कास्कीमा एक बर्षमा ८४ हजार सवारी कार्वाहीबाट ६ करोड ८७ लाख राजश्व संकलन

-


     पोखरा क्लिक     
     श्रावण ९ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ९, साउन,

कास्कीमा एक बर्षमा सवारी दुर्घटनामा परी ४५ जनाको मृत्यु भएको छ । आर्थिक बर्ष २०७९÷८० मा ४४ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो भने गत आर्थिक बर्ष २०८०÷८१ म भने ४५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्कीमा गत बर्ष ८४ हजार ५ सय २३ वटा सवारी साधन तथा सवारी धनिलाई कार्वाही गर्दा ६ करोड ८७ लाख १३ हजार ६ रुपैया राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बशन्तकुमार शर्माले पोखराक्लिकलाई बताउनु भयो । अघिल्लो बर्ष कास्कीमा ७६ हजार ४ सय ६० वटा सवारी साधन तथा सवारी धनिलाई कार्वाही गर्दा ६ करोड ६० लाख २४ हजार राजश्व संकलन गरेको उहाँले जनाउनु भयो ।

सबै भन्दा धेरै दुई पाङग्रे सवारी साधन मोटरसाइकल तथा स्कुटर कार्वाहीमा परेका छन् । गत बर्ष कास्कीमा ४४ हजार ३ सय ३ वटा सानो सवारी साधन (मोटरसाइकल तथा स्कुटर) कार्वाहीमा पर्दा ३ करोड ७४ लाख ४१ हजार ५ सय रुपैया राजश्व संकलन भएको सूचना अधिकारी शर्माले बताउनु भयो । आर्थिक बर्ष २०७९÷८० मा ३२ हजार ६ सय ४९ वटा सवारी सानो सवारी साधन कार्वाहीमा पर्दा ३ करोड १३ लाख ५० हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय कास्कीले स्वरुप परिवर्तन (मोडिफाई) गरी ध्वनी प्रदुषण गर्दै हिड्ने मोटरसाइकल नियन्त्रण गर्ने अभियान नै संचालन गरेको थियो । ध्वनी प्रदुषण रोक्नको लागि अभियानकै रुपमा १ हजार ९ सय ८६ वटा मोटरसाईकलहरुलाई नियन्त्रणमा लिई कारवाही गरिदा २८ लाख १० हजार ३ सय जरिवाना संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी बरिष्ठ नायब निरिक्षक मिन बहादुर खड्काले बताउनु भयो । त्यसै गरी मोडिफाई नगर्न रिकण्डिसन हाउस, वर्कसपहरुलाई सचेतना मूलक कार्यक्रम गरी स्टिकर समेत टाँस गरिएको उहाँले पोखराक्किलाई जनाउनु भयो ।

गत बर्षमा भाडाका ट्याक्सीहरु मिटरमा जान नमान्ने बिभिन्न ५ सय ७८ वटा ट्याक्सीहरुलाई कारवाही गरिएको छ । त्यसै गरी अत्याधिक मात्रामा कालो धुँवा फाल्ने विभिन्न ६ वटा सवारी साधनलाई कारवाही गरिएको कार्यालयले जनाएको छ । विभिन्न मोवाईल एप (ईनड्राईभ, पठाओ, टुटल) जस्ता मोवाईल एप प्रयोग गरी अनाधिकृत रुपमा यात्रुहरु ओसार पसार गर्ने २२ वटा दुई पाङ्ग्रे र ४ वटा चार पाङ्ग्रे सवारी साधनहरु नियन्त्रणमा लिई कारवाही गरिएको थियो ।