयाँ नेतृत्व चयन भएको संघका सचिव सुरेन्द्र बरालले जानकारी दिए । अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर शाही ९सन्तोष० पुनः दोहोरिएका छन् । यस्तै सचिवमा सुरेन्द्र बराल, कोषाध्यक्षमा देवबहादुर क्षेत्री निर्वाचित भएका छन् । उपाध्यक्ष वाहेकका पदाधिकारीका लागि सहमती नभए पछि मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको… पुरा पढौ

सुनौलो सहकारीको १७ औँ वार्षिक साधारणसभा सम्पन्न

पोखरा, १ पुुस, पोखरा महानगरपालिका वडा नं ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको एक कार्यक्रमका बीच पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि रविरमण तिवारी उद्घाटन गर्नुुभएको थियो । सहकारी क्षेत्र चलायमान नभएसम्म देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताउँदै उहाँले केही सहकारीमा समस्या भएपनि वित्तीय अनुशासनमा चलिरहेका सहकारीहरूमा बाहिर प्रचार भए जस्तो समस्या नरहेको उल्लेख गर्नुुभयो । समुदायमा आधारित सहकारीमा तरलता बढी भएकोले… पुरा पढौ

पोखरामा व्यवसायीक खेलकुदको अर्को रौनक, यही पौष १० गते देखि थाई–बक्सिङ हुने

पोखरा १, पुष, व्यवसायीक खेलकुदमा विश्वमानै आकर्षक खेल मध्येको ‘कन्टेन्डर सिरिज–२’ थाई–बक्सिङ यहि पौष १० गते देखि पोखरामा सुरू हुने भएको छ । शक–यान मुवाँथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा उक्त प्रतियोगिता यहि पौष १० गते देखि १२ गते सम्म हुने भएको हो । खेलकुद मार्फत व्यवसायिक खेलकुदको विकास संगै खेल पर्यटन प्रवद्र्धनका लागि आयोजित प्रतियोगिता पोखराको मुख्य आकर्षणको केन्द्र लेकसाइडस्थित बाराही घाट खेल मैदानमा हुनेछ । प्रतियोगितामा विभिन्न ५ प्रदेशका ८४ जना फाइटरहरुको सहभागिता हुने… पुरा पढौ

स्व. गुरुङको आदर्श र योगदानलाई पछिल्लो पुस्ताले अनुसरण गर्नुपर्छ ः मन्त्री थापा

पोखरा, पुस १, गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले स्व. डिल बहादुर गुरुङको आदर्श र योगदानलाई पछिल्लो पुस्ताले अनुसरण गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं १४ द्धारा पोखरामा सोमबार आयोजित स्व. गुरुङ्गको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै मन्त्री थापाले सो कुरा बताउनुभएको हो । उहाँले स्व.गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समाज र पार्टीको विकासका लागि पु¥याएको योगदानको चर्चा गर्नुहुदै राजनीतिलाई पद र प्रतिष्ठा भन्दा पनि समाजको परिर्वतनको मुल नीतिका रुपमा लैजानुपर्छ भन्ने स्व. गुरुङको सोचलाई… पुरा पढौ

सहारा क्लब हङकङको अध्यक्षमा खम

पोखरा १, पुष, सहारा क्लब हङकङको चौथो अधिवेशनले सरोज गुरुङ (खम) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार हङकङमा भएको अधिवेशनले आगामी ३ वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको निवर्तमान अध्यक्ष दीपक गुरुङले बताए। कार्यसमिति उपाध्यक्षमा सुमित्रा गुरुङ र तिलक गुरुङ, महासचिवमा ओमप्रसाद गुरुङ, सचिवमा अनिल गुरुङ, कोषाध्यक्षमा प्रवीण गुरुङ, सहकोषाध्यक्षमा उर्मिला घले छन् । सदस्यमा सरिता गुरुङ, विकास गुरुङ, राजु गुरुङ ९सुपर०, प्रदीप गुरुङ, राजु गुरुङ, गमन घले, कपिल गुरुङ, शरद ज्वारचन, पूर्ण गुरुङ ९प्रेम०,… पुरा पढौ

लायन्स क्लब अफ पोखरा लेकसाइड र फोन नेपाल द्धारा चितवन सैपामका चेपाङ समुदायका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण (भिडियो सहित)

दीननाथ बराल,चितवन, १, पुष, चितवन कालिका नगरपालिका ११ सैपाम मा रहेको शुभ शान्ति राष्ट्रिय आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा लेकसाइड र फेण्ड अफ नेचर (फोन नेपाल) को संयुक्त आयोजनामा क्लवले आइतबार एक समारोहका बिच बिद्यालयमै पुगेर एक सय भन्दा बढी छात्र÷छात्रालाई न्यानो (पोलर ज्याकेट) वितरण गरेको क्लवका अध्यक्ष धर्मराज थापाले जानकारी गराउनु भयो । चेपाङ समुदायका बिद्यार्थीहरुलाई यस बर्षको जाडोबाट केही हदसम्म भए पनि बचाउन क्लव र फोन नेपालले न्यानो कपडा वितरण… पुरा पढौ