जिवनशैली पत्रिका

२६ औं संस्करणको पोखरा सडक महोत्सव २०८१ पौष १३ देखि हुने

दीननाथ बराल, पोखरा २४, मंसिर, रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ बर्षको अवसरमा संचालन हुने २६ औं संस्करणको पोखरा सडक महोत्सव २०८१ आउँदो पौष १३ देखि हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई “अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल” को रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले पौष १७ गते सम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ किलोमिटर क्षेत्रमा उक्त महोत्सव हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पर्यटनको राजधानी पोखराको लेकसाइड क्षेत्रमा विगत २५ वर्ष… पुरा पढौ

पोखरामा फोटोनको भव्य शुभारम्भः ३ दिने टेस्ट ड्राइभ अनुभवःअभियानको साथ माउन्टेन ईभीको परिचय

फोटोन नेपालले आफ्नो क्रान्तिकारी माउन्टेन ईभी भ्यानको पोखरामा भव्य शुभारम्भ गरेको छ। विशेष गरी नेपालको चुनौतिपूर्ण भूभागको सामना गर्न डिजाइन गरिएको माउन्टेन ईभी भ्यानमा ५३.५८ kWh ब्याट्री रहेको छ जसले ३०० किमी (NDEC) सम्मको दायरा प्रदान गर्दछ। १३० kWh को चरम शक्ति र ३३० Nm को अधिकतम टर्कसँगै यो ईभी भिरालो पहाडहरुमा पनि सजिलैसँग गुड्नको लागि बनाइएको छ। भव्य शुभारम्भपछि फोटोन नेपालले ग्राहकहरूलाई माउन्टेन ईभीको असाधारण प्रदर्शनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्दै ३ दिने विशेष टेस्ट ड्राइभको अनुभव प्रदान… पुरा पढौ

पोखरा महोत्सवको फुड पार्टनरमा पोखरा सेकुवा घर

पोखरा २४, मंसिर, आगामी पुषको २५ देखी माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवलाई अमरसिंहचोकमा रहेको पोखरा सेकुवा घरले फुड पार्टनरमा रही सहकार्य गर्ने भएको छ । महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा र पोखरा सेकुवा घरका सञ्चालक चिन बहादुर गुरुङ बीच पोखरा महोत्सवलाई सफल पार्न एक अर्का बीच सहकार्य गर्ने सहमति भएको छ । सहमति पत्रमा हस्ताक्षर गर्दै पोखरा सेकुवा घरका सञ्चालक चिन बहादुर गुरुङले हालै सञ्चालनमा आएको पोखरा सेकुवा घरले… पुरा पढौ

रंगशालामा हुने प्रथम अन्नपूर्ण अध्यक्ष कपको तयारी पूरा,उद्घाटन खेलमा बेनी नगरपालिका र मादी गाउँपालिका भिड्ने

पोखरा, २४ मंसिर, पोखराको रंगशालास्थित बास्केटबल कोर्टमा मंगलबार (भोलि) देखि सुरु हुने गण्डकी प्रदेश पालिकास्तरीय ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा हुने ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए । उनका अनुसार यही २५ गतेदेखि २९ गतेसम्म हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा बेनी नगरपालिका र मादी गाउँपालिका भिड्नेछन् । उनले पुरुषतर्फ कुल १२ टिमको सहभागिता… पुरा पढौ

पोखराको पर्यटन प्रवद्र्धन गर्न टेवानको टोली चितवनतिर

पोखरा, २४ मंसिर, पर्यटन प्रवद्र्धनका लागि पोखराका पर्यटन व्यवसायी महिलाहरु सक्रिय हुँदै आएका छन् । यसैक्रममा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को टोली ‘पर्यटन प्रवद्र्धन तथा अन्तरक्रिया कार्यक्रम’ लिएर चितवनतर्फ लागेको छ । संस्था स्थापनाको ७ वर्ष पूरा भएको अवसरमा टेवान अध्यक्ष कमला गिरीको नेतृत्वमा रहेको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । दुईदिने भ्रमणका अवसरमा चितवनस्थित पर्यटनसम्बद्ध संघसंस्थासँग सौराहा थकाली किचन एण्ड होटल सूर्योदयमा पोखरा र चिवतनको पर्यटन प्रवद्र्धनबारे अन्तरक्रिया तय गरिएको छ । साथै टोलीले भ्रमणका क्रममा… पुरा पढौ

एन प्याव्सन स्पोर्टस् मिट जारी, छात्रा वास्केटबल ज्ञानज्योति, दश जोड दुइ ग्यालेक्सी, क्रिकेट कास्की मोडनाइज्ड र छात्रा फुटबलमा हेम्जा विजयी

पोखरा २४, मंसिर, एन प्याव्सन कास्कीले आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी रहेको छ । छात्रा वास्केटबल तर्फ ज्ञानज्योति विद्याकुञ्ज मावि प्रथम त्रिवेणी पब्लिक द्धितीय, तथा कास्की मोडनाइज्ड र साइनिङ स्टार तेस्रा भएका छन् । त्यसैगरी दश जोड दुई तर्फ न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कुल प्रथम, कास्की मोडनाइज्ड एकेडेमी दोस्रा तथा गोर्खा इंगलिस वोर्डिङ स्कुल र त्रिवेणी पब्लिक तेस्रा भएका छन् । छात्रा सेभेन ए साईड फुटबल प्रतियोगितामा हेम्जा बोर्डिङ स्कुल विजयी भएको छ । सोमबार भएको… पुरा पढौ

आर्दश कपमा कास्की ११ सेमिफाइनलमा

पोखरा, २४ मंसिर, लेखनाथको भण्डारढिकमा जारी २५ औं आदर्श कप फुटबल प्रतियोगितामा कास्की जिल्ला फुटबल संघ (कास्की ११) विजयी भएको छ । आदर्श युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा स्याङजा जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गरी सेमिफाइनलमा प्रबेश गरेको हो । कास्कीको जितमा मुकुन्द निउरे र अनिष तामाङले समान एक, एक गोल गरेका थिए । खेलको पहिलो हाफको अन्तिम समयमा कास्की–११ का मुकुन्द निउरेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने सेकेण्ड हाफको ७६ औं… पुरा पढौ

डा श्रेष्ठलाई अवार्ड, शर्मालाई पुरस्कार अर्पण

पोखरा, २४ कात्तिक, युआरएल फाउन्डेसनले यस वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्ड डा खगेन्द्रबहादुर श्रेष्ठ र राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरेको छ । आइतबार आयोजित समारोहमा शिक्षाविद् जर्ज जोन, फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्त लगायतले श्रेष्ठ र शर्मालाई सम्मानित गरेका हुन् । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र प्रवर्धन गर्दै आएको फाउन्डेसनले युआरएलको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विशेष समारोहमा उनीहरुलाई पुरस्कृत गरिएको हो । ललितपुरको कुपन्डोल निवासी डा श्रेष्ठ पूर्वराजा… पुरा पढौ

पोखरामा जारी कोटिहोममा ११ जनाको सामुहीक ब्रतबन्ध

पोखरा २४ मंसिर, पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा शोमबार निशुल्क ब्रतबन्ध गरिएको छ । ११ जनाको ब्रतबन्ध सम्पन्न भएको यज्ञ आयोजक मुल समितिका अध्यक्ष एवं अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले जानकारी दिए । कोटिहोममा मंगलबार चौरासी पुजा र तुला दानको कार्यक्रम तय भएको गिरीले बताए र्। कोटिहोम संचालनको अवधिमा ब्रतबन्ध, चौरासी पुजा गर्न चाहेमा निशुल्क रुपमा पुजा गर्न सकिन्छ, कर्ताले स्वेच्छीक दान गर्न… पुरा पढौ

आइटिएफ जे३० पोखरा सर्किट–२ सुरू, नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शन

पोखरा २४, मंसिर, आइटिएफ जे३० वल्र्ड टुर पोखरा सर्किट–२ आजबाट सुरू भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा सर्किट १ सकिएको दुई दिन लगतै सर्किट २ सुरू भएको हो । सर्किट२ मेन ड्रको पहिलो दिन नेपाली खेलाडीहरु तिव्र प्रतिस्पर्धामा उत्रिदैं उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । नेपाली खेलाडी आयुष्मान हजुर घलेले उत्कृष्ट प्रदर्शन गर्दै भारतका अद्वित तिवारीलाई ६–४, ६–० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका छन् । त्यसै आरव सम्राट हाडाले आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै भारतका… पुरा पढौ